Latest From our Blog
कौशी खेतीमा कस्तो भाँडाहरु प्रयोग गर्न उपयुक्त हुन्छ??
कौशी खेतीका लागि यही नै भाँडा प्रयोग गरिनुपर्छ भन्ने छैन । अहिलेसम्म कौशी खेती गरेकाको छत, बरान्डा अनि कौशी हेर्ने हो भने, ठूलोमा बाथ टबदेखि सानोमा अन्डाको बोक्रासम्ममा विरुवा राखेको देख्न सकिन्छ । पछिल्लो समयमा थर्मोकोल (माछा राख्ने भाँडा) को बढी प्रयोग भएको देखिन्छ । तर, कौशी खेती गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएपछि, पहिले सित्तैमा अनि पछि पाँचदेखि दश रुपैयाँमा पाइने यो भाँडो अहिले सय रुपैयाँ तिर्दा समेत किन्न नपाउने अवस्था छ । तर, कौशी खेती कम खर्चमै, सकेसम्म बढी लाभ उठाउन सकिने गरी गरिने काम हो । यसैले कौशी खेती गर्नलाई कुनै निश्चित भाँडो वा निश्चित रकम...
Read Moreकौशी खेतीमा कस्तो माटो प्रयोग गर्न सकिन्छ??
कुनै पनि विरुवाका लागि हुर्कन, माटोभन्दा पनि सो माटोमा हुने पोषक तत्व (खनिज) को बढी महत्व हुन्छ । यसैले माटोमा जैविक गतिविधिहरु प्राकृतिकरुपमै बढाउन सके त राम्रै हो । माटोमा हुने जीव जनावरले माटोलाई मलिलो, खुकुलो अनि उर्बर बनाउँछ । तर, धेरै अवसरमा सानो भाँडोमा यस्ता गतिविधिहरु सम्भव हुँदैनन् । यसैले कौशी खेतीका लागि सकेसम्म बढी मल मिसाएर माटोलाई हलुका बनाउँदा विरुवा राम्ररी फस्टाउँछन् । माटो हलुका बनाउने हो भने त्यसले विरुवालाई जरा फिजाउन पनि सजिलो हुन्छ र सँगै यसले कौशी वा छतमा माटोको भार पनि कम मात्र पर्छ । साथै पानी पनि माटोले राम्ररी सोस्न सक्छ । तर,...
Read Moreमाटो बिनाको खेती–प्रविधिबारे बुझ्नुपर्ने कुराहरू!!
माटो विनाको खेती प्रविधि के हो ? हुन त माटोबिना पनि खेती गर्न सकिन्छ भन्दा धेरैले अनौठो लाग्न सक्छ । तर यो असम्भव भने होइन । नेपालजस्तो अल्पविकसित देशका लागि यो प्रविधि अनौठो लाग्नु अस्वभाविक पनि होइन । सामान्यतः माटो बाहेकको अन्य बस्तु, जसलाई मीडिया पनि भनिन्छ (जस्तैः रक उल, पर्लाइट, कोकोपिट, धानको भुस, वालुवा, ग्राभेल आदि) को सहयोगमा विरुवालाई आवश्यक घुलनशील खाद्यपर्दाथ प्रदान गरी गरिने खेती प्रणालीलाई माटो बिनाको खेती भनिन्छ । यस प्रणाली विश्वका विकसति देशहरूमा धेरै पहिलादेखि प्रचलन छन् । नेपालमा भने यो प्रविधिले व्यावासयिक रूप लिन सकेको छैन । तर केही समय...
Read Moreकौसी खेतीमा रोग तथा किरा नियन्त्रण कसरी गर्ने त?
किरा फट्याङ्ग्राबाट हुने चुनौती र समस्याकौशीमा रोपिएका विरुवामा सबैभन्दा ठूलो समस्या, किरा फट्याङ्ग्राकै हुन्छ । तर, यी किरा फट्याङ्ग्रालाई मार्न रसायन वा बजारी औषधी मिसाउने हो भने त बाहिर किनेर ल्याउने र घरमै उमार्ने तरकारीमा के नै फरक रहन्छ र ? त्यसैले घरमा उमार्ने तरकारी सकेसम्म जैविक तरिकाले, कुनै रसायन नमिसाइकन गरिन्छ । यसका लागि घरमै जैविक विषादि बनाउन सकिन्छ, जसले जैविक मलको काम समेत गर्छ । बिर्सन नहुने कुरा के हो भने, हाम्रो कौशी खेतीमा लाग्ने किरा फट्याङ्ग्रालाई मार्ने भन्दा पनि उनीहरुलाई धपाउने हाम्रो उद्देश्य हो । यसैले पहिले खेतीमा लाग्ने किरामा...
Read Moreघरमै कम्पोष्ट बनाउने सजिलो विधि !!!
अर्ग्यानिक पदार्थलाई प्राकृतिक तरीकाबाट गलाउने प्रक्रियालाई कम्पोष्टिङ भनिन्छ । ब्याक्टेरिया, फञ्जाईलगायत सूक्ष्म जीवाणुले अर्ग्यानिक पदार्थलाई गलाउन सहयोग गर्छन् । साथै, कम्पोष्ट निर्माणका लागि नाइट्रोजन, कार्बन, पानीलगायतको समेत आवश्यकता पर्छ । कम्पोष्ट गर्दा फोहोरको व्यवस्थापन हुनुका साथै यसलाई मलका रूपमा प्रयोग गर्न सकिन्छ । यसले केही मात्रामा भए पनि मलका लागि हुने खर्चमा कटौती ल्याउन सघाउ मिल्छ । त्यसैगरी यसको प्रयोगबाट जमीनको उर्वरता बढाउन सकिन्छ । गुणस्तरीय कम्पोष्ट तयार पार्न यसमा मिसाइने सामग्रीको भूमिका महत्वपूर्ण हुन्छ । सही सम्मिश्रण...
Read More