Latest From our Blog
विज्ञापनले बिगार्यो बानी: ‘कर्नफ्लेक्स’ हैन मकै-भटमास खाउँ !!
टेलिभिजन च्यानलहरुमा दिनहुँ विभिन्न सप्लिमेन्ट, टनीक र डिब्बा बन्द ‘पौष्टीक पदार्थ’हरुका विज्ञापन प्रशारण भइरहेका हुन्छन्। कतिपय विज्ञापनमा कुनै सेलीब्रेटीबाट भन्न लगाइएको हुन्छ, ‘५० बर्षपछि घरको खानाले तपाईलाई पोषण पुग्दैन । तपाईले बाहिरको प्रोटिन, भिटामिन, सुक्ष्म तत्व भएको खाना खानुपर्छ । पौष्टिकताले भरपुर यो चिज खानुस्, तपाईको माइसपेशी र हड्डी बलियो बन्छ ।’ विज्ञापनले औँल्याएको प्याकेट, सिसी या डिब्बावाल खाना खाएपछि बच्चाले फुटबलमा गोल गरेको, पढाईमा फर्स्ट ल्याएको या बृद्ध-वृद्धा तन्दुरुस्त र भएको देखाउन खोजिएको हुन्छ । त्यस्ता विज्ञापन...
Read Moreस्याउ खेती गर्दै हुनु हुन्छ?? मासिक कार्य ब्यबस्थापनको विवरण पढ्नुहोस!!
श्रावण : – स्याउमा लाग्ने गुलावी रोगको ब्यबस्थापन गर्न १% को बोर्डो मिश्रण तयार गरि स्प्रे गर्ने र बोटको फेदमा बोर्डो पेष्ट/चौबटिया पेन्ट दल्ने र बोक्रा खुईलिने रोग बोट /हाँगामा देखियो भने तुरुन्त बोर्डो पेष्ट वा चौबटिया पेन्ट बनाई रोग लागेको भागमा लगाउने ।– धुले ढुसी/खराने रोग देखा परेमा केराथेन १-२ ग्राम प्रतिलिटर पानीमा मिसाई छर्ने । भाद्र :– बगैचा सरसफाइ गर्ने, स्याउको गुलाबी रोगको रोकथामको लागि बोटको फेदमा बोर्डो पेन्ट / चौबटिया पेन्ट दल्ने ।– स्याउमा लाग्ने पाउडरी मिल्ड्यु रोग रोकथाम गर्न १% को बोर्डो मिश्रण वा ब्लाईटक्स – ५० बिषादी २-३ ग्राम प्रती...
Read Moreमधुमेह, मुटु रोग, अल्सर जस्ता समस्याका लागि औषधि सरह “बाँसको तामा”!!
हाम्रा पाकघरमा असार महीनाको छेकछाकतिर सब्जीको रूपमा पाक्ने परिकारमध्ये एउटा हो बाँसको तामा । अंग्रेजीमा बेम्बो शूट भनिने यो परिकारलाई हामी तामा भनेर चिन्छौं। हामी यसो त धेरैप्रकारका बाँसको तामा सब्जीको रूपमा प्रयोग गर्दछौं, तरै पनि प्रचलित रूपमा चोयाबाँस वा जुन बाँसबाट चोया बनाउन सकिन्छ, त्यस्ता बाँसको तामा खानेगर्छौं भने परेङ (सानो प्रजातिको बाँस, जसबाट चित्रा बनाइन्छ) को तामा पनि हामी सब्जीको रूपमा खान्छौं । ठूला बाँसको तामाभन्दा साना प्रजातिका बाँसको तामा खानको निम्ति निक्कै स्वादिष्ट हुन्छ । यसलाई परिकारको रूपमा कसरी तयार पारिन्छ भन्ने कुरा लगभग धेरै...
Read Moreघरमै गुणस्तरीय कागतीको बेर्ना तयार गर्ने बिचारमा हुनु हुन्छ?? जान्नुहोस् यी प्रबिधिहरु!
व्यवस्थित तरीकाबाट कागती खेती गर्न शुद्ध जातको बेर्ना आवश्यक पर्दछ । यदि जात राम्रो भएन भने, अमिलो वर्गमा लाग्ने विभिन्न किसिमका रोगहरुले दुःख दिई राम्रो उत्पादन लिन सकिदैन । तसर्थ आफैले नै बेर्ना उत्पादन गरी लगाउने हो भने राम्रो जातका निरोगी कागतीका दानाहरु खरीद गरी त्यसका बीऊहरु निकाली बेर्ना तयार गर्ने गर्नुपर्दछ । अब कुरा आउ‘छ बेर्ना तयार कसरी गर्ने ? बेर्ना दुई तरीकाबाट तयार गर्ने गरिन्छ, एउटा गेडाबाट र अर्को कलमीबाट । यी दुईवटै तरीकाबाट तयार गर्ने प्रविधि निम्नानुसार छ– (१) गेडाबाट तयार गर्ने प्रविधिः धेरैजसो कागतीका बेर्नाहरु गेडाबाट नै तयार...
Read Moreबजारमा Urea नपाएर तनाबमा हुनु हुन्छ? एसरी बनाउन सकिन्छ गाजर घाँस बाट Urea जस्तै मल!
आज म एक वनस्पतिको बारेमा किसानहरु एवं सबैलाई केही कुरा भन्न गइरहेकोछु, यसबाट किसानहरुले सही उपयोग गरेर लाभ लिन सक्ने तथा गैह्र किसानहरुले यसबाट सतर्क भएर उचित व्यवस्थापन गरी सुरक्षित हुन सक्नेछन्।कुनै बेला नेपालमा बदमास नं. १ झारको रुपमा चिनिएको यो वनस्पति स्वास्थ्यका दृष्टिले हानीकारक छ। छालाको संपर्कमा आउँदा शरीरमा डाबर निस्कने,चिलाउने गर्छ भने यसको हावाले दमका विरामीलाई नराम्रो असर गर्छ। पशु चौपायलाई पनि यसले हानी गर्छ भनिन्छ। यति मात्र हैन यसले वनस्पति जगतलाई पनि सताउने गर्छ। भारतमा बालीनालीमा उम्रेर बाली सखाप गरेको पाइएकोछ र समस्याकै रुपमा रहेको पनि...
Read More