Latest From our Blog
केराको बोक्रा पनि औषधि तर कुन रोगमा प्रयोग गर्ने जानिराखौ!
‘नपाउनेले केरा पायो बोक्रैसित खायो’ भन्ने उखानै छ । यसको मतलब हुनेखानेले केराको गुदी मात्र खान्छ र बोक्रो खाने मान्छे कहिल्यै केरा खानै नपाउने खालको दरिद्र मान्छे हो भन्ने अर्थ लाग्छ । तर केराको बोक्रा दरिद्र मान्छेले खाने वा त्यस्तै मान्छेलाई मात्र काम लाग्ने चिज होइन । केराको गुदी मात्र नभै बोक्रा समेत निकै उपयोगी हुने तथ्य वैज्ञानिकहरुले पत्ता लगाइसकेका छन् ।केरा विभिन्न लवण तथा भिटामिन लगायतका पोषक तत्वले भरिपूर्ण सर्वकालीक लाभदायी र सुलभ फल हो भन्ने सबैलाई थाहा छ । तर केरा मात्र होइन केराको बोक्रा समेत निकै उपयोगी हुन्छ । केराको बोक्राको फाइदा यस्ता...
Read Moreधानको कालो पोके रोग र ब्यवस्थापनका उपायहरु!!
पृष्ठभूमी धान विश्वको एक प्रमुख अन्न बाली हो । धान अन्र्तगत विश्वको करिव ९० प्रतिशत क्षेत्र एसियामा पर्दछ अनि विश्वको लगभग ९० प्रतिशत धान एसियामै उत्पादन र खपत हुन्छ । नेपालमा धानको उत्पादकत्व ३.३५ ट÷हे छ जुन छिमेकी देशहरु भारत (३.६२ ट÷हे), बंगलादेश (४.४१ ट÷हे), भियतनाम (५.७५ ट÷हे) र चीन (६.७४ ट÷हे) का तुलनामा निकै कम छ। धानको उत्पादकत्वमा कमी आउनु विभिन्न जैविक र अजैविक तत्वहरुमध्ये रोग एक प्रमुख कारक हो जस्ले धान उत्पादनमा १०–१५ प्रतिशत सम्म ह्रास ल्याउँदछ । धान बालीमा लाग्ने रोगहरु मुख्यतया ढुसी, शाकाणु, विषाणु र जुकाको आक्रमणबाट लाग्छन् । नेपालमा मरुवा,...
Read Moreधानखेतटमा नाइट्रोजन बढाउने, पशुपालनमा दानाको खर्च घटाउने एजोला (Azola) बारे बुझौ!
के हो एजोला (Azola) ?एजोला पानीमा तैरने वनस्पती हो । प्रसस्त पानी भएको ठाउँमा यिनीहरु विश्वभरनै पाइन्छ । पानीमा हुने मखमल, जल उनिउ, हांसको झार र रातो एजोला जस्ता नामले पनि चिनिने एजोला उष्ण, समषितोष्ण र उपोषण क्षेत्रमा पाइन्छ । अत्यन्तै चिसो र अत्यन्तै सुख्खा ठाउँमा भने यो पाइदैन । विश्व खाद्य सँस्थाको अनुसन्धान अनुसार एजोला पिनाटा र एजोला फिलिकुलोइड्स नेपालका पोखरी र दबदबे जग्गामा धेरै पाइने गरेको छ । दुइटा लोब हुने पातहरु पालैपालो रहेका हुन्छन् । जमिन पटिको लोब बाक्लो हुन्छ र यसमा टोड्को (क्याभिटि) हुन्छ जसमा साइनोब्याक्टेरिया भेटिन्छन् । साइनोब्याक्टेरिया...
Read Moreसुक्खा ठाउँमा पनि हुन् सक्ने पोषिलो ज्वाइन्ट भेच (Joint Vetch) घाँस बारे बुझ्नुस!
ज्वाइन्ट भेच (Joint Vetch)Aeschynomene falcate परिचय : यो बुट्यान जस्तो एक डेढ मिटर अग्लो हुने एक÷दुईवर्षीय कोसे घाँसबाली हो । यसलाई वृक्षरोपण गरेको जग्गामा कृषि–वन प्रणालीअन्तर्गत पनि लगाइन्छ । यसलाई हरियो मलको रूपमा पनि प्रयोग गरिन्छ । कोसे बाली भएकाले यसले माटोमा नाइट्रोजन मिलाएर मलिलो बनाउँछ । यो आफैं बीउबाट पनि वृद्धि हुन्छ । एकपटक छरेपछि फेरि दोह¥याएर बीउ छर्नु पर्दैन । यसलाई चरन घाँसको रूपमा पनि प्रयोग गर्न सकिन्छ । यसले केही मात्रामा जमेको पानी पनि सहन सक्दछ । हावापानी : यो उष्ण तथा समशितोष्ण हावापानीमाहुने घाँस हो । यसलाई नेपालको तराई तथा मध्य–पहाडी क्षेत्रमा...
Read Moreपहिलोपटक नेपालमा भित्रिएको अमेरिकी फौजी कीरा (Spodoptera frugiperda) को प्रकोप कसरी नियन्त्रण गर्ने??
अमेरीकन फौजी कीराको परिचय• अमेरीकन फौजीकीरा मकैवालीमा लाग्ने पुतली समुह अन्तर्गत पर्ने रात्रीचर कीरा हो। यस कीराको लार्भा अवस्थाले मकै लगायत विभन्न ८० प्रकारका वालीनालीमा नोक्सानी पुर्याउने गरेको तथ्य पाइन्छ।• मुख्यतया मकै मन पराउने यस कीराले मकै नपाएको अवस्थामा जुनेलो,धान,गहुँ,कोदो,उखु तथा घाँसेवालीहरु र तरकारी वालीमा समेत व्यापक रुपमा क्षति पुर्याउने गर्दछ।• यो कीरा छिटो तथा आक्रामक तवरले ठुलो क्षेत्रमा फैलन सक्दछ।उपयुक्त खाना तथा वासस्थानको खोजीमा यो कीराको वयस्क पुतली एक रातमा १०० किलोमिटर टाढा सम्म पनि उडेर जान सक्दछ।• त्यसैले, नेपालमा यो...
Read More