Latest From our Blog
सुक्खा ठाउँमा पनि हुन् सक्ने पोषिलो ज्वाइन्ट भेच (Joint Vetch) घाँस बारे बुझ्नुस!
ज्वाइन्ट भेच (Joint Vetch)Aeschynomene falcate
परिचय : यो बुट्यान जस्तो एक डेढ मिटर अग्लो हुने एक÷दुईवर्षीय कोसे घाँसबाली हो । यसलाई वृक्षरोपण गरेको जग्गामा कृषि–वन प्रणालीअन्तर्गत पनि लगाइन्छ । यसलाई हरियो मलको रूपमा पनि प्रयोग गरिन्छ । कोसे बाली भएकाले यसले माटोमा नाइट्रोजन मिलाएर मलिलो बनाउँछ । यो आफैं बीउबाट पनि वृद्धि हुन्छ । एकपटक छरेपछि फेरि दोह¥याएर बीउ छर्नु पर्दैन । यसलाई चरन घाँसको रूपमा पनि प्रयोग गर्न सकिन्छ । यसले केही मात्रामा जमेको पानी पनि सहन सक्दछ ।
हावापानी : यो उष्ण तथा समशितोष्ण हावापानीमाहुने घाँस हो । यसलाई नेपालको तराई तथा मध्य–पहाडी क्षेत्रमा सफलतापूर्वक लगाउन सकिन्छ । नेपालको १५०० मिटर उचाइसम्ममा यसले राम्रो उब्जा दिएको पाइन्छ । २० देखि४० डि.से. तापक्रममा यसबाट राम्रो उत्पादन लिन सकिन्छ।
माटो : निकासको राम्रो व्यवस्था भएको जुनसुकै माटोमा यसको खेती गर्न सकिन्छ तर बलौटे दोमट माटो बढी उपयुक्त हुन्छ । यसले गेग्रान भएको चुरे तथा भावर क्षेत्र र केही पानी जम्ने स्थानमा पनि उत्पादन दिन सक्दछ ।
लगाउने समय : यसलाई जेठदेखि असारसम्म लगाउन सकिन्छ ।
जातहरू :
ग्लेन : यो एक वर्षे र धेरै झा·िने जात हो ।
ली : यो बहुवर्षीय भएकाले चरन क्षेत्रमा लगाउनु उपयुक्त हुन्छ ।
पौष्टिक तत्वहरू प्रतिशत
कच्चा प्रोटिन २२.८३
खनिज ११.६४
क्याल्सियम १.३९
फस्फोरस ०.२६
मलखाद : साधारणतयाः प्रतिहेक्टर ४–५ टन कम्पोष्ट, २५ किलोग्राम नाइट्रोजन, ६० किलोग्राम फस्फोरस र ४० किलोग्राम पोटास राख्न सकेमा घाँसको बढी उत्पादन लिन सकिन्छ । भेचलाई पहिलो पटक नयाँ जग्गामा छर्नुपर्दा जैविक मलको प्रयोग गर्नुपर्छ ।
बीउ दर : यसलाई बीउबाटै प्रसारण गरिन्छ र प्रतिहेक्टर बोक्रा सहितको १०–१५ के.जी.बीउ आवश्यक पर्दछ ।
रोप्ने दूरी : ज्वाइन्ट भेच घाँसलाई छरूवा विधि अपनाएर रोप्ने गरिन्छ ।
सिँचाइ : यसलाई खासै सिँचाइ दिने चलन छैन । उपलब्ध भएमा सुख्खा मौसममा सिँचाइ दिन सके राम्रो उत्पादन लिन सकिन्छ ।
रोग तथा कीरा : ज्वाइन्ट भेचमा खरानीरोग , डाँठ कुहिने÷स्टेम रोट, झर्ने÷कोत्रे आदि रोगहरू लाग्न सक्दछन् । त्यस्तै फूल तथा कोसामा ‘गबारो’ कीराको लार्भाले नोक्सान पु¥याउन सक्दछ।
उत्पादन : बीउ छरेको७०–७५ दिनपछि यसको पहिलो कटाइ लिन सकिन्छ र यसबाट प्रतिहेक्टर ४० देखि ६० टन हरियो घाँस उत्पादन हुन्छ ।