Latest From our Blog

नयाँ व्यवसाय दर्ता गर्दै हुनु हुन्छ?? यी हुन है घरेलु तथा साना उद्योग कार्यालयबाट पाइने सुविधाहरू!

कुनै उद्योग खोल्ने सोचिरहनुभएको छ भने तपाईँले नपुगी नहुने ठाँउ हो घरेलु तथा साना उद्योग कार्यालय। उद्योग दर्ता गर्ने देखि सिप विकास सम्बन्धि विभिन्न तालिमहरू दिने सरकारी निकाय भएकाले पनि त्यहाँ नपुगी हुँदैन। यो कार्यालयले दिने सुविधाहरू मध्ये केहीलाई हामीले यो लेखमा समावेश गरेका छौँ। उद्योग दर्ता तपाईँले कुनै उद्योग सुरु गर्दै हुनुहुन्छ भने सुरूमै दर्ता गरेर चलउन पाइन्छ।दर्ता नगरी चलाएमा त्यसलाई गैरकानुनी मानिनेछ। एक पटक दर्ता गरिसकेपछि तपाईँले उद्योग सम्बन्धी नेपाल सरकारले दिएका सम्पूर्ण सेवा सुविधा पाउन सक्नुहुन्छ उद्योग दर्ता गराउँदा यी...

Read More

निगुरोः कति स्वादिलो, कति पोषिलो ??

वर्षा लागेको छ । यतिबेला बनजंगलमा च्याउ, निगुरो पाइन्छ । कतिपयले जंगलबाट खोजेरै तरकारीको छाक टार्ने गर्छन् । कतिपयले निगुरो, च्याउ बेचेर पैसाको जोहो पनि गर्छन् । निगुरो रोप्न पर्दैन । बनजंगलमा आफै पलाउँछ । यो उन्यु प्रजातिको घाँस हो । पहाड र तराई सबैतिरको जंगलमा निगुरो पाइन्छ । तर, यसको जातमा केही भिन्नता हुन्छ । साथै स्वाद पनि फरक हुन्छ । तुलनात्मक रुपमा पहाडको जंगलमा पाइने निगुरो बढी स्वादिलो हुन्छ ।   निगुरोलाई कतिपय ठाउँमा न्युरो वा निहुरो पनि भनिन्छ । पहाडमा कालो निगुरो बढी रुचाइन्छ । यसैगरी तराईमा हरियो । निगुरो यतिबेलाको मौसमी सागसब्जी हुन् । बनजंगलमा...

Read More

कुन रोग लाग्दा कस्ता फलफूल खाने ?

आजकालका मानिसहरुलाई थुप्रै प्रकारको रोगले घेरेको छ । मधुमेह, उच्च रक्तचाप, थाइराइडजस्ता रोग ४० कटेका मानिसहरुबिच सामान्य जस्तै भइसकेको छ । नेपालीहरुको खाने तरिका अलि भिन्न छ । दाल, भात, तरकारी खाँदा शरिरलाई चाहिने सबै पौष्टिक तत्वको परिपूर्ती हुन्छ भन्ने मान्यता अहिलेसम्म नै कायम छ । धेरैजसो नेपालीहरुमा फलफूल खाने बानीको विकास भइसकेको छैन । धेरैजसो मानिसहरुले फलफूललाई चाडबाडको बेलामा मात्र खाने गरेको पाइन्छ । अर्कोतर्फ, कस्तो रोग लागेका व्यक्तिले कस्तो फलफूल खानुपर्छ भन्ने कुराको ज्ञान नहुँदा पनि मानिसहरुले कुनै पनि फलफूल नखाने गरेको पाइएको छ । एक त फलफूल...

Read More

बाख्राको लागि बिषालु घाँस के के हुन्? बिषालु घाँस खाएमा के गर्ने?

पशुलाई विष लाग्ने किसिमको घाँसपात नेपालको तराई भाग देखि उच्च पहाडी भेगसम्म पाईन्छ । पशुहरु हरियो घाँसपात खाँदा कहिलेकाँही विषालु घाँसहरु खान पुग्दछन । र त्यसमा रहेको अपाच्य विषालु पदार्थले जनावरलाई रोगी बनाउछ । केहि उच्च प्रोटिनयुक्त घाँसपात वा बोट बिरुवा खास मात्रामा सेवन गरेमा अतीनै फाईदाजनक हुन्छ । तर धरै मात्रामा खान पुगेमा बिष लाग्ने हुन्छ । बिषालु घाँसपात कसरी खान्छन ? साना पाठापाठीलाई बिष लाग्ने घाँसपात बारे ज्ञान नभएर । नयाँ ठाँउ या चरनमा बाख्रालाई चराउनाले । मिठो घाँससंग बिषालु घाँसपात मिसीएकोले । सुख्खायाममा हरियो रहने विषालु घाँसपात देखि...

Read More

नेपालमा कृषि क्रान्ति; कस्को भरमा??

  सिन्धुपाल्चोकको मेरो घर र खेतबारी सम्झिन्छु; सानो हुदाको बेलाको। हाम्रो खेती थोरै थियो, अहिले भएको जमिनको लगभग आधा मात्र। मेरो बुबा स्कुलमा पढाउनु हुन्थ्यो, हामी सानै थियौं हामी पनि पढ्न जान्थ्यौं। घरमा २ वटा ठूला पशु थिए, १०-१२ वटा बाख्रा, ५-७ वटा कुखुरा र सबैको व्यवस्थापन गर्ने मेरो आमा। त्यसबाहेक ६ पाथी धानको विउ लाग्ने खेत र केहि सिंञ्चाई नहुने र २ बाली मात्र हुने बारी। शुक्रवारको आधा दिन र शनिवारको दिन हामी सानै उमेर देखिनै खेतिपातीको काममा व्यस्त हुन्थ्यौं। हिँउदको महिनामा बेलुका स्कुल बाट आएर बारीमा जान समय पुग्दैनथियो तर सबै सिजनमा विहान घाँस काट्ने...

Read More