Latest From our Blog
बाख्राको लागि बिषालु घाँस के के हुन्? बिषालु घाँस खाएमा के गर्ने?
पशुलाई विष लाग्ने किसिमको घाँसपात नेपालको तराई भाग देखि उच्च पहाडी भेगसम्म पाईन्छ । पशुहरु हरियो घाँसपात खाँदा कहिलेकाँही विषालु घाँसहरु खान पुग्दछन । र त्यसमा रहेको अपाच्य विषालु पदार्थले जनावरलाई रोगी बनाउछ । केहि उच्च प्रोटिनयुक्त घाँसपात वा बोट बिरुवा खास मात्रामा सेवन गरेमा अतीनै फाईदाजनक हुन्छ । तर धरै मात्रामा खान पुगेमा बिष लाग्ने हुन्छ ।
बिषालु घाँसपात कसरी खान्छन ?
साना पाठापाठीलाई बिष लाग्ने घाँसपात बारे ज्ञान नभएर ।
नयाँ ठाँउ या चरनमा बाख्रालाई चराउनाले ।
मिठो घाँससंग बिषालु घाँसपात मिसीएकोले ।
सुख्खायाममा हरियो रहने विषालु घाँसपात देखि पशु लोभीएर खानाले
कृषकहरुलाई विषालु घाँसपातबारे जानकारी कम भएको कारण
बिसालु घाँसपात बाट हुने समस्या
पशु बस्तुहरुले जानी नजानि थुप्रै घाँस पात हरु खान्छन, यसरि घाँसपात खाँदा नाईट्रेट जम्मा गर्दछन् जसले पशुहरुको स्वास्थ्यमा नकारात्मक असर पार्दछ । पशुबस्तुले विष लागेको लक्षण देखाउँदछन् ।
(१) नाईट्रेट संचित गर्ने बोट बिरुवाहरु
कलिलोे जौ, गंहु, सेतो क्लोभर आदि खाएको ५–६ घण्टा पछि बिष लाग्दछ ।
लक्षणहरु
¥याल काढ्ने, पेट दुख्ने
छटपटाउने, मांशपेसी हल्लने
थोरै थोरै पीसाव हुन,े रगत कफि रंग को हुने
उपचार
मिथाईलिन ब्लु २–४ प्रतिशतको झोल २.५ एम .एल नशामा दिने र एट्रोफिन सल्फेट १ एम .एल वा ५० के.जी. बढि प्रभावकारी र सबै बिसादीको लागि काम लाग्छ ।
(२) लेकाली बिष
उच्च पहाडको चरन क्षेत्रमा पाईन्छ । जुन बिरुवा खाँदा बिष लाग्छ ।
लक्षणहरु
चर्न छाड्ने, झोक्राउने
हिड्न नसक्ने, भुडि फुल्ने
मुखबाट फींज निकाल्ने, अन्तमा मर्ने
उपचार
सोडियम थायो सल्फेट ८–१० प्रतिशतको झोल बनाई २० एम.एल. खान दिने ।
५ प्रतिशत सोलुसन तयार गरी ५ एम.एल. नसामा सुई दिने ।
(३) उन्युको बिष ः
भmुक्किएर घाासको अभावमा खाँदा बिष लाग्छ ।
लक्षणहरु ः
खान कम हुदै जाने । पेट फुल्ने ।
¥याल काढ्ने । मर्ने ।
उपचार
१ एम.एल. ब्युटायल अल्कोहल १०० एम.एल. सलाईन पानिमा घोली ३–४ दिन सम्म नसामा दिने ।
(४) हाईड्रोसाईनिक बिष
कलिलो अबस्थामा जुनेलो खुवाएमा यो बिष लाग्छ । ४५० केजी खाँदा १ ग्राम बिष उत्पादन हुन्छ ।
लक्षणहरु
एक्कासी लड्ने, सास फेर्न गाहे हुने
फिँज काढ्ने, मासु हल्लने
पेट फुल्ने, आँखाको नानि फैलने ।
उपचार
सोडियम नाईट्रेट २ ग्राम सोडिइम थायो सल्फेट १५ ग्राम २०० एम.एल. नर्मल सलाईनमा घोली ५० एम.एल. नसामा सुई दिने एक घण्टा पछि फेरि दोहो¥याउने । सोडियम थायो सल्फेट ५–१० ग्राम १ घण्टाको फरकमा खुवाउने ।
(५) अंगेराको पात ÷ मुन्टा
प्राय घाँसको अभावमा वा कलिलो अबस्थामा यो घाँस खाने गर्दछन ।
लक्षणहरु
मुख बाट ¥याल काढ्ने
पेट फुल्ने वा छेर्ने ।
दाँत कटकटाउने ।
सास फेर्न गाह्रो हुने ।
उपचार
सोडियम थायोसल्फेट ५–१० ग्राम १ घण्टाको फरकमा खुवाउृने ।
रुमेल बोलस खान दिने ।
भिटामिन बी कम्पेलेक्सको सुई दिने ।
सिम्लीगानको बोक्रा र पात थिचेर खुवाउने । वा पिसाव खुवाएमा पनि निको हुन्छ ।
(६) युरीया मल
भmुक्किएर वा जथाभावी राख्दा यो खाएर बिष लाग्छ ।
लक्षणहरु
लड्ने, मुर्छा पर्ने
फिँज काढ्ने, कराउने
दाँत कटकटाउने, छटपटाउने
सास फेर्न गाह्रो हुने
उपचार
एसिटिक एसीट ५ प्रतिशत वा अमिलो पातलो बनाई खुवाउने । २÷३ बोतल सलाईन नसामा दिने ।
(७) किटनासक बिषादी
भmुक्किएर वा जथाभावी राख्दा यो खाएर बिष लाग्छ ।
लक्षणहरु
लडने, मुर्छा पर्ने फिँज काढ्ने
कराउने दाँत कटकटाउने
छटपटाने सास फेर्न गाह्रो हुने ।
उपचार
एसीटिक एसीड ५ प्रतिशत वा अमिलो पातलो बनाई खुवाउने ।
२÷३ बोतल सलाईन नसामा दिने ।
एट्रोपिन सल्फेट २–५ एम. एल. नसामा सुई दिने ।