Latest From our Blog
प्रांगारिक आलु खेतीमा कालोखोस्टे रोग र त्यसको व्यवस्थापन!!
आलु नेपालमा धान, गँहु र मकै पछिको चौथो महत्वपूर्ण वाली मानिन्छ । यो वाली नेपालमा करिव डेढलाख हेक्टर क्षेत्रफलमा खेती गरिन्छ भने यसको औषत उत्पादकत्व १३.०९ मे.टे. प्रतिहेक्टर रहेको छ । यसको उत्पादकत्व विकसित देशको तुलनामा निकै कम छ । जस्तै युरोपियन देशहरुमा आलुको उत्पादकत्व ४० देखि ४५ मे.ट. प्रति हेक्टर रहेको छ । आलुको उत्पादकत्व कम हुनुका थुप्रै कारणहरु मध्ये रोग पनि एउटा महत्वपूर्ण कारण हो । आलुको कालो खोस्टे रोग एउटा महत्वपूर्ण रोगको रुपमा आई रहेको छ । नेपालमा लगातार लामो समय सम्म आलु खेती गरिने ठाउँमा यसको प्रकोप बढ्दै गइरहेको पाइएको छ । यो रोगले आलुको...
Read Moreचोकर (Bran) : गाइभैसीलाइ मात्रै हैन अब तपाइको बच्चाको लागि पनि खुवाउनुहोस्!!
अहिले हाम्रा छोराछोरीको खान्की के छ ? मम, चाउमिन, बिस्कुट, ब्रेड, चिप्स । यी अधिकांश खानेकुरामा मैदाजन्य हुन् । मैदाजन्य परिकार धेरै छन् र स्वादिलो पनि लाग्छ । तर, स्वास्थ्यका लागि त्यती फाइदाजनक छैन । मैदाजन्य परिकारकै कारण उनीहरुमा मोटोपन, मधुमेह जस्ता अनेक समस्या देखापर्ने गर्छ । जबकी उनीहरुलाई स्वस्थ्य, तन्दुरुस्त राख्ने हो भने चोकुरयुक्त वा फाइबरयुक्त खानेकुरा दिनुपर्छ । तपाईं/हामीलाई थाहै छ, फाइबरको मुख्य स्रोत मानिने चोकरलाई अंग्रेजीमा ब्रान पनि भनिन्छ । यसको नियमित सेवनले पेट सफा हुनुका साथै भोक लाग्ने गर्छ । यसको सेवनले कब्जियतको समस्या समेत कम हुन...
Read Moreप्राइभेट कम्पनी कसरी दर्ता गर्ने? (प्रक्रिया र दस्तुर सहित) सबै जानकारी!
कुनै पनि उद्यम गर्न चाहने व्यक्तिले एक्लै वा अरूसँग सामूहिक रूपमा मिलेर कम्पनी खोल्न सक्छन्। कम्पनी प्राइभेट, पब्लिक र मुनाफा वितरण नगर्ने कम्पनी गरेर तीन किसिमका हुन्छन्।यी मध्ये कुनै पनि कम्पनी खोल्नका लागि अनिवार्य रूपमा दर्ता गर्नुपर्ने हुन्छ। कम्पनीको किसिम अनुसार दर्ता गर्ने प्रक्रियाहरू फरक हुन्छन्। यो लेखमा भने हामीले प्राइभेट कम्पनी कसरी दर्ता गर्ने ? (कहाँ गर्ने, प्रक्रिया, दस्तुर आदि) भन्ने विषयमा छलफल गरेका छौँ। प्राइभेट कम्पनी बढीमा ५० जनासम्म शेयरधनीहरु मिलेर खोलेको कम्पनी हो। साथै एकल शेयर धनी भएको कम्पनी पनि प्राइभेट कम्पनी अन्तर्गत...
Read Moreप्लाष्टिक ट्रेमा बेर्ना उत्पादन प्रविधि!!
कृषकले एउटै जमिनलाई लामो समयसम्म नर्सरीको रुपमा प्रयोग गर्ने प्रथाले पनि रोग कीराको प्रकोप बढाउनुको साथै बेर्नाको गुणस्तरमा ह्रास आई उत्पादन र गुणस्तरमा गिरावट आइरहेको छ । यस्तो परिस्थितिमा परम्परागत बेर्ना उत्पादनको विकल्पको खोजी विगतदेखि नै भइरहेको छ। यही सन्दर्भमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुराले अध्ययन गरेको थियो । उक्त अनुसन्धानले स्वस्थ वेर्नाको उत्पादनको लागि प्लाष्टिक ट्रेमा बाख्राको मल उपयुक्त हुने कुरा पहिचान गरेको छ। प्लास्टिक ट्रेमा बेर्ना उत्पादनका फाइदाहरु बीउको उमार प्रतिशतमा वृद्धि हुने । तरकारी उत्पादनमा १६ देखि २१ प्रतिशत...
Read Moreअत्यन्तै गुणकारी बेथेको साग!!
प्राचीन कालदेखि बेथेको सागसँग प्रायः हामी सबै परिचित छौं । यो साग प्रायः गरेर जाडोको मौसमपछि खेतबारी जताततै नरोपीकन पनि आफै उम्रिने एक वनस्पति हो, जसलाई गुण प्रधानताका कारण साग राज या सागको राजा नै मानिन्छ । बेथेको साग दुई जातिमा पाइन्छ गौड्वस्तुक र यवशाह । गौवस्तुक जातको बेथे प्रायः गरेर गहुँ तथा सस्यूँ आदिका खेतीमा उम्रन्छ, यो जातका बेथेको पात अर्को भन्दा केही ठूलो र भेट्नो तथा पातहरुमा हल्का रातोपन हुन्छ यवशाहलाई जौं भनेर चिनिन्छ । यवशाह भन्नाले जौको खेतीमा उम्रने बेथेको साग भनेर जाने हुन्छ । छोटकरीमा भन्नुपर्दा बेथेको साग गहुँ, जौं, तोरी तथा सस्यूँको...
Read More