Latest From our Blog
व्यवसायिक नर्सरीमा नभई नहुने ग्रोईङ मिडिया पिटमस (Pittmos) बारे बुझौ है आज!
हाल नेपाली किसानले ट्रेमा बिरुवा उत्पादन गर्न प्रयोग गर्न थालेको खैरो भुवा जस्तो वस्तु पिटमस भनेको के हो र यसको उपयोगिता के हो भन्ने कतिपयलाइ थाहा नहुन सक्छ । यो बिरुवा उत्पादन गर्न, बिउ उमार्न र हुर्काउन प्रयोग गरिने एक प्रकारको मिडिया हो । ब्यवसायीक खेती गर्दा बिरुवा उमार्न र हुर्काउन प्रयोग गरिने सबैभन्दा भरपर्दाे र सहज वस्तु हो पिटमस । यसको प्रयोगले किसानले ढुक्क भई स्वस्थ्य बिरुवा उत्पादन गर्न सक्दछन् । तर पानी र तापक्रमको ब्यवस्थापनमा भने किसानले ध्यान पुर्याउनुपर्ने हुन्छ । भनिन्छ, बिरुवा नै राम्रो भएन भने फल पनि राम्रो हुँदैन । कृषि उत्पादनको...
Read Moreव्याउने गाई भैँसीको हेरचाह कसरी गर्ने त? यी १६ कुरामा ध्यान दिनुहोस्!
गाई भैँसीको व्यवसायको सफलता पशुहरुको हेरचाह एवं व्यवस्थापन पक्षसँग प्रत्यक्ष रुपमा सम्बन्धित रहने गर्दछ । यो व्यवसायमा धेरै जोखिमहरु छन् र पशुपालन व्यवसायीले निकै सतर्कमा अपनाउनुपर्ने हुन्छ । गाई भैँसीपालक कृषकहरुले ध्यान दिनुपर्ने कुराहरु बुँदागत रुपमा यसरी प्रष्ट्याउन सकिन्छ । १. साधारणतया वाली गएको २८० दिनमा गाई र ३१० दिनमा भैंसी व्याउने गर्दछन् । त्यसैले कृषकहरुले आफ्नो पशु व्याउने सम्भाव्य मिति याद गरी राख्नु पर्छ । २. गाई भैंसी व्याउने सम्भाव्य मिति भन्दा केही दिन अगाडि देखि पशुलाई थोरै समय हल्का हिँडडुल गराउनु राम्रो हुन्छ । यसो गर्नाले गाई भैँसी...
Read Moreबंगुर पाल्ने सोचाइ छ? यो लेख पढेपछि सबै जानकारी मिल्नेछ! SHARE पनि गरौँ!
1. बंगुरको हैजा (Swine Fever) को उपचार के हुन्छ ?बंगुरको हैजा रोकथान गर्न वर्षमा २ पल्ट भ्याक्सिन लगाउनु पर्छ । जिल्ला पशु सेवा कार्यालयबाट भ्याक्सिन निःशुल्क उपलव्ध हुन्छ ।2. खोरेत रोगको उपचार रोकथाम के हुन्छ ?खुट्टाको घाउं १ प्रतिशत फिनाइला वा डिटोलको झोलले सफा गर्ने, मुखमा १ प्रतिशत फिटगिरी वा पोटास पानीले सफा गर्ने ।५ दिन सम्म एण्टिवायोटिक सुई लगाउने ।रोकथाम गर्न वर्षमा दूई पल्ट खोरेत विरुद्ध खोप (Vaccine) लगाउनु पर्छ ।3. के बंगुरलाई खोरेत रोग पनि लाग्छ ? लक्षण के हुन्छ ?लाग्दछ । बथान गोठ भरी फैलिन सक्छ । बंगुरमा खोरत रोग लागेमा मुख, जिब्रो, गिजा, खुरको वीचमा घाउं आउने र मुखबाट...
Read Moreयी खानेकुराले हटाउँछ मदिराको ह्याङओभर!!
पिउन थालेपछि थपेको थप्यै गर्न मन लाग्ने र भोलिपल्ट ह्याङओभर भएपछि ‘धेरै भयो’ भनेर निकै मान्छे पछुताउँछन् । नियमित सेवन गर्न भन्दा कहिलेकाहिँ मात्रै गर्नेलाई भोलिपल्टसम्म ह्याङओभरग्रस्त बनाउँछ । जसले काम समेत प्रभावित पार्छ । यस्तो अवस्था निम्न खानेकुरा खाँदा ह्याङओभर हट्छ । नरिवलको पानी:: ह्याङओभर भएको बेला शरीरमा पानीको मात्रा एकदमै कम हुन्छ । यस्तोमा प्रशस्त पानी पिउनु राम्रो हुन्छ । नरिवलको पानी पाइयो भने झन् काइदा हुन्छ । यसमा चिनीको मात्रा कम र इलेक्ट्रोलाइट्सलगायत खनिज प्रशस्त हुन्छन् । यसले ह्याङ भएको शरीरलाई राहत दिन्छ । अदुवा:: ह्याङओभर...
Read Moreयो जाडोमा बहुपयोगी ज्वानोको झोल खाने कि?
भान्सामा प्रयोग हुने मसलामध्ये ज्वानो प्रमुख मानिन्छ । ज्वानोमा प्रशस्त मात्रामा क्याल्सियम पाइन्छ । यसलाई औषधिका रूपमा पनि समेत प्रयोग गर्न सकिन्छ । प्राय : सुत्केरी महिलालाई ज्वानो खुवाउने गरिन्छ । सुत्केरी अवस्थाका महिलालाई ज्वानो खुवाउँदा प्रशस्त मात्रामा दूध आउने र हर्मोन सन्तुलन गर्छ । मौसमी रोगमा ज्वानो खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ । चिसो मौसममा ज्वानो खाँदा रुघाखोकी लाग्दैन । चिसोमा घाँटी दुख्ने, कफ जम्ने, रुघा लाग्नेजस्ता समस्या भएमा जवानो निकै लाभदायी हुन्छ । ज्वानोलाई विभिन्न तरिकाले खान सकिन्छ । यसलाई झोल बनाएर र दाल, तरकारी वा साग झान्नमा...
Read More