Latest From our Blog

डालेघाँस टाँकी (Bauhinia purpurea) सम्बन्धि केहि जानकारी!!

टाँकी एक नरम पातभएको दुधालु पशुहरुको लागि राम्रो कोशे डालेघाँस हो । सबैजसो ठाउँमा टाँकी नै भनेर चिनिन्छ । यो डालेघाँस मध्य पहाडदेखि बेंसी, टारहरु र भित्री मधेस आदि सबै ठाउँमा पाईन्छ । यस्को प्रसारण बीउबाट नै राम्रो हुन्छ बीउ सोभैm चाहेको ठाउँमा रोपे पनि हुन्छ र पोलिथिनको थैलोमा उमारेर नर्सरीमा एक वर्ष हुर्किएपछि बारीको कान्ला, खेतको छेउछाउ आदिमा सार्दा राम्रो हुन्छ । यो डाले घाँस बीउ रोपेको २–३ वर्ष भित्रमा नै हाँगा काटेर पशुलाई खुवाउन सकिन्छ । मलिलो ठाँउमा छिट्टै हुकर्ने हुनाले धेरै वर्ष कुरिरहनु पर्दैन । यो डाले घाँस सबै मौसममा खुवाउन सकिन्छ तर आश्विनदेखि...

Read More

भेच (Vetch) Vicia sativa घाँस सम्बन्धि जानकारी!!

परिचय : भेच घाँसको खेती नेपालका तराई तथा मध्य–पहाडी जिल्लाहरूमा सफलतापूर्वक गर्न सकिन्छ । यो घाँसको बीउ झण्डै मासको बीउ जस्तै र घाँस चाहिँ मसुरो वा कुटिलकोसासँग मिल्दोजुल्दो हुन्छ । कोसे घाँस भएकाले यो पोषिलो हुन्छ । यसले एक हेक्टर खेती गरिएको जमिनमा ११० के.जी.सम्म नाइट्रोजन स्थिरीकरण गर्न सक्दछ । भेचलाई हरियो मलको रूपमा पनि प्रयोग गर्न सकिन्छ । भेचको बीउमा ‘साइनोजेनिक एमिनो एसिड’ पाइन्छ । यसैले भेचको बीउलाई पशु आहाराको रूपमा धेरै मात्रामा खुवाउनु हुन्न । यसको स्वाद केही टर्रोहुने भएकाले सुरूमा भेचमात्र पशुबस्तुले रूचाएर खाँदैनन् । त्यसैले अन्य...

Read More

माछापालन गर्ने किसानका लागि बिमाका प्रक्रिया!

बीमालेखले रक्षावरण गर्ने जोखिमहरू ः देहायका कुनै कारणबाट बीमा अवधिभित्र माछा मरेमा बीमकले उक्त माछाको बीमाङ्क रकमको ९० प्रतिशत रकम बीमितलाई भुक्तानी गर्नेछ ः (क) आगलागी, चट्याङ, (ख) भूकम्प, (ग) बाढी÷डुवान÷खडेरी, (घ) पहिरो÷भूस्खलन, (ङ) आँधिबेहरी, असिना, हिऊँ वा तुसारो, (च) आकस्मिक÷दुर्घटनाजन्य बाह्य कारणहरु, (छ)     रोगबाट हुने हानि–नोक्सानी, (ज)    अक्सिजनको कमि, एमोनियाबाट हुने नोक्सानी, (ञ)    बिषालु पदार्थबाट मरेमा । सर्तहरू १) माछा पालनकोलागि न्यूनतम २०० वर्ग मिटरको पोखरी र कम्तिमा तीन (३) फिट पानीको गहिराई भएको पोखरी हुनु पर्दछ तर ट्राउट...

Read More

महिनावारीको दुखाई कम गर्ने घरेलु तरिका!! Share गर्दै जानु होला है!

  बदलिएको जीवनशैली, प्रदुषण र खानपानमा परिवर्तनका कारण धेरैजसो महिलाहरुलाई महिनावारी भएका बेला अत्यधिक पीडाको समस्या हुनु अहिले साधारण भइसकेको छ । महिनावारीमा अनियमितता हुने भएका कारण कुनै पनि महिलाका लागि महिनाका ती दिनहरु निकै तनावपूर्ण र पीडादायक हुने गर्दछ । कहिले महिनामा दुईपटक वा दुई महिनामा एकपटक हुने गर्दछ । कहिलेकाँही निकै चिसो खाना खानाले महिनावारी नियमित हुने गर्दैन भने कहिले निकै गर्मी कुराहरु खानाले महिनावारी हुने गर्दछ । पेट, कम्मर र ढाडमा हुने पीडा महिनावारी अनियमित हुँदा हुने गर्दछ र यस्तो पिडालाई सहन निकै गाह्रो हुने गर्दछ । यस्तोमा...

Read More

व्रोइलर पाल्ने सोच्दै हुनु हुन्छ? हरेक हप्ता गर्नुपर्ने प्राबिधिक कुरा एकै लेखमा Detail मा पढ्नुहोस्!

पहिलो हप्ता (१ देखि ७ दिन) प्रति वर्ग फुट ४ वटा चल्ला हुनेगरी क्षेत्रफल दिने । प्रत्येक चल्लाको बाक्साबाट ४-५ वटा चल्लाको तौल लिने र अभिलेख राख्ने । चल्लालाई खोरमा ल्याउनासाथ तुरुन्त ब्रुडिंग क्षेत्रमा छोडिहाल्ने ताकि चल्लाले छिटो भन्दा छिटो पानि पिउन सकून । छोड्दाखेरि पानीको भाँडा नजिकै लगेर छोड्ने र पानि खान उत्प्रेरित गराउने । चल्लाको चुचो पानीमा डोबेर चल्लालाई पानि खान उत्प्रेरित गराउन सकिन्छ । कुखुरामा स्वास—प्रस्वास सम्बन्धि समस्या बढी देखिने स्थानमा चल्लाको सुरुको १ देखि २ घण्टाको पानीमा आई.बिए.च. १२० भ्याक्सिन दिनु उपयुक्त हुन्छ । पानीको...

Read More