Latest From our Blog

डालेघाँस टाँकी (Bauhinia purpurea) सम्बन्धि केहि जानकारी!!

टाँकी एक नरम पातभएको दुधालु पशुहरुको लागि राम्रो कोशे डालेघाँस हो । सबैजसो ठाउँमा टाँकी नै भनेर चिनिन्छ । यो डालेघाँस मध्य पहाडदेखि बेंसी, टारहरु र भित्री मधेस आदि सबै ठाउँमा पाईन्छ ।

यस्को प्रसारण बीउबाट नै राम्रो हुन्छ बीउ सोभैm चाहेको ठाउँमा रोपे पनि हुन्छ र पोलिथिनको थैलोमा उमारेर नर्सरीमा एक वर्ष हुर्किएपछि बारीको कान्ला, खेतको छेउछाउ आदिमा सार्दा राम्रो हुन्छ । यो डाले घाँस बीउ रोपेको २ वर्ष भित्रमा नै हाँगा काटेर पशुलाई खुवाउन सकिन्छ ।

मलिलो ठाँउमा छिट्टै हुकर्ने हुनाले धेरै
वर्ष कुरिरहनु पर्दैन । यो डाले घाँस सबै मौसममा खुवाउन सकिन्छ तर आश्विनदेखि फागुनसम्म हाँगा काटेर खुवाउँदा घाँसको रुखलाई पनि असर नपर्ने र सुख्खा पदार्थ पनि बढी प्रतिशत हुने हुनाले अरु समयमा नकाट्नु नै राम्रो हुन्छ ।

भर्खर ब्याएका
पाडा पाडी, पाठा, पाठी, बाच्छा, बाच्छीलाई घाँस खाने बानी बसाउन यो डाले घाँस खुवाउने गरिन्छ । दुधालु भैंसी, गाई र भर्खर ब्याएका माउ बाख्राको लागि यो एक अति उत्तम डाले घाँस हो ।

यसको
पातमा १४१७ प्रतिशतसम्म वेला हेरी क्रुड प्रोटिन (कच्चा प्रोटिन), क्याल्सियम २.४ प्रतिशत र फस्फोरस ०.३० प्रतिशत, सुख्खा पदार्थ ३३३४ प्रतिशत र ट्यानिन (tanning)  १.२ प्रतिशत सुख्खा पदार्थको आधारमा पाईन्छ ।

प्रोटिन र क्याल्सियम बढी भएको हुनाले हुर्कदै गरेका पाठा, पाठी, पाडा, पाडीको लागि र लैनो भैंसीको लागि यो डाले घाँस र पराल मिसाएर खुवाउँदा राम्रो दूध उत्पादन हुने र हुर्कदै गरेका पाडा, पाडी राम्रोसँग हुर्कने हुन्छ ।

यो डाले घाँसमा खासै त्यस्तो अपाच्य तत्व छैन र हिउँदको समयमा खुवाउँदा समस्याहरु केही आउदैन ।