Latest From our Blog
मकैको घुनले हैरान हुनु हुन्छ?? अब पर्दैन! यी तरिका थाहा पाउनुस, समस्या हुदैन!
मकैको भण्डारणमा नोक्सान पु¥याउने प्रमुख कीराहरु मध्यको एक घुन हो ।घुनको ब्यबथापन गर्न निम्न तरिका अपनाउनु पर्दछ | व्यवस्थापन तरिकाहरुः- घुन नियन्त्रणका लागि मकैको खोस्टा सुकिसकेपछि मात्र भाँच्नुपर्दछ र घाममा घोगा सुकाउनु पर्दछ ।- भण्डारण गर्दा मकैको चिस्यान १३.५ % भन्दा कम हुनुपर्दछ । भण्डारण कोठाको तापक्रम २५ डिग्री सेल्सियस हुनुपर्छ |- भण्डारण गरिएका मकैका दानाहरुलाई समय–समयमा सुकाइरहनुपर्दछ ।- बोझोको धुलो १० गा्रम प्रति के.जी. मकैका दरले मिसाएर भण्डारण गरेमा वा टिमुरको धुलो र मकै १ः१० को अनुपातमा मिसाएर भण्डारण गरेमा पनि घुनको समयमा कम गर्न सकिन्छ ।- घुन...
Read Moreभोकमरी हटाउने, बिउबिजन भण्डारण गर्ने PICS Bag!!
परिचय::Purdue University को Purdue Research Foundation बाट प्रमाणित Purdue Improved Crop Storage (PICS) Bag, साना तथा ठूला सबै किसिमका किसान दाजुभाइहरु, व्यापारीहरु र दैनिक प्रयोजनका लागी, बीउ तथा खाद्यान्न, बिना बिषादी, सुरक्षित भण्डारण गर्न धेरै उपयुक्त सरल प्रविधि हो । PICS bag मा सरल तरिकाबाट नै बीउ तथा खाद्यान्नलाई धुन पुतली तथा अन्य किराहरुबाट जोगाइ सफा बिषादी रहित भण्डारण गर्न धेरै उपयुक्त हो । यो प्रविधि विश्वका १० वटा देशका लाखौ किसान तथा अन्य उपभोक्ताहरुले प्रयोग गरिराखेका छन् । PICS bag ले कसरी काम गर्छ?? जुनै पनि जीवित बस्तुलाई श्वासप्रश्वासको लागी Oxygen चाहिन्छ । PICS bag मा बीउ तथा खाद्यलाई Airtight गरि बाँड्ने वितिकै...
Read Moreताजा फलफूल तथा तरकारी भण्डारणको घरेलु तरिका: शुन्य शक्ति शित भण्डारण!!!
फलफूल तथा तरकारीबालीहरु भिटामीन, प्रोटीन, खनिज पदार्थ तथा शक्तिको महत्वपूर्ण स्रोत हुन् । फलफूल तथा तरकारीबालीहरु टिपिसकेपछि पनि निरन्तर जीवन प्रक्रिया पूरा गरिरहने हुनाले यसबाट हुने वाष्पिकरण तथा श्वास प्रश्वास का कारणले गुणस्तरमा ह्रास गराउँदछ । यस्ता नियमित प्रक्रियाहरु को मात्रा र दर मुख्य रुपमा नजिकको वातावरणको तापक्रम र सापेक्षिक आद्रतामा निर्भर गर्दछ । यस अर्थमा तापक्रम र सापेक्षिक आद्रताको नियमनबाट गुणस्तरको ह्रास हुनबाट बचाउन सकिन्छ। उदाहरणका लागि फलफूलको वाष्पीकरण हुनु भनेको यसको तौलमा कमी आउनु हो । यस अर्थमा वाष्पीकरणबाट उडेको पानीको...
Read Moreफलफुलको बोटमा लगाउने बोर्डो पेस्ट मिश्रण (१%) बनाउने तरिका!!
एक प्रतिशतको बोर्डो मिश्रण तयार गर्न १० ग्राम चुन १ लिटर पानीमा घोलेर बनाउनु पर्दछ। निलोतुथो १० ग्राम, चुन १ लिटर पानीमा घोलेर बनाउनु पर्दछ। निलोतुथो पग्लन समय लाग्ने हुनाले रातभरी पानीमा राखी पग्लन दिनु पर्दछ। प्लाष्टिकको बाल्टिनमा एक लिटर पानीमा २०० ग्राम निलोतुथो र प्लाष्टिकको अर्को बाल्टिनमा एक लिटर पानीमा २०० ग्राम चुना राखेर छुट्टाछुट्टै घोल्नु पर्दछ। यसरी बेग्ला बेग्लै भाडामा पगालेको निलोतुथो र चुनालाई तेश्रो प्लाष्टिकको बाल्टिनमा मिसाएर घोल तयार गर्नु पर्छ। यसको लागि निलोतुथो र चुनको गोल संगसगै बराबर रुपमा मिसीने गरी खन्याउदै जाने र अर्को...
Read Moreएक उत्कृष्ट डाँलेघाँस काब्राे (Ficus Lacor) को बारेमा बुझौ!!
काब्रो झण्डैझण्डै सदाबहारको रुपमा देखिने सानो रुख हो । यसको बोक्रा खैरो र चिप्लो हुन्छ । यसमा ठाडा–ठाडा रेखाहरु हुन्छन् । यो रुखमा झुण्डिरहेका जराहरु हुन्छन् र जराहरु हावामा हल्लिरहन्छन् । यसका पातहरु अण्डाकारदेखि दीर्घाकारसम्म हुन्छन् । पात आठ देखि २० सेन्टिमिटर लामो हुन्छ । यसका किनारा चिप्लो हुन्छ । यस्तै भेट्नाे चारदेखि पाँच सेन्टिमिटरसम्म लामो रहन्छ र भाँच्दा दुध निस्किन्छ । डालेघाँसका लागि पातलाई फागुनदेखि असारसम्म काटिन्छ र नयाँ पातहरु बैशाखमा देखा पर्छन् । यसका फूलहरु भाले, पोथी र बाँझो हुन्छन् । फल खोक्रो मांसिलो अन्जीरको रुपमा रही गोलो आकारको...
Read More