Latest From our Blog

एक उत्कृष्ट डाँलेघाँस काब्राे (Ficus Lacor) को बारेमा बुझौ!!

काब्रो झण्डैझण्डै सदाबहारको रुपमा देखिने सानो रुख हो । यसको बोक्रा खैरो र चिप्लो हुन्छ । यसमा ठाडा–ठाडा रेखाहरु हुन्छन् । यो रुखमा झुण्डिरहेका जराहरु हुन्छन् र जराहरु हावामा हल्लिरहन्छन् । यसका पातहरु अण्डाकारदेखि दीर्घाकारसम्म हुन्छन् । पात आठ देखि २० सेन्टिमिटर लामो हुन्छ । यसका किनारा चिप्लो हुन्छ । यस्तै भेट्नाे चारदेखि पाँच सेन्टिमिटरसम्म लामो रहन्छ र भाँच्दा दुध निस्किन्छ ।

डालेघाँसका लागि पातलाई फागुनदेखि असारसम्म काटिन्छ र नयाँ पातहरु बैशाखमा देखा पर्छन् । यसका फूलहरु भाले, पोथी र बाँझो हुन्छन् । फल खोक्रो मांसिलो अन्जीरको रुपमा रही गोलो आकारको हुन्छ । यसको व्यास ७.५ मिलिमिटर रहन्छ । फललाई स–साना खटिराजस्ता फोकाले ढाकेको हुन्छ र यो डाँठबिहीन रहन्छ । चैतदेखि जेठसम्ममा फल फल्छ र यो पाक्दा सेतो रङ्गको हुन्छ । बीउको सन्दर्भमा यो धेरै सानो, गोलो र पहेंलो रङ्गको हुन्छ । 

उपयुक्त बिस्तार (बढाउने) कार्य ः– यसका लागि एकदेखि साढे दुई सेन्टिमिटर व्यास भएको तथा एक वा दई वटा पात रहेको २५ देखि ३० सेन्टिमिटर लामो रहेको कलमी चाहिन्छ । 

बृद्धिदर ः–  अन्जीर जातका अन्य रुखहरुको तुलनामा यो ढिलो पढ्छ तर, तराईमा यो राम्ररी नै उम्रन्छ ।

बिउ सङ्कलन ः– साधारणतया काब्रो कलमी गरी लगाइन्छ । छुट्टाछुट्टै रुखहरुमा दुई प्रकारका अन्जीर हुन्छन् । 

समय ः– बिउ चैतदेखि जेठसम्ममा सङ्कलन गर्नु पर्दछ ।

तरिका ः– अन्जीरहरु रातो वा प्याजी रङ्गको भई पाकेको रङ्गमा देखा परेपछि सङ्गलन गरिन्छ । 

बिउ निकाल्ने प्रकृया ः–

निकाल्ने तरिकाः  अन्जीरलाई पानीभित्र हाली बेस्सरी थिच्नुपर्दछ 

सुकाउने तरिका ः–  बीउलाई घाममा राम्ररी सुकाउनुपर्दछ ।

भण्डारण ः– हावा पस्न नसक्ने गरी पोलिथिन ब्याग अथवा सिसीजस्ता भाँडोमा सुकेको बीउ हाली भण्डारण गर्नुपर्दछ । भाँडोको मुखलाई राम्ररी बन्द गरी चिसो ठाउँमा राख्नुपर्दछ । यसप्रकारले भण्डारण गरेमा बीउको बाँच्ने क्षमता एक वर्षसम्मको रहन्छ । 

बिउ छर्नु अगाडि बीउको उपचार ः– बीउ छर्न अगाडि बीउको केहि पनि उपचार गर्नु पर्दैन ।

बिउ छर्ने ः–  सात सय मिटरभन्दा तल्लो उचाईका ठाउँहरुका लागि भदौ महिनामा र सात सय मिटरभन्दा बढी उचाई रहेका क्षेत्रहरुमा साउनको अन्तिम सातामा बीउ छर्नुपर्दछ । 

नर्सरीमा हेरचाह ;:
अङ्कुरण भएको ४–५ हप्तापछि कम्तीमा तीनवटा र बढीमा पाँचवटा प्रारम्भिक पातहरु आइसकेपछि बेर्नालाई निकाल्नुपर्दछ । 
बेर्नालाई नर्सरीमा राख्नु पर्ने अवधि ः– 
बेर्नालाई नर्सरीमा ११ महिना राख्नु आवश्यक रहन्छ ।
वृक्षारोपणको लागि बेर्नाको उचाई ः– वृक्षारोपणको लागि बिरुवाको उचाइ २० देखि २५ सेन्टिमिटर अग्लो हुनुपर्दछ ।
काठको विवरण ः– काब्रोले डाले घाँसको अतिरिक्त प्रसस्तै दाउरा उपलब्ध गराउँछ । 
उपयोग ः– काब्रोलाई खाद्यपदार्थको रुपमा लिन सकिन्छ । पातका मुनालाई अचार बनाउनमा प्रयोग गरिन्छ । यस्तै यसका पातहरु चौपाया वस्तुभाउका लागि डालेघाँसको रुपमा अति उत्तम मानिन्छन् ।

तपाइहरू पनि काब्राेकाे बीउ राेपण गरी फाइदा लिन चाहानु हुन्छ भने तल दिएको ठेगाना सम्पर्क गर्न सक्नुहुनेछ ।

सम्पर्क नं. ९८५११५९६३०, ९८०१२३७७३०

Email:info@nafscol.com, nafscol@gmail.com Web: www.nafscol.com