Latest From our Blog

हे: आहाराको कमि हुदा अभाव पूर्ति गर्ने सजिलो तरिका!

घाँसको पौष्टिकता र उत्पादनलाई कम हुन नदिई उपयुक्त समयमा हरियो घाँस काटेर घाम वा छायामा सुकाई सुरक्षित गरी राखेको सुकेको घाँसलाई हे भनिन्छ । घाँसको किसिम अनुसार यसलाई लेग्युम हे, नन लेग्युम हे र मिश्रित हे भन्न सकिन्छ । हे बनाउनका लागि नरम खालको डाठ हुने घाँस उपयुक्त हुन्छ । जस्तै  दिनानाथ, जै, बरसिम, भेच, बोडी, लुसर्न, गिनी, स्टाइलो, मोल्यासेस, सिग्नल, सिराट्रो, सटेरिया आदि । लगभग १० प्रतिशत जति फूल फूल्ने बेलामा घाँस काटेर घाममा सुकाउनु पर्दछ । पानीमा नभिज्ने र छिटो सुक्ने गरी बनाएको हे राम्रो गुणस्तरको हुन्छ । हे बनाउनको लागि उपयुक्त घाँसहरु हे बनाउनको लागि पातलो...

Read More

सुर्तीको प्रयोग बाट बिरुवामा रोग, कीरा व्यवस्थापनको लागि प्रयोग गरिने तरिकाहरु!!

  १ सुर्तिका सुकेका पात या डाँठ गरी जम्मा १ किलोग्रामलाई १५ लिटर पानीम्ँ २४ घण्टँसम्म ढड्याउने, त्यसपछि सो मिश्रणलाई एउटा पातलो कपडामा छान्ने, अनि त्यो छानिएको सुर्ती पानीमा एक मुठी साबुनको धुलो मिसाएर राम्ररी घोल्ने। यसपछि यो घोललाई स्प्रेयरले कीरा लागेको बालीमा तुरुन्तै छर्ने। यस झोलले बिभिन्न किसिमका बालीमा लाग्ने कीराहरु जस्तैः लाही, उफ्रने खपटे, थ्रिप्स, फेद काट्ने कीरा आदि नियन्त्रण हुन्छ (न्यौपाने, २०५७) ।   २ एक किलोग्राम सुर्तीको पात र डाँठ टुक्रा पार्ने, ५ लिटर पानीमा ६० ग्राम सावुन मिसाउने र सुर्तीको सबै भागलाई त्यही सावुन पानीको झोलमा २४ घण्टा...

Read More

छोटो समयमा राम्रो आम्दानी लिन सकिने बट्टाइ पालन कसरी गर्ने ? सम्पूर्ण जानकारी!

नेपालमा हाल मासु र अन्डाको लागि बट्टाइपालन व्यवसाय निजीस्तरमा काठमाडौँ उपत्यकाभित्र निकै लोकप्रिय हुँदै गएको छ । बट्टाइको वैज्ञानिक नाउँ Coturnix japonica हो । नेपालमा बट्टाइपालनको आरम्भ बालकोट, भक्तपुरबाट भएको मानिन्छ । नेपालमा फोहोर, ब्रिटिस रेन्ज, इङलिस ह्जाइट जातका बट्टाइ पालन गरिन्छ ।  बट्टाइको व्यवस्थापन: वयस्क चराको तौल १२०–३०० ग्राम हुन्छ । यो चरा करिब ४५–६० दिनको उमेरमा वयस्क हुन्छन् । बट्टाइको पोथी भालेभन्दा केहि ठूलो हुन्छ । प्रायः पोथीले ६–७ हप्ताको उमेरमा अन्डा पार्न सुरु गर्दछ । फुल बिहान पख पार्दछ । एउटा पोथीले एक वर्षमा २५०–३०० वटासम्म फुल...

Read More

लिच्ची फल फुट्ने समस्या !!!

अहिले लिच्ची को सिजन हो | प्राय तराईमा फल्ने यो फल लाई फल को रानी पनि भनिन्छ | नेपाल को करिब ६२ जिल्लामा यसको खेति हुने गर्दछ | मध्ये नेपाल मा यसको उत्पादन ज्यादा छ त सुदुर पश्चिम मा न्युन छ | अब को केहि हप्तामा बजार मा लिच्ची धेरै नै देखन सकिन्छ | तर लिच्ची पाक्नु अगाबै फल फुट्ने समस्या भने ज्यादा हुन्छ | किन फल फुट्छ ( fruit cracking ?यसका कारण हरु यस प्रकारको छन् :१. तापक्रम ३८ दिग्रो माथि हुनु , सापेछित आद्रता ६० प्रतिसत भन्दा कम हुदा र माटो मा चिस्यान न्युन हुदा |२, रात र दिनको तापक्रममा ज्यादा अन्तर र त्यसपछि २-३ चोटी बर्षात हुने अनि दिउसोमा टलक्क तापक्रम बढ्दा पनि फल फुट्ने हुन्छ...

Read More

आँपको फड्के, एक बिनासकारी कीरा ः कसरी गर्ने समाधान??

आँपको फड्के कीरा ( ःबलनय ज्यउउभच ) अरु कीरा भन्दा डरलाग्दा छन् । यो आँपका सबभन्दा ठूलो शत्रु कीरा हो र यसले निक नै नोक्सान पु¥याएको पाईएको छ । यसले आँप खेती गर्ने क्षेत्रमा भयङ्कर आक्रमण गरके ोपाईएको छ । यो कीराले वर्षेनी लाखौँ रुपैँयाको क्षति पु¥याउँछ । तराईमा यस कीरालाई “मधुवा” भन्दछन् । पहिचानवयस्क कीरा सानो, शरीरको अगाडिको भाग चौडा र पछाडिको भाग तिखारिएको र करिव ३ मिलि मिटरको हुन्छ । यसको शरीरको रङ हल्का हरियोमा खैरो मिसिएको हुन्छ र ठाउँठाउँमा मसिना पहेलो र काला चिन्हहरुहुन्छन् । यिनका तिन जोडा खुट्टा मध्य पछिल्लो जोडा खुट्टा मोटा हुन्छन्...

Read More