Latest From our Blog

सुर्तीको प्रयोग बाट बिरुवामा रोग, कीरा व्यवस्थापनको लागि प्रयोग गरिने तरिकाहरु!!

 

१ सुर्तिका सुकेका पात या डाँठ गरी जम्मा १ किलोग्रामलाई १५ लिटर पानीम्ँ २४ घण्टँसम्म ढड्याउने, त्यसपछि सो मिश्रणलाई एउटा पातलो कपडामा छान्ने, अनि त्यो छानिएको सुर्ती पानीमा एक मुठी साबुनको धुलो मिसाएर राम्ररी घोल्ने। यसपछि यो घोललाई स्प्रेयरले कीरा लागेको बालीमा तुरुन्तै छर्ने। यस झोलले बिभिन्न किसिमका बालीमा लाग्ने कीराहरु जस्तैः लाही, उफ्रने खपटे, थ्रिप्स, फेद काट्ने कीरा आदि नियन्त्रण हुन्छ (न्यौपाने, २०५७) ।

 

२ एक किलोग्राम सुर्तीको पात र डाँठ टुक्रा पार्ने, ५ लिटर पानीमा ६० ग्राम सावुन मिसाउने र सुर्तीको सबै भागलाई त्यही सावुन पानीको झोलमा २४ घण्टा डुवाई छानेर तयार बनाईएको झोल बिरुवामा छर्ने। यसले प्रायः चुस्ने र चपाउने धेरै प्रकारका कीराहरुको रोकथाम गर्दछ (पौडेल, २०६४) ।

 

३. मसिनो टुक्रा गरी तयार बनाईएको १ किलोग्राम सुर्तीको डाँठ र पातलाई १५ लिटर पानीमा २४ घण्टा ढड्याएर त्यसमा ३० ग्राम जति नरम सावुन घोलेर कपडाले छानी बनेको झोललाई लाभ्रे, बन्दामा लाग्ने लाही नियन्त्रण गर्न प्रयोग गरिन्छ । यो झोल छरिएको बालीको उपजलाई ४ दिन सम्म खान हुन्न ( तरकारी विकास महाशाखा, २०५१) ।

 

४. २०० ग्राम सुर्तीको धुलो, ५०० ग्राम खरानी, २०० मि.लि. मट्टितेल तथा २०० ग्राम सावुनलाई एकै भाँडोमा राखेर २ लिटर पानीमा फिट्ने। एक लिटर तयारी  झोलमा १० लिटर पानी मिसाई ७–७ दिनमा तरकारी बालीमा छर्ने। यसको प्रयोगबाट काउली, बन्दा समूहका बालीमा लाग्ने पात चुस्ने कीरा भगाएको, गोलभेण्डाको फल खाने गवारो भागेको, रायो तथा काउलीको बेर्ना खाने कीराहरु हटेको, काँक्रा तथा करेलामा औंसा पार्ने झिंगाहरु भागेको पाईयो (सापकोटा, २०६२) ।

 

५. सुर्तीकोपात २०० ग्राम, खुर्सानीको धुलो १०० ग्राम, प्याजको गाना ३०० ग्राम, लसुनको पोटी २०० ग्राम, सावुन ३० ग्राम र पानी ४ लिटर । सावुन र सुर्तीलाई पानीमा आधा घण्टासम्म पकाईन्छ र २४ घण्टासम्म चिसो बनाउन राखिन्छ । खुर्सानी, प्याज र लसुनलाई मसिनो गरि पिंधेर उक्त सुर्ती पानीको झोलमा राखिन्छ । त्यसपछि राम्रोसंग छानिन्छ । यो बिषादी बनाउने बित्तिकै प्रयोग गर्नु पर्दछ । १ भाग बिषादीमा ४ भाग पानी मिसाई प्रयोग गरिन्छ । बिरुवा सारेको १५ दिनपछि मात्र यसको प्रयोग गर्नु पर्दछ । फल टिप्नु भन्दा १ –२ दिन अघि सम्म यसको प्रयोग गर्न सकिन्छ । यो बानस्पतिक बिषादी लार्भा र लाहीलाई प्रभावकारी देखिएको छ । यसले गोलभेण्डाको गवारोलाई पुरै नियन्त्रण गरेको छ । लाहीलाई भने ७५ प्रतिशतसम्म नियन्त्रण गरेको पाईएको छ (एस.एस.एम.पी., २०५९)।

६. शंखेकीरा र चिप्ले कीराले खासगरी तरकारी बालीमा रातको समयमा बढी क्षति पु¥याउंदछन् । यिनीहरुको नियन्त्रणको लागी सूर्तिको डाँठको धुलो छर्नाले चिप्ले कीराले हिडडुल गर्न कम गर्छ र छालाको रंग परिवर्तन गर्दै शरिर माथिको भाग केही समयमा नै सुन्निदै जान्छ र त्यसपछि मुख र पछाडिको भागबाट चिल्लो पदार्थ निकाल्छ । यसरी लेसिलो चिल्लो पदार्थ बढी जान थाले पछि शरिरमा चिस्यान कम भई ५ मिनेट भित्रैमा मर्दछ (भण्डारी, २०६३)।