Latest From our Blog

आँपको फड्के, एक बिनासकारी कीरा ः कसरी गर्ने समाधान??

आँपको फड्के कीरा ( ःबलनय ज्यउउभच ) अरु कीरा भन्दा डरलाग्दा छन् । यो आँपका सबभन्दा ठूलो शत्रु कीरा हो र यसले निक नै नोक्सान पु¥याएको पाईएको छ । यसले आँप खेती गर्ने क्षेत्रमा भयङ्कर आक्रमण गरके ोपाईएको छ । यो कीराले वर्षेनी लाखौँ रुपैँयाको क्षति पु¥याउँछ । तराईमा यस कीरालाई “मधुवा” भन्दछन् ।


पहिचान
वयस्क कीरा सानो, शरीरको अगाडिको भाग चौडा र पछाडिको भाग तिखारिएको र करिव ३ मिलि मिटरको हुन्छ । यसको शरीरको रङ हल्का हरियोमा खैरो मिसिएको हुन्छ र ठाउँठाउँमा मसिना पहेलो र काला चिन्हहरु
हुन्छन् । यिनका तिन जोडा खुट्टा मध्य पछिल्लो जोडा खुट्टा मोटा हुन्छन् जसका मद्धतले यि उफ्रन वा फड्कन सक्छन् । यिनका बच्चा पंख बिहिन हुन्छन् । धेरै कीरा लागेको रुखको छउे मा गएर हांगालाई हल्लायो भने हजारांैको
सङ्ख्यामा यि कीराहरु भुनभुनाउँदै उड्छन । 

चित्र ः आँपको फड्के कीरा


नोक्सान गर्ने बाली ः आँप, सपोटा


क्षतिको लक्षण
आँपका मुजुरा निस्केपछि यी कीराको सङ्ख्यामा ठूलोवृद्दि हन्ुछ । यिनका वयस्क तथा बच्चाहरुलेआँपकोकलिलोमुजुरा र फूलबाट रस चुस्दछन्, जस्को फलस्वरुप फलू र कोपिलाहरु ओइलाएर झर्दछन् । फड्के कीराको शरीरबाट एक
प्रकारकोगुलियोपद्धार्थ निस्कन्छ । कीरा धरेैलागेकोबोटमा पात, डांठ र भुइ समेतमा यस्तो गुलियो पद्धार्थले ढाक्निछन् जस्मा हजाराँैको सङ्ख्यामा झिगां, मौरी र भुसुनाहरु झुम्मिन्छन् । यस्तो गुलियो पद्धार्थमा एक प्रकारको ढुसी लाग्दछ
जसलाई सुटी मोलड ( क्ययतथ mयमि ) भनिन्छ । यो ढुसीले गर्दा पात, डांठ र भुइसमेत काला देखिन्छन् । यो कालो ढुसीलेबिरुवाकोप्रकाश शस्ं लेषण प्रकृयामा वाधा पु¥याउँदछ । यसरी कीराको आक्रमण बाट पीडित बोटहरु रोगाउँछन्
र यिनका फूल र कलिला फलहरु झर्दछन् ।


चित्र ः फड्के कीराले पु¥याएको क्षति

समाधान
–खते बारी सफासुग्घर राख्नेर पानी जम्न नदिने।
– पहले ोटासिनेपासोकोप्रयोग गर्ने ।
– बत्तिको पासो प्रयोग गर्ने ।
–कीरालागेका हाँगालाई हान्ने÷हल्लाउने जस्ले गर्दा कीराहरु भुईमा झर्छ ।
–बोटको मुल स्तम्भमा ग्रिजमा अण्डीको तेल मिसाएर ५ से.मि. चौडा लेप लगाउने जस्ले गर्दा बच्चा किराहरुलाई रुखको टुप्पा सम्म पुग्नबाट रोक्दछन् ।
– मेटारहिजिएम एनिसोफिली ( हरियोढुसी ) जैिवक विषादीकोप्रयोग गर्ने ।
–रसायनिक विषादीहरु ः जस्तै एसाटामाप्रिड ५०% डब्लु.डि.जी. वा साइरोम्याजिन ७०% डब्लु.पी. वा मालाथियन ५०% ई.सी. वा डाइमिथोएट ३०% ई.सी. वा इमिडाक्लाप्रीड १७.८% ऐस.एल. वा थायोमेथोक्साजाम २५% डब्लु.जी. प्रति लिटर पानीमा १ मि.लि. का दरले ३ पटक छर्नु पर्दछ ।

पहिलोपटक ः फूल लाग्न सुरु भन्दा अगाडी
दोस्रो पटक ः फूल लागि सकेपछि
तेस्रो पटक ः फल केराउको दाना जत्रो भएपछि

 

लेखक ः साजन साह, ९८४३५२०७८०
(महोत्तरीको बर्दिबास स्थित टेक्निकल इन्स्टिच्युट
अफ एग्रीकल्चर डिप्लोमा बाली विज्ञानका प्रशिक्षक)