Latest From our Blog

व्यवसायिक नर्सरीमा नभई नहुने ग्रोईङ मिडिया पिटमस (Pittmos) बारे बुझौ है आज!

हाल नेपाली किसानले ट्रेमा बिरुवा उत्पादन गर्न प्रयोग गर्न थालेको खैरो भुवा जस्तो वस्तु पिटमस भनेको के हो र यसको उपयोगिता के हो भन्ने कतिपयलाइ थाहा नहुन सक्छ ।  यो बिरुवा उत्पादन गर्न, बिउ उमार्न र हुर्काउन प्रयोग गरिने एक प्रकारको मिडिया हो । ब्यवसायीक खेती गर्दा बिरुवा उमार्न र हुर्काउन प्रयोग गरिने सबैभन्दा भरपर्दाे र सहज वस्तु हो पिटमस । यसको प्रयोगले किसानले ढुक्क भई स्वस्थ्य बिरुवा उत्पादन गर्न सक्दछन् । तर पानी र तापक्रमको ब्यवस्थापनमा भने किसानले ध्यान पुर्याउनुपर्ने हुन्छ । 

भनिन्छ, बिरुवा नै राम्रो भएन भने फल पनि राम्रो हुँदैन । कृषि उत्पादनको महत्वपुर्ण पाटो बिरुवा उत्पादनमा ब्यवसायीक किसानले जोखिम मोल्न चाहँदैनन् । आधुनिक कृषिमा महत्वपुर्ण बनेको ग्रोईङ मिडियाको सबैभन्दा भरपर्दाे र उचित बिकल्प हो पिटमस । यसलाई माटो खुकुलो बनाउने कामका लागि पनि उत्तिकै प्रभाबकारी रुपमा प्रयोग गर्न सकिन्छ । त्यस्तै अत्याधुनिक माटो रहित खेती प्रबिधिमा पनि यसको प्रयोग गरिन्छ । 
यो संक्षिप्त आलेखमा पिटमस वारे केहि जानकारी दिने कोसिस गरिएकोे छ । 

पिटमस भनेको के हो ? 
पिट मस एकप्रकारकोे स्पेगनम लेउ र प्राङ्गारिक पदार्थहरुबाट बनेको गाढा खैरो भुवा जस्तो वस्तु हो । जुन पानीको दलदलमा सुकेर बनेको हुन्छ । यो बिषेसगरि जाडो महिनामा हिउँ पर्ने र गर्मि मौसममा पग्लेर पानी जम्मा हुने दलदल भएको ठाउँमा पाईन्छ । पिटमस बन्न हजारौ बर्ष लाग्ने गर्दछ । यसको उत्पादन प्राकृतिक रुपमा युरोप र उत्तर अमेरिकि राष्ट्रहरुमा हुने गर्दछ ।

यो पुर्ण रुपमा कुहिएको हुँदैन किनभने यसलाई कुहिन हजारौ बर्ष लाग्छ । यो एकदमै एन एरोबिक हुन्छ । हावाको उपस्थितिबिना कुहिने भएकाले यसको बिकासक्रम पनि एकदमै धिमा हुन्छ । हरेक बर्ष जम्मा एक मिलिमिटर भन्दा कमको गहिराईमा मात्रै पिटमस बन्दछ । हरेक बर्ष पानीको ड्रेन खनेर पिटमसको तह निकालिन्छ । यसलाई सुख्खा बनाई आवस्यकता अनुसार खाद्यतत्व मिसायर तयार गरि बिरुवा उत्पादन तथा गार्डेनकालागि प्रयोग गरिन्छ । यसको प्रयोग कृषि क्षेत्रमा ग्रोइङ मिडियाको रुपमा गरिन्छ ।

अन्य देसहरुमा पनि स्वस्थ्य बिरुवा उत्पादन गर्न पिटमस किसानकालागि वरदान नै साबित भएको छ । यसलाई माटो सुधार गर्न र माटो खुकुलो गर्न पनि प्रयोग गरिन्छ । बिभिन्न आकारका टुक्रामा बिभक्त गरि खाद्यतत्व मिश्रण पश्चात कृषि उत्पादनका बिभिन्न प्रयोजनकालागि यसको प्रयोग गरिन्छ । यसलाई प्रयोग गर्दा माटोमा वा अन्य मिडियामा जस्तो बिरुवालाई असर गर्दैन । तयारी पिटमसमा अम्लियपना र क्षारियपनाको सन्तुलन मिलाईएको हुन्छ । बिरुवा अवस्थालाई आवस्यक पर्ने खाद्यतत्वको सन्तुलनलाई पनि बिशेस ध्यान दिईएको हुन्छ । त्यस्तै चिसोपनाको मात्रा कायम गरि यसको तयारी प्याकिङ गरिएको हुन्छ ।

बिरुवा उत्पादन कोकोपिटमा भन्दा पिटमसमा कम जोखिमयुक्त हुने भएकाले यसको प्रयोग नेपालमा पनि सुरु भएको छ । ब्यवसायीक कृषि गर्ने किसानले यसको प्रयोग गर्न सुरु गरेको देखिएको छ । नेपालमा आधिकारीक रुपमा कर्मा ईन्टरप्राईजेज प्रा.लि ले पिटमस आयातको सूरुवात गरेको हो । नेपाली किसानको उत्पादन क्षमता बढाउने उद्देष्यले नेपाली किसानको माग अनुरुप परिक्षण गरि सफल भएपछि मात्रै जर्मनको क्लासम्यान डेलमान भन्ने कम्पनी बाट उत्पादीत पिटमस बजारमा ल्याइएको कम्पनिले बताएको छ । पिटमस उत्पादन तथा बिक्रि बितरणकालागि जर्मनको क्लासम्यान डेलमान भन्ने कम्पनी बिश्वमा चर्चित र भरपर्दाे नाम हो ।


पिटमस प्रयोगका फाईदाहरु
१. यसको प्रयोग गर्दा बिरुवाले शन्तुलित रुपमा खाद्यतत्व प्राप्त गर्दछ । 
२. हल्का हुने भएकाले बिरुवामा खाना बनाउने जराको बृद्धि बिकास गराउँछ । 
३. बिउ र माटोबाट सर्ने रोगहरु सर्ने समस्या हुँदैन । 
४.अम्लियपना, क्षारियपना, इसि आदीलाई सन्तुलित बनाईएकाले बिरुवामा अन्य असरहरु पर्दैनन् । 
५.पुर्ण रुपमा उपचार गरिएकाले अन्य मिडियामा जस्तो रोगको समस्या कम हुन्छ । 
६ .बिरुवा समान रुपले बढ्छ । स्वस्थ्य, बलियो र हरियो बिरुवा उत्पान हुन्छ । बिरुवाको रोगसंग लड्ने क्षमता बढ्दछ । 
७. समयको सदुपयोग हुन्छ ।
८. प्रयोग गर्न सजिलो छ ।
९. पुष्प खेती तथा तरकारी खेतीकालागि उत्कृष्ट ग्रोईङ मिडिया भएकाले उपयोगि छ । 

बिरुवा उत्पादनमा भरपर्दाे ः किसान
काठमाडौंको दहचोकमा पाँच बर्ष देखि ब्यवसायीक टमाटर खेती गरिरहेका किसान रामकृष्ण चौलागाईले बिरुवा उत्पादन गर्न पिटमसको प्रयोग गरेको तिन बर्ष भयो । उनि भन्छन , स्वस्थ्य बिरुवा उत्पादन गर्न पिटमस ज्यादै उपयोगि र भरपर्दाे छ । पिटमसमा बिरुवा उत्पादन गर्दा सन्तुलित खाद्यतत्व प्राप्त हुने भएकाले बिरुवा राम्रो हुने र किसानलाई थप खाद्यतत्व ब्यावस्थापन गर्ने झन्झट नहुने अनुभब चौलागाँइको छ । समग्र उत्पादनमा बिरुवाको भुमिका महत्वपुर्ण हुने भएकाले पिटमसको प्रयोग सुरु गरेको चौलागाइले बताए ।

कहाँ पाइन्छ त: Shalom Agriculture, Machapokhari Balaju 9851150238