Latest From our Blog
अत्यन्तै गुणकारी बेथेको साग!!
प्राचीन कालदेखि बेथेको सागसँग प्रायः हामी सबै परिचित छौं । यो साग प्रायः गरेर जाडोको मौसमपछि खेतबारी जताततै नरोपीकन पनि आफै उम्रिने एक वनस्पति हो, जसलाई गुण प्रधानताका कारण साग राज या सागको राजा नै मानिन्छ ।
बेथेको साग दुई जातिमा पाइन्छ गौड्वस्तुक र यवशाह । गौवस्तुक जातको बेथे प्रायः गरेर गहुँ तथा सस्यूँ आदिका खेतीमा उम्रन्छ, यो जातका बेथेको पात अर्को भन्दा केही ठूलो र भेट्नो तथा पातहरुमा हल्का रातोपन हुन्छ यवशाहलाई जौं भनेर चिनिन्छ ।
यवशाह भन्नाले जौको खेतीमा उम्रने बेथेको साग भनेर जाने हुन्छ । छोटकरीमा भन्नुपर्दा बेथेको साग गहुँ, जौं, तोरी तथा सस्यूँको खेतीमा जाडोको महिनामा सप्रिएको पाइन्छ । यी दुवैमा गौड्वस्तुक (रातो बेथे) विशेष लाभदायक मानिन्छ । संस्कृतमा क्षारपत्र, शाकनी र वास्तुक आदि नामबाट चिनिने यो सागलाई नेपालीमा बेथे, हिन्दीमा बधुआ, अंग्रेजीमा All Good, ल्याटिनमा Chenopodium भनिन्छ ।
यो साग प्रायः सबैजसो मुलुकमा पाइन्छ । यसमा खनिज तत्वको मात्रा अमलामा भन्दा पनि बढी हुन्छ । बेथेको साग दिनहुँ खाँदा शरीरमा आइरनको कमी हुँदैन । अनि आइरनको कमीले हुने रक्त अल्पता लगायतका थुप्रै रोगबाट बच्न सकिन्छ ।
आधुनिक पोषण विश्लेषणमा बेथेको १०० ग्राम सागमा जल ८९.६ प्रतिशत, प्रोटिन ३.७ प्रतिशत, क्याल्सियम १५० प्रतिशत हुन्छ भने चिल्लो ०.४ प्रतिशत, खनिज पदार्थ २.३ प्रतिशत, फास्फोरस ८० प्रतिशत रहेको हुन्छ ।
यस्तै बेथेको सागमा भिटामिन ‘ए’ र ‘डी’ पनि प्रचुर मात्रामा पाइन्छ । प्रति १०० ग्राममा फलाम ४.२ मिलिग्राम, भिटामिन ‘ए’ २९०० मिलिग्राग, भिटामिन ‘डी’ ३५ मिलिग्राम साथै क्यालोरी ३० रहेको हुन्छ ।
आयुर्वेद अनुसार बेथेले आमाशयलाई बलियो बनाउँछ । यसको उपयोगले मृगौलामा पत्थरी समेत हुँदैन । युनानी मतअनुसार बेथे गर्मीको खोकी र क्षयरोगमा लाभदायक, छिटो पच्ने, जलदार रोगमा लाभदायक, स्वस्थ्य रक्त कोषहरूलाई विकास गर्ने, कमलपित्त एवं कलेजोको गर्मीलाई शान्त गर्ने गुणयुक्त छ ।
विशेष निम्न लिखित औषधीय रुपमा बेथेलाई उपयोग गर्न सकिन्छ :
- पिसाब नलीमा पत्थरी जमेका बेला बेथेको एक मुठी सागको पातलाई डेढ गिलास पानीमा उमालेर उक्त पानी एक गिलास भएपछि, त्यसको पानीमा सख्खर मिसाएर पिउने गरे राम्रो लाभ पु¥याउँछ ।
- बेथेको पातको रसमा थोरै नुन मिसाएर ५०–८० ग्रामसम्म पिएमा पेटको जुका तथा चुर्ना मर्छन् ।
- नियमित रूपमा बिहान खाली पेटमा बेथेको सर एक÷एक गिलास १०/१५ दिनसम्म नियमित पिएको खण्डमा पुरानो कब्जियत पनि हटेर जाने मात्र नभइ आन्द्रामा अल्झेका दूषित फोहोरहरू सहजै बाहिर निस्किन्छन् ।
- 'आँखाको ज्योती कमजोर हुनेले बिहान बेलुका बेथेको तरकारी खानु राम्रो हुन्छ । किनभने बेथेको सागमा फलाम र भिटामिन ‘ए’ को मात्रा निकै बढी हुन्छ ।
- रगतको खराबीले एलर्जी आएको छ भने बेथेको काँचो सागलाई सलादका रूपमा खाँदा प्रत्यक्ष फाइदा पु¥याउँछ । साथै रगत खराबीलाई हटाउन पनि सहयोग गर्दछ ।
- रगतको कमी हुने तथा पहेँलो रोग (जण्डिस) ले सताएकाहरूले सकेसम्म बेथेको साग खानु आवश्यक मानिन्छ । बेथेका सागमा छिट्टै नयाँ, ताजा रगत उत्पादन गर्ने क्षमता भएकाले उक्त रोगीका लागि बेथे ज्यादै लाभकारी हुन्छ ।
- टाउकोमा चाँया र लिखा परेको छ भने बेथेलाई उमालेर सो उम्लेको पानीलाई मनतातो पारेर कपाल धुने गर्नाले चाँया र लिखा निर्मूल हुन्छ ।
- बेथेको साग काँचै चपाउँदा मुखमा आएको खटिरा र घाउ (अल्सर) लगायत सास गन्हाउने समस्या तत्कालै हटेर जान्छ ।
- बेथेको बीउ ५/१० ग्राम चुर्ण (धुलो) मा थोरै नुन र मह मिलाएर खाने गरेमा पेटमा संकलित दूषित पित्त बाहिर निस्कन्छ ।
- यस्तो बहुउपयोगी बेथेको सागलाई उमारेर या उसिनेर त्यसको पानी फ्याँक्नाले त्यसमा रहेको अति हितकर पौष्टिक तत्व नाश भएर जान्छ ।
त्यसैले बेथे सही सदूपयोग गरेर खानु स्वास्थ्यका लागि अति आभदायक मात्र नभै अमृत समान हुनेमा कुनै द्वैमत छैन ।
share गर्न नबिर्सिनु होला नि!