Latest From our Blog

माटो बिनाको खेती–प्रविधिबारे बुझ्नुपर्ने कुराहरू!!

माटो विनाको खेती प्रविधि के हो ?

हुन त माटोबिना पनि खेती गर्न सकिन्छ भन्दा धेरैले अनौठो लाग्न सक्छ । तर यो असम्भव भने होइन । नेपालजस्तो अल्पविकसित देशका लागि यो प्रविधि अनौठो लाग्नु अस्वभाविक पनि होइन । सामान्यतः माटो बाहेकको अन्य बस्तु, जसलाई मीडिया पनि भनिन्छ (जस्तैः रक उल, पर्लाइट, कोकोपिट, धानको भुस, वालुवा, ग्राभेल आदि) को सहयोगमा विरुवालाई आवश्यक घुलनशील खाद्यपर्दाथ प्रदान गरी गरिने खेती प्रणालीलाई माटो बिनाको खेती भनिन्छ । यस प्रणाली विश्वका विकसति देशहरूमा धेरै पहिलादेखि प्रचलन छन् ।
 
नेपालमा भने यो प्रविधिले व्यावासयिक रूप लिन सकेको छैन । तर केही समय यताबाट यस प्रविधिवारे नीजि कम्पनीवाट प्रचार–प्रसार भएको पाईन्छ । बेलायती फिजिसियन जोन उडवार्ड (१६९९) लाई पानीमा खेती गरिने प्रविधिको पहिलो अनुसन्धानकर्ताको रूपमा चिन्ने गरिएको छ तापनि उनीभन्दा पहिला रोवर्ट वोयलले समेत यससम्बन्धी अनुसन्धान गरेका थिए । हाल आएर विशुद्ध पानीमा विरुवालाई आवश्यक खाद्य तत्व र हावाको व्यवस्थापन मिलाएर माटोबिनाको खेती हुदै आएको छ । नेपालजस्तो देशमा माटोबिना पनि कृषकहरूले सजिलै अबलम्वन गर्न सक्ने सस्तो एवं दीगो प्रविधिको विकासका लागि भने थप अध्ययन तथा अनुसन्धान गर्न जरुरी देखिन्छ ।
 
खेतीका प्रचलित विधिहरू
खेतीका लागि प्रयोग गरिने माटोबिनाका साधन तथा विधिका आधारमा माटोविनाको खेती प्रविधिलाई समेत बर्गीकरण गरिएको पाइन्छ । सामान्यतया विश्वमा निम्न लिखित विधिहरू प्रचलनमा रहेको छ–
 
१. पानीको प्रयोगवाट गरीने खेती 

१.१ खाद्य पर्दाथको घोलमा खेती 
यस विधिमा विरुवालाई खाद्य पर्दाथको घोल भएको भाडाहरू (प्लाष्टिकको वाल्टी, जार आदिमा)मा खेती गरिन्छ । विरुवाको जरामा हावाको व्यवस्था वाह्य रूपबाट नगन्य मात्रामा गरिन्छ वा गरिदैन । यदि यसमा एरेटरबाट खाद्य पर्दाथको घोलमा हावाको व्यवस्था नगर्ने हो भने खाद्य पर्दाथको घोलभन्दा माथिवाट जराको विकास हुने व्यबस्था गर्न जरुरी हुन्छ ।
 
साथै पारदर्शी भाडामा खेती गरिएको छ भने सिधा सूर्यको प्रकाश पर्न नदिने व्यवस्था गर्न जरुरी हुन्छ । यसमा खाद्य पर्दाथको मात्रा विरुवाको आवश्यकताअनुसार प्रयोग गर्न, प्रयोग गरिएको घोलको लवणहरूको मात्रा जाँच गर्न जरुरी हुन्छ । यो विधि, थोरै मात्रामा कन्टेनरमा तरकारीको खेती गर्नका लागि मात्र उपर्युक्त हुन्छ ।
 
१.२ खाद्य पर्दाथको निरन्तर आवत–जावत गर्ने प्रणाली
यसमा खाद्य तत्वको मात्रा एकनाशले विरुवाको जरामा प्रदान गरिन्छ । खाद्य पर्दाथ सजिलै रूपमा विरुवामा जान आवश्यक स्लोपको व्यवस्था गरिएको हुन्छ । साथै यसमा विरुवालाई आवश्यक खाद्य तत्वको मात्रा नियन्त्रित रूपमा प्रदान गरिन्छ तथा विरुवाको वृद्धि विकासको अवस्थाअनुसार आवश्यक लवणहरूको अवस्था विचार गरी इलेक्ट्रिकल कन्डक्टिभिटी घटाउने बढाउने गर्नाको साथै प्रयोग भएर बढी भएको घोल पुन प्रयोग गर्ने प्रणाली विकास गरिएको हुन्छ ।
 
उदाहरणको लागि यस प्रणालीमा गोलभेडाको खेती गर्ने हो भने विरुवाको वृद्धि–विकासको शुरुको अवस्थामा १ कायम गरी उत्पादनशील अवस्थामा १.२५ सम्म पु¥याइन्छ । यो विश्वका धेरै देशले अबलम्वन गरेको सबभन्दा उत्पादनशील प्रविधि हो । तर यस प्रविधिलाई खर्चिलो प्रविधिको रूपमा चिनिन्छ ।
 
१.३ माछामा आधारित पद्दति
यस पद्दति नयाँ एवं पूर्ण प्रांगारिक पद्दति हो । यसमा माछालाई आवश्यक दानाबाहेक अन्य पर्दाथ प्रयोग हुँदैन र पानीमा घुलेको माछाको दिसा र पिसाव युक्त पानी विरुवालाई खाद्यतत्वको रूपमा प्रयोग गरिन्छ । यस पद्दतिमा सागपातको खेती गर्न उपयुक्त भए पनि विरुवालाई आवश्यक सबै खाद्यतत्वको उपयुक्त मात्राको अभाव हुन्छ । जसका कारण अन्य पद्दतीभन्दा यस पद्दतीबाट गरिएको खेतीमा उत्पादन ढिला हुन्छ । यस प्रणालीबाट ललितपुर जिल्लाको गोदावरीमा विल आसवेल भन्ने विदेशी नागरिकले सागपात लगायतका तरकारीको खेती गर्दै आउनुभएको छ ।
 
२. हावा र घुलनशिल खाद्यपर्दाथवाट खेती
यस प्रणलीमा विरुवालाई आवश्यकताअनुसार खाद्यपर्दाथयुक्त घोललाई विरुवाको जरामा मेसिनको सहायताबाट वाफको रूपमा प्रदान गरिन्छ । यो प्रविधि आलुको वीउ उत्पादन तथा सागपातको खेतीका लागि उपयुक्त हुन्छ । यस प्रविधिमा खाद्य तत्वलाई वाफको रूपमा प्रयोग गर्न अन्य प्रविधिभन्दा बढी खर्च लाग्दछ । 
 
३. अन्य मिडिया (वस्तुहरू) को प्रयोगबाट गरिने खेती 
यस प्रविधिअन्र्तगत छिटै नकुहिने विभिन्न मिडियाहरू जस्तै कोकोपिट, धानको भुस, पर्लाइट, बालुवा, ग्राभेल, काठको धुलो, भर्मिकुलाइट, रक उल, इटाका टुक्रालगायतका मिडियामा पानीमा घुलनशील खाद्यपर्दाथ प्रयोग गरी खेती गरिन्छ 

कस्तो मिडिया र प्रविधिको छनौट गर्न जरुरी हुन्छ 

यस प्रकारको प्रविधिमा नेपालमा अध्ययन एवं अनुसन्धानका कार्यहरू नभएता पनि हाल आएर केही नीजि कम्पनी तथा व्यक्तिहरूको प्रयासमा यस प्रविधिको प्रचार–प्रसार नेपालमा भएको पाइन्छ । यस प्रविधिसँग सम्बन्धित सामाग्रीहरू तथा आवश्यक खाद्य तत्वको सहज उपलब्धता तथा लामो समयसम्म एवं दीगो प्रयोग, खेती गर्न सकिने वालीहरू, तिनीहरूको लागि आवश्यक संरचना तथा पि.एच, इलेक्ट्रोनिक कण्डक्टिभिटी, विरुवा हुर्कने वातावरण, सम्बन्धित बालीहरूमा देखा पर्ने रोग कीरा लगायतका समस्या तथा समाधानका तरिकाहरू, खेती गर्दा लाग्ने खर्च तथा उत्पादन, उत्पादनको गुणस्तर, परिमाण (प्रति इकाई उत्पादन) एवं सम्भावित÷लक्षित उपभोक्ताहरू आदि जस्ता कुराहरूमा खेती गर्न इच्छुक कृषक तथा प्रबद्र्धकहरूले बेलैमा ध्यान पु¥याउन जरुरी देखिन्छ ।

नेपालमा के भइरहेको छ ? 

माटो बिनाको खेतीको लागि सर्वप्रथम नेपालमा आलुवाली अनुसन्धान कार्यक्रमले बीउ आलु उत्पादनमा अनुसन्धान गरी प्रविधि विकास गरेता पनि यो प्रविधिलाई कृषकहरूले अवलम्बन गर्न सकेका छैनन् । अहिलेसम्मको जानकारीअनुसार माछामा आधारित खेतीको अबलम्वन गोदावरीमा गर्ने प्रयास गरिएको छ भने माटोबिनाको खेती प्रविधि प्रर्दशन हाइड्रोपोनिक्स नेपाल र एग्री इन्जिनियरिङ्गका विद्र्याथीहरूले गरेका छन् ।
 
तर पनि यो प्रविधिको प्रयोग गर्दा आवश्यक अनुमानति लागत तथा नेपालको परिप्रेक्ष्यमा उपयुक्त सामाग्री तथा खाद्य तत्वहरूको पहिचान हुन सकेको छैन । तसर्थ विश्वमा माटोबिनाको खेती प्रविधि स्वस्थ तरकारी उत्पादनमा परिमाणात्मक एवं गुणात्मक रूपमा सफल प्रविधिको रूपमा स्थापित भएता पनि नेपालको सन्र्दभमा थप अध्ययन एवं अनुसन्धान गरी प्राप्त नतिजा अनुसार अगाडि वढ्न जरुरी देखिन्छ ।