Latest From our Blog
ट्राइकोडर्मा ढुसीबारे जानकारी र यसको प्रयोग!!
परिचयः ट्राइकोडर्माहरू ढुसी हुन् । यिनका सबै जात प्रायः माटोमा पाइन्छन् र विभिन्न वासस्थानमा देखिन्छन् । यिनीहरू माटोबाट निकालेर प्रायः कल्चर गर्न सकिने ढुसी हुन् । केही उपजाति बिरूवाको जराको वरिपरि नै झुप्प भएर बस्ने, रोगका जीवाणुलाई खाएर वा कुनै तरिकाले कम गरी उत्पादन बढाउन सहयोग पु¥याउँछन् । तसर्थ यस्ता उपजातहरू माटोमा वा बीउमा कुनै तरिकाबाट मिलाइन्छ वा छरिन्छ । एकपटक यिनीहरू जराको सम्पर्कमा आएपछि झुप्पा बन्दछन् । यदि बीउ उपचारबाट यस्ता उपजातिहरू प्रयोग गरिएको छ भने तिनीहरू जराको एक मिटरको वरपरमा वा माटोको सतहभन्दा तलसम्म प्रयोग गरिएको १८...
Read Moreगाईवस्तुको मलमुत्रले बिरुवामा रोग, कीरा व्यवस्थापनको लागि प्रयोग गरिने तरिकाहरु!!
२.१ गाईवस्तुको १ लिटर गहुँत १० लिटर पानीमा (१स्१०) मिसाएर प्रयोग गर्दा स्क्वायस (जुकिनी फर्सी को धुले ढुसी रोगका साथै खपटे, चुसाहा र लाही कीराहरु नियन्त्रण गर्न सक्ने पाईएको छ (भण्डारी, २०६३) । २.२ एक माना गाईको गहुंतमा ७ माना पानी हालेर छर्केमा चुस्ने लाही तथा झुसिल्कीरा र लाभ्रे कीरा नियन्त्रण हुन्छ (पौडेल, २०६४) । २.३ गाईको गहुंत १ लिटर र आधा किलोग्राम गोवर मिलाई जुट बोराको टुक्रालाई भिजाउने र एउटा लीङ्गको टुप्पामा उक्त बोराको टुक्रा राखि बेरेर धान पसाउन लागेको खेतमा बेलुकी राखिदिएमा धानको दुध चुस्ने गनाउने पतेरो त्यही बोरामा आई बस्दछन् । अनि बिहान सबेरै...
Read Moreकृषि बीमा सम्बन्धि किसानले जान्नु पर्ने सम्पूर्ण जानकारी!!!
पृष्ठभूमि: नेपाल सरकारले हरेक पञ्चबर्षिय योजना, त्रि–बर्षिय आवधिक योजना र राष्ट्रिय नितिहरुमा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्ने, उत्पादनलाई प्रतिस्पर्धी र व्यवसायिक वनाउने, कृषि जैविक विविधताको संरक्षण, सम्बद्र्धन एवम् सदुपयोग गरी आर्थिक उन्नति हासिल गर्ने उद्देश्य प्राथमिकताका साथ राखेको छ । कृषि पेशा सम्मानजनक हुन नसक्नु, युवा मैत्री आधुनिक कृषि प्रविधिको अभाव, आवश्यक कृषि र गैर–कृषि पूर्वाधारहरुको विकास नहुनु एवम् अन्य पेशा भन्दा कृषि पेशा जोखिम पूर्ण हुनुका कारणले लगानी आसातीत रुपमा भएको पाइदैन । सो सन्र्दभमा कृषि बीमाको भूमिका...
Read Moreडालेघाँसहरु कुट्मिरो र बडहरबारे बुझौं!!
कुट्मिरो ((Litsea poliantha/monopotela) कुट्मिरो एउटा नरम पात र डाँठ भएको डाले घाँस हो । यो घाँस नेपालको मध्य पहाडी भागदेखि भित्री मधेससम्म बारीको कान्ला, खेतबारीको छेउछाउ आदिमा लगाईन्छ । कुट्मिरोको पात मसिना हाँगा बिंगा सवै पशु वस्तुले खुब मन पराएर खान्छन् । यो डाले घाँसको पातमा १४–१६ प्रतिशतसम्म कच्चा प्रोटिन, समय र पालुवाको अवस्था अनुसार ३०–३४ प्रतिशतसम्म सुख्खा पदार्थ १.६६ प्रतिशत क्याल्सियम, ०.३४ प्रतिशत फस्फोरस र २ प्रतिशत ट्यानिन पाईएको छ । दूध दिने गाई भैंसी र गोरु आदिको लागि यो राम्रो डाले घाँसमा पर्छ । दुई तिहाई भाग पराल र एक तिहाई भाग कुट्मिरो मिसाएर खुवाउँदा दूध...
Read Moreनीमको प्रयोगले बोट बिरुवामा रोग, कीरा व्यवस्थापनको लागि प्रयोग गरिने स्थानिय प्रविधिहरु!!
१. नीमको प्रयोग १.१ नीमको बीउको बोक्रो हटाएर दिउल मात्र जम्मा गर्ने र तिनलाई जाँतो वा ग्राईन्डरमा पिंधेर मसिनो धुलो बनाई निम्न मात्रामा प्रयोग गर्ने। ०.५–१.० किलोग्राम नीमको दिउलको धुलोलाई एउटा पातलो कपडामा पोको पारी १२ घण्टा सम्म २० लिटर पानीमा ढड्याउने र सो ढाडिएको पोकोलाई पानीमा राम्ररी निचोर्ने। यसपछि साबुनको २.० ग्राम धुलो मिसाएर सो नीम पानीलाई राम्ररी चलाउने। अब यसलाई बोटबिरुवामा कीटनाशक पदार्थको रुपमा प्रयोग गर्न सकिन्छ (न्यौपाने, २०५७) । १.२ नीमको बीउबाट बोक्रा हटाउनु त्यति सजिलो छैन । अतः १ किलोग्राम बीउलाई जाँतो वा ग्राईन्डरमा मसिनो गरी...
Read More