Latest From our Blog

बाख्राको लागि महत्वपूर्ण मानिने इपिल इपिल (Leucaena leucocephala) घाँस सम्बन्धि जानकारी!!

परिचय बाह्रै महिना हरियो रहिरहने भएता पनि वर्षायाममा बढी मौलाउने बहुवर्षीय कोशे जातीको बहुउद्देशीय रुखहरु मध्ये इपिल इपिल सबैभन्दा महत्वपूर्ण र पोषिलो कोशे घाँसबाली हो । सन् १९८० को दशकतिर इपिल इपिलमा आक्रमण गर्ने सिलिड कीराको प्रकोप अब घट्दै गएकोले यसको खेती राम्रोसंग गर्न सकिने राम्रो संभावना देखिन्छ। साधारणतया अन्य घाँसहरु केही वर्षायाममा मात्र हुने र केही हिउ“दमा मात्र हुने हुन्छन् तर इपिल इपिल बाह्रै महिना हरियो भई उत्पादन लिन सकिने भएकोले पनि यसको महत्व बढी देखिन्छ । हालसम्म विश्वमा २२ जातका इपिल इपिलको जानकारी भइसकेको छ यी मध्ये सबैभन्दा बढी...

Read More

के हो प्राङ्गारिक (अर्ग्यानिक) खेती?? के फाइदा छ?/ कसरी गर्न सकिन्छ??

परिचयः साधारणतया प्राङ्गारिक खेती भन्नाले रासायनिक मलखाद तथा विषादीको प्रयोग नगरी गरिने खेती बुझिन्छ । प्राङ्गारिक कृषि भन्नाले कृषि, वातावरण तथा मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने मल, बीउ, विषादी, सामग्री, विधि तथा व्यवहारहरूको प्रयोग नगरीकन स्वस्थ, सभ्य र स्वच्छ तरिकाले संचालन गरिने कृषि उत्पादन प्रणाली बुझिन्छ । विशेषगरी प्राङ्गारिक खेतीमा कृत्रिम तरिकाबाट बनाइएका रासायनिक मलखाद, विषादी ( झारनाशक, कीटनाशक, रोगनाशक आदि), बिरुवाका वृद्धि वद्र्धक÷नियन्त्रक रसायनहरू (हर्मोनहरू), एन्टिबायोटिक, जैविक परिवर्तन गरी बनाइएका जीवहरू, रात्रि मल (मानिसको...

Read More

के हो काक्रा सेतो हुनुको कारण?? सेतो काक्रा खानु उचित हुन्छ या हुदैन ?

काक्रा को जात अनुसार सेतो र हरियो दुइ प्रकारको काक्रा को बिउ बजारमा पाईन्छ तर हामीले हरियो काक्रा लगाएर पनि सेतो हुने गर्दछ | यसको कारण धेरै हुन सक्छ | एक कारण काक्रा मा मिल्ड्यु रोग लागेमा पनि काक्रा को फल सेती हुने गर्दछ | अर्को प्रमुख कारण हरुमा एक काक्राको बोट भित्र प्रसस्त प्रकाश छिर्न सकेन , फलेको फल मा समेत प्रकाश पुगेन भने काक्रा सेतो हुन्छ जसलाई Balanching भनेर भनिन्छ यस्तो अवस्थामा बोट भित्र अनि फलमा प्रकाश छिर्ने ब्यबस्था गर्नु पर्दछ | अर्को कारण माटोमा अत्यधिक चिस्यान हुदा जसको कारण फलमा भएको खाद्यतात्व लिचिंग हुने गर्दछ प्राय यो बेला फोस्फोरस को लिचिंग बढी...

Read More

व्यवसायिक तरकारी तथा फलफुल खेतीको लागि मल्चीङ्ग प्रबिधि!!

तरकारी तथा फलफूल खेतीको लागि झारपात र पानीको कमी मुख्य व्यावधान हुन् । शोध र अनुसन्धानबाट यो थाहा हुन आएको छ कि झारपातको कारणले गर्दा तरकारी खेती उब्जनीमा भारी क्षती पुग्छ जसले गर्दा उत्पादन लागत पनि बढ्न जान्छ । उत्पादन बढाउन तथा पानी संचयको लागि मल्चीङ्ग धेरै नै सहयोगी हुने गरेको छ । माटोलाई सुकेको पातहरू, हाँगा र अन्य झारपात आदिद्वारा छोपेर राख्नु नै मल्चीङ्ग हो । प्लाष्टिक शीटद्वारा मल्चीङ्ग गर्नु एक उत्कृष्ट विधि हो ।                                 प्लाष्टिक मल्चीङ्ग अन्य मल्चीङ्ग भन्दा बढी प्रभावकारी पनि हुन्छ र यसबाट हुने लाभहरू निम्न...

Read More

लामखुट्टे भगाउने सजिलो घरेलू तरिका !!

गर्मी बढेसँगै लामखुट्टेको प्रकोप पनि बढी रहेको छ । लामखुट्टेको टोकाइबाट कीटजन्य रोग(मलेरिया, डेंगू, जापानिज इन्सेफ्लाइटीस, चिकन गुनीया, हात्तीपाइले) लगायत रोग लाग्ने गर्छ । कीटजन्य रोगबाट बच्ने प्रमुख उपाय नै लामखुट्टेको टोकाइबाट बच्नु हो । तपाईंलाई लामखुट्टेले टोकेर हैरान पारेको छ भने घरेलु उपचार पद्धतिबाटै यसको निदान गर्न सकिन्छ । घरेलु उपायबाट पनि सहजै यसको उपचार गरेर लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ । हाम्रो घरमा सहजै पाइने तुलसी लामखुट्टे भगाउन निकै उपयोगी मानिन्छ । शरीरमा तुलसीको पातको रस लगाउनाले लामखुट्टेलको टोकाईबाट बच्न सकिन्छ । घरमा तुलसीको...

Read More