Latest From our Blog

के हो प्राङ्गारिक (अर्ग्यानिक) खेती?? के फाइदा छ?/ कसरी गर्न सकिन्छ??

परिचयः

साधारणतया प्राङ्गारिक खेती भन्नाले रासायनिक मलखाद तथा विषादीको प्रयोग नगरी गरिने खेती बुझिन्छ । प्राङ्गारिक कृषि भन्नाले कृषि, वातावरण तथा मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने मल, बीउ, विषादी, सामग्री, विधि तथा व्यवहारहरूको प्रयोग नगरीकन स्वस्थ, सभ्य र स्वच्छ तरिकाले संचालन गरिने कृषि उत्पादन प्रणाली बुझिन्छ । विशेषगरी प्राङ्गारिक खेतीमा कृत्रिम तरिकाबाट बनाइएका रासायनिक मलखाद, विषादी ( झारनाशक, कीटनाशक, रोगनाशक आदि), बिरुवाका वृद्धि वद्र्धक÷नियन्त्रक रसायनहरू (हर्मोनहरू), एन्टिबायोटिक, जैविक परिवर्तन गरी बनाइएका जीवहरू, रात्रि मल (मानिसको दिसाबाट बनिएको मल) आदिको प्रयोग गर्न निषेध गरिएको हुन्छ!

प्राङ्गारिक खेती अपनाउँदा ध्यान दिनपर्ने कुराहरूः

प्राङ्गारिक खेती शुरु गर्नु भनेको यस्तो प्रकृया हो जसमा स्वावलम्बन, आत्मनिर्भर तथा निरन्तर रूपमा पर्यावरणलाई सन्तुलित राख्दै कृषि विकास गर्नु नै हो । यसका लागि शुरु देखि अन्त्सम्म कार्यान्वयन गर्नपर्ने केही प्राथमीक बुँदाहरू यहाँ प्रस्तुत गरिएको छ ।

 

  • प्राङ्गारिक खेती शुरु गर्दाको समय देखि प्राङ्गारिक प्रमाणपत्र प्राप्त नगरुन्जेलसम्मको समयावधि अन्तरिम समय हो जुन २ देखि ३ वर्षसम्मको हुन्छ । उक्त अन्तरिम समयमा प्राङ्गारिक निरीक्षकले निरीक्षण गर्ने गरे तापनि प्राङ्गारिकको प्रमाणपत्र भने साधारणतया दिइँदैन ।
  • माटोको प्राङ्गारिक पदार्थको मात्रा ५ प्रतिशतभन्दा बढी पु¥याउन प्राङ्गारिक पदार्थको व्यवस्थापन राम्ररी गर्ने । आवश्यक प्राङ्गारिक पदार्थको मात्रा पु¥याउन प्राङ्गारिक मलका स्रोतहरूः गोठे मल, हरियो मल, सुधारिएको कम्पोष्टको प्रयोगमा जोड दिने ।
  • गोठे मल÷कम्पोष्टको खाद्यतत्व बढाउनका लागि जैविक मलहरू जस्तै गड्यौले मल, जीवातु आदिको प्रयोग गर्ने ।
  • गाईवस्तुको पिसाब, गहुँतको संरक्षण र उपयोग गर्ने ।
  • हरियो मलका राम्रा स्रोतहरू जस्तै अँसुरो, तीतेपाती, ढैंचा आदिको उत्पादनका लागि जीवित पर्खाल वा हरियो हार तयार गर्ने हिसाबले राप्ने ।
  • हरेक बाली चक्रमा कम्तीमा एउटा बाली कोसेबालीको प्रयोग गर्ने तथा शुरुको वर्ष राइजोवियमले उपचार गरेर मात्र खेती गर्ने
  • प्राङ्गारिक खेतीमा सकेसम्म रोग–कीरा नलाग्ने उपाय अवलम्बन गर्नुपर्दछ तथा रोग–कीरा लाग्न गएमा रसायनिक विषादीको वैकल्पिक उपाय अपनाउनु ।
  • खेतबारी नजिक निमको रुख रोप्ने, बारीको कान्ला, डिल आदि जस्ता ठाउँहरूमा सयपत्री, मखमली, गोदावरी जस्ता फूलहरू र लेमनग्रास, पुदिना, तुलसी जस्ता जडिबुटी रोप्ने ।
  • खेतबारीको नियमित रेखदेख गर्ने
  • माटोमा निमाटोडको प्रकोप धेरै नै छ भने पूरै जमिन ढाकिने गरी समयपत्री फूलको बीउ छरिदिने र बोटलाई फुल्न दिई, माटोमा जोतिदिने ।
  • नर्सरी ब्याड राख्नुभन्दा अगाडि कालो प्लास्टिकले माटोलाई हावा नछिर्ने गरी छोपिदिने यसलाई सोलाराइजेसन भनिन्छ । यसरी माटोको उपचार गर्नाले झारपात तथा रोग–कीराको आक्रमणबाट सजिलैसँग बच्न सकिन्छ
  • बाली संरक्षणको लागि घरेलु वा जैविक विधिको उपयोग गर्ने ।
  • प्राङ्गारिक खेतीलाई सम्पूर्ण रूपले प्राङ्गारिक उत्पादनमा ढाल्नको लागि स्रोत बीउहरू पनि सकभर प्राङ्गारिक पद्धतिबाट नै उत्पादन गर्ने । त्यसैले आफूलाई आवश्यक पर्ने बीउहरू आफैले प्राङ्गारिक पद्धतिबाट उत्पादन गर्ने ।
  • पानीको सुविधा छैन भने संरक्षण पोखरी वा प्लास्टिक पोखरीको निर्माण गरी वर्षा र भलको पानी संकलन गरी पानी भण्डारण पद्धति अपनाउने ।

    प्राङ्गारिक प्रमाण्ीाकरणका लागि पूर्व सर्तहरू

    प्राङ्गारिक खेतीको प्रमाणीकरण गर्न विभिन्न पूर्व सर्त पूरा गर्नुपर्ने हुन्छ । केही मुख्य पूर्व सर्तहरू लगायत बोटबिरुवाका शत्रुजीवहरू नियन्त्रण गर्ने प्राङ्गारिक उपायहरू छोटकरीमा यहाँ प्रस्तुत गरिएको छ ।

    • समूह गठन गर्ने ।
    • समूहको नियम बनाउने ।
    • समूहकै सदस्यको आन्तरिक नियन्त्रण प्रणाली लागू गर्ने ।
    • आन्तरिक नियन्त्रण प्रणाली प्रत्येक बाली उत्पादन अवधिमा २ पटक आन्तरिक निरीक्षण गर्ने ।
    • सकेसम्म आन्तरिक निरीक्षण उपसमिति टोलीमा एक जना प्राविधिक विज्ञ राख्ने ।
    • उत्पादन प्रकृयाको सम्पूर्ण रेकर्ड राख्ने ।
    • आन्तरिक निरीक्षणपछि समूहको नामबाट प्रमाण पत्र जारी गर्ने ।
    • हरेक किसानलाई संकेत नम्बर दिने ।
    • प्राङ्गारिक मलखाद बनाउने उचित तरिका अपनाउने ।
    • रोग, कीरा लगायत सम्पूर्ण शत्रुजीवहरूको नियन्त्रणको उचित तरिका अपनाउने ।
    • माटोको ऊर्वराशक्तिको वृद्धि तथा भू–क्षय नियन्त्रण गर्ने उपायहरूको अवलम्बन गर्ने ।
    • झार नियन्त्रण गर्ने ।
    • जलाधार एवं वरपरको वातावरण संरक्षण गर्ने ।
    • कम्तीमा ३ वर्षसम्म रासायनिक मल विषादी प्रयोग नगर्ने ।
    • समूह तथा आन्तरिक नियन्त्रण प्रणालीमा आबद्ध हुने ।
    • आवश्यक सर्त सम्झौता भएको नियमको पालना गर्ने ।
    • प्राङ्गगरिक खेती गर्ने कित्तालाई प्रदूषणबाट जोगाउने ।
    • एकपटक प्राङ्गारिकमा आबद्ध भइसकेपछि अप्राङ्गगारिकमा नजाने ।
    • सवै अभ्यास प्रकृयाको रेकर्ड अद्यावधिक राख्ने ।
    • अरू विभिन्न प्रकारका आवश्यकता तथा शर्तहरू आवश्यकतानुसार पूरा गर्ने ।

    बोटबिरुवाका शत्रुजीवहरू नियन्त्रण गर्ने केही सरल तथा प्राङ्गारिक उपायहरू

    • उपलब्ध भएसम्म रोग÷कीरा लगायत अन्य समस्याहरू सहन सक्ने निरोधक जातको छनोट गर्ने ।
    • निरोगी तथा स्वस्थ बीउको प्रयोग गर्ने ।
    • स्वस्थ उत्पादन तरिकाहरू अपनाएर राम्ररी खनजोत, मलजल तथा सिंचाइ गर्ने ।
    • झारपातको नियन्त्रण गर्ने तथा खेतबारी सधैँ सफा राख्ने ।
    • प्रयोगमा ल्याइएका औजारहरू सधैँ सफा राख्ने ।
    • उचित दूरीमा तथा उचित समयमा बाली लगाउने ।
    • प्राङ्गारिक तथा भौतिक तरिकाबाट माटोको उपचार गर्ने जस्तै प्लास्टिक सिटको प्रयोग गरी हावा नछिर्ने गरी माटोको निर्मलीकरण गर्ने ।
    • राम्ररी पाकेको प्राङ्गारिक कम्पोष्ट, गोठे मल, गँड्यौले मल, जैविक मल, हरियो मल आदिको प्रयोगलाई बढावा दिने ।
    • बिरुवालाई आवश्यक मलखादको परिपूर्ति गर्न माछा, हड्डी, मासु, रगत, सिङखुर आदिबाट तयार पारिएको मलको प्रयोग गर्ने ।
    • गोबर ग्यासको प्रयोगलाई बढावा दिने ।
    • माटोमा कार्बोन तथा नाइट्रोजनको अनुपात २०ः१ भन्दा तल कायम गराउने ।
    • सिफारिस गरेबमोजिमको मलखाद उचित मात्रामा, ठीक समयमा प्रयोग गर्ने।
    • बालीहरू लगाउँदा सधैँ लाइनमा दूरी मिलाई रोप्ने ।
    • बाली रोपिसकेपछि छाप्रो दिने ।
    • रोगी बोट, कीराका अण्डा, लार्भा, माउ आदि देख्नासाथ विभिन्न भौतिक तरिका अपनाई हटाउने ।
    • रोग तथा कीराका जीवाणु, अण्डा, लार्भा आदि देख्नेबित्तिकै हातैले टिपेर मार्ने ।
    • राति बत्तीको पासो थापी माउ कीराहरू संकलन गरी मार्ने तथा अन्य प्रकारका पासोहरू थाप्ने जस्तै कीरा समाउने जालीको प्रयोग गरी कीराहरू समाई मार्ने ।
    • चरा तथा अन्य कीराहरू डराउने वा धपाउने कुराहरू राख्ने ।
    • फेरोमेन ट्र्यापहरूको प्रयोग गर्ने ।
    • रोग कीराको अत्यधिक आक्रमण भएमा समय–समयमा प्राङ्गारिक तथा जैविक विषादीले उपचार गर्ने जस्तै पाइरिथ्रिन्स, रोटिनन्, रायनिन्, जीवातु आदिको प्रयोग गर्ने ।
    • साबुन, पेट्रोलियमका उत्पादन जस्तै सर्बो आयल लगायत अन्य तामा को प्रयोग गर्ने ।
    • बालीको लाइन तथा ड्याङमा नकुल्चिने तथा दुई ड्याङको बीचमा कुलेसोमा बसी गोडमेल गर्ने ।
    • पानी निकासको लागि कुलेसोको उचित प्रबन्ध मिलाउने ।
    • छलुवा बाली (कीरालाई अल्झाउने तथा बहुबाली प्रणाली अपनाउने ।
    • सडेका, सुकेका, चोर हाँगाहरू, पानीसरा, रोगी आदि हाँगाबिँगा समय–समयमा हटाउने ।
    • पराग सेचनमा सघाउने मौरी पालन गर्ने ।
    • बाली भित्र्याइसकेपछि प्राप्त नल, बोट आदि बालीका अवशेषहरू खेतबारीमै छोडी जोतिदिने ।
    • घुम्ती बाली प्रणाली अपनाउने ।
    • रोग–कीराका तथा अन्य शत्रुजीवहरूका प्राकृतिक शत्रुहरूको संरक्षण गर्ने जस्तै मुसा नियन्त्रण गर्न बिरालो पाल्ने तथा लाटोकोसेरोको संरक्षण गर्ने ।
    • परजीवी कीराहरू जस्तै बारुला, कुमाल कोटी आदिको संरक्षण गर्ने
    • सिकारी जीवहरू जस्तै आँखा फोरुवा, पानी छेपुवा, गाइनेकीरा, रातो थोप्ले, जुनकिरी, माकुरा, चरा, भ्यागुता, छेपारो आदिको संरक्षण गर्ने ।
    • विभिन्न प्रकारका जैविक तत्व जस्तै जीवातुको प्रयोग गर्ने ।
    • दैनिक बालीनालीको निरीक्षण गर्ने ।