Latest From our Blog
के हो काक्रा सेतो हुनुको कारण?? सेतो काक्रा खानु उचित हुन्छ या हुदैन ?
काक्रा को जात अनुसार सेतो र हरियो दुइ प्रकारको काक्रा को बिउ बजारमा पाईन्छ तर हामीले हरियो काक्रा लगाएर पनि सेतो हुने गर्दछ | यसको कारण धेरै हुन सक्छ | एक कारण काक्रा मा मिल्ड्यु रोग लागेमा पनि काक्रा को फल सेती हुने गर्दछ | अर्को प्रमुख कारण हरुमा एक काक्राको बोट भित्र प्रसस्त प्रकाश छिर्न सकेन , फलेको फल मा समेत प्रकाश पुगेन भने काक्रा सेतो हुन्छ जसलाई Balanching भनेर भनिन्छ यस्तो अवस्थामा बोट भित्र अनि फलमा प्रकाश छिर्ने ब्यबस्था गर्नु पर्दछ | अर्को कारण माटोमा अत्यधिक चिस्यान हुदा जसको कारण फलमा भएको खाद्यतात्व लिचिंग हुने गर्दछ प्राय यो बेला फोस्फोरस को लिचिंग बढी हुने गर्दछ | यो बेला फस्फोरस युक्त मल माटोमा बढी चिस्यान हुदा प्रयोग गर्नु पर्दछ |
सेतो काक्रा खानु उचित हुन्छ या हुदैन ?
सेतो कुन करणले भाको हो , जस्तै बिउ नै सेतो खालको काक्रा हो भने खान को लागि केहि गारो मान्नु पर्दैन अर्को हो प्रकाश को कमि र चिस्यान बढी भै सेतो हुने काक्रो समेत खन्य योग्य हुन्छ तर मिल्ड्यु /ढुसी जन्य रोगबाट सेतो भएको काक्रो भने खान योग हुदैन | ढुसी जन्य सेतो काक्रो मा सेतो पाउडार जस्तो समेत देखिन्छ एस्तो काक्रो खान नै परे मज्जाले पखालेर खानु होला | नत्र नखादा नै राम्रो हुन्छ |
प्रस्तुत फोटोमा मा सुरुमा पाउडारी मिल्ड्यु काक्रा , रंग परिबर्तन भै सेतो भएको काक्रो र जातीय रुपमै सेतो काक्रो
- राजेन्द्र देवकोटा विज्ञ कृषि
०१-४१०५१०४