Latest From our Blog
गाईवस्तुको मलमुत्रले बिरुवामा रोग, कीरा व्यवस्थापनको लागि प्रयोग गरिने तरिकाहरु!!
२.१ गाईवस्तुको १ लिटर गहुँत १० लिटर पानीमा (१स्१०) मिसाएर प्रयोग गर्दा स्क्वायस (जुकिनी फर्सी को धुले ढुसी रोगका साथै खपटे, चुसाहा र लाही कीराहरु नियन्त्रण गर्न सक्ने पाईएको छ (भण्डारी, २०६३) । २.२ एक माना गाईको गहुंतमा ७ माना पानी हालेर छर्केमा चुस्ने लाही तथा झुसिल्कीरा र लाभ्रे कीरा नियन्त्रण हुन्छ (पौडेल, २०६४) । २.३ गाईको गहुंत १ लिटर र आधा किलोग्राम गोवर मिलाई जुट बोराको टुक्रालाई भिजाउने र एउटा लीङ्गको टुप्पामा उक्त बोराको टुक्रा राखि बेरेर धान पसाउन लागेको खेतमा बेलुकी राखिदिएमा धानको दुध चुस्ने गनाउने पतेरो त्यही बोरामा आई बस्दछन् । अनि बिहान सबेरै...
Read Moreनीमको प्रयोगले बोट बिरुवामा रोग, कीरा व्यवस्थापनको लागि प्रयोग गरिने स्थानिय प्रविधिहरु!!
१. नीमको प्रयोग १.१ नीमको बीउको बोक्रो हटाएर दिउल मात्र जम्मा गर्ने र तिनलाई जाँतो वा ग्राईन्डरमा पिंधेर मसिनो धुलो बनाई निम्न मात्रामा प्रयोग गर्ने। ०.५–१.० किलोग्राम नीमको दिउलको धुलोलाई एउटा पातलो कपडामा पोको पारी १२ घण्टा सम्म २० लिटर पानीमा ढड्याउने र सो ढाडिएको पोकोलाई पानीमा राम्ररी निचोर्ने। यसपछि साबुनको २.० ग्राम धुलो मिसाएर सो नीम पानीलाई राम्ररी चलाउने। अब यसलाई बोटबिरुवामा कीटनाशक पदार्थको रुपमा प्रयोग गर्न सकिन्छ (न्यौपाने, २०५७) । १.२ नीमको बीउबाट बोक्रा हटाउनु त्यति सजिलो छैन । अतः १ किलोग्राम बीउलाई जाँतो वा ग्राईन्डरमा मसिनो गरी...
Read Moreके हो काक्रा सेतो हुनुको कारण?? सेतो काक्रा खानु उचित हुन्छ या हुदैन ?
काक्रा को जात अनुसार सेतो र हरियो दुइ प्रकारको काक्रा को बिउ बजारमा पाईन्छ तर हामीले हरियो काक्रा लगाएर पनि सेतो हुने गर्दछ | यसको कारण धेरै हुन सक्छ | एक कारण काक्रा मा मिल्ड्यु रोग लागेमा पनि काक्रा को फल सेती हुने गर्दछ | अर्को प्रमुख कारण हरुमा एक काक्राको बोट भित्र प्रसस्त प्रकाश छिर्न सकेन , फलेको फल मा समेत प्रकाश पुगेन भने काक्रा सेतो हुन्छ जसलाई Balanching भनेर भनिन्छ यस्तो अवस्थामा बोट भित्र अनि फलमा प्रकाश छिर्ने ब्यबस्था गर्नु पर्दछ | अर्को कारण माटोमा अत्यधिक चिस्यान हुदा जसको कारण फलमा भएको खाद्यतात्व लिचिंग हुने गर्दछ प्राय यो बेला फोस्फोरस को लिचिंग बढी...
Read Moreक्लबरुट रोग:एक जानकारी!
क्लबरुट रोग बन्दा ,काउली ,मुला लगायतका तरकारी बालीका परिवार मा लाग्ने एक जिद्दी रोग हो! एस रोग को जिवादु एक किसिमको ढुसी हो या हैन भन्ने कुरामा पनि बैज्ञानिक हरु बिभाजित नै छन् ! यस लाई जिद्दी भन्नु को पछाडी के कारण छ भन्दा,यस रोगका जिवादु करिब २० वर्ष सम्म पनि उपर्युक्त बोटको अभावमा पनि माटो मा बाचिराखन सक्छन ! क्लबरुट रोगमा मुख्य त जीवाणुले जरामा प्रबेस गरि जरा बाट खाध्य तत्व उपयोग गरेर जरामा गाठा बनाउने गर्दछ जस कारण जराले माटोबाट पानी र अन्य खाध्य तत्व सजिलै लिन सक्दैन! फलस्वरूप बिरुवाका माटो माथिका भाग पहेलिने,ओइलिने,सुक्ने,पात नुग्ने गर्दछन ! नेपालमा यस रोग लाई...
Read Moreकिरा बिरुवाको शत्रु मात्र होइन् , मित्र पनि हो !!!
हामिले किरा भन्ने बितिकै हानी नोकशानी गर्ने जिव को रुपमा चिन्दछौ तर यो सानो निर्दोश जिवबाट हुने फाइदा कहिल्यै ख्याल गर्दैनौ । एउटा अनुसन्धानले देखाए अनुसार "सन्सारका सबै किराहरुलाई आज मार्यो भने अगामी ४ बर्ष सम्म बालिको उत्पादन त लिन सकिन्छ तर त्यस पछाडी खाद्यान्नको हाहाकार हुन्छ्" । त्यसैले किराको सकारात्मक पक्षबारे अहिलेका किसानमा जनचेतना ल्याउनु अति नै आवश्यक देखिन्छ । किराले बोटबिरुवामा पुर्याउने केहि महत्वपूर्ण र राम्रा पक्षहरु : १) किराले बोटबिरुवामा परागसेचन गराउँछ अनि मात्र फूलमा फल लाग्छ। मौरीकिराले मात्र ८०% बोटबिरुवामा परागसेचन गराएको ...
Read More