Latest From our Blog

क्लबरुट रोग:एक जानकारी!

क्लबरुट रोग बन्दा ,काउली ,मुला लगायतका तरकारी बालीका परिवार मा लाग्ने एक जिद्दी रोग हो! एस रोग को जिवादु एक किसिमको ढुसी हो या हैन भन्ने कुरामा पनि बैज्ञानिक हरु बिभाजित नै छन् ! यस लाई जिद्दी भन्नु को पछाडी के कारण छ भन्दा,यस रोगका जिवादु करिब २० वर्ष सम्म पनि उपर्युक्त बोटको अभावमा पनि माटो मा बाचिराखन सक्छन ! क्लबरुट रोगमा मुख्य त जीवाणुले जरामा प्रबेस गरि जरा बाट खाध्य तत्व उपयोग गरेर जरामा गाठा बनाउने गर्दछ जस कारण जराले माटोबाट पानी र अन्य खाध्य तत्व सजिलै लिन सक्दैन!

फलस्वरूप बिरुवाका माटो माथिका भाग पहेलिने,ओइलिने,सुक्ने,पात नुग्ने गर्दछन ! नेपालमा यस रोग लाई पहिलो पल्ट सन् १९९३मा काठमाण्डौबाट पत्ता लागिएको थियो ! अहिले यो रोग नेपालका काठमाण्डौ, लालीतपुर, मकवानपुर,धनकुटा लगायतका केहि जिल्लामा ब्याप्त रही समस्या दियिरहेको छ ! यस रोग प्रत्येक वर्ष झन् भन्दा झन् बल्झिदो अवस्थामा देखिन्छ ! त्यसकारण पनि नेपाल लगायत बिश्वका बिभिन्न देशमा यस रोग को नियन्त्रणका लागि विभिन्न research हरु भैरहेका छन् ! 

यो रोग किन लाग्छ?

• माटोमा बढी अमिल्यापना रहनाले 
• माटोका भौतिक ,रासायनिक ,जैविक गुण कम्जोर हुनाले 
• संक्रमित जमिनबाट माटो ओसारपसार वा बेर्ना ल्याउनाले 
• संक्रमित औजारहरुको प्रयोगले

यो रोग को नियन्त्रण कसरी गर्ने?

• रोग मुक्त र अलि छिप्पिएको बेर्ना लगाउने
• खेतबारीको सरसफाईमा ध्यान दिने
• घुम्ती बालि लगाउने र यो रोग ब्यापक रहेको बारीमा कम से कम ७ वर्ष सम्म क्लबरुट लाग्ने बाली नलगाउने
• माटो को अमिल्यापना घटाई कृषि चुनको प्रयोग गरेर pH ७ भन्दा माथि उठाउने
• माटोको भौतिक ,रासायनिक ,जैविक गुण राम्रो बनाउन कम्पोस्टको प्रयोग गर्ने
• जंगली झारपात हटाउने 
• जैविक बिषादीको प्रयोग (जस्तै Trichoderma,EM झोल,आदि )
• रासायनिक बिसादीको प्रयोग (जस्तै नेबिजिन,पी.सी.एन.बी., सिल्भोक्श, आदि)

थप जानकारी र परामर्शका लागि :
बिष्णु कुमार श्रेष्ठ (बिषय बिज्ञ)-९८०२६४०४१९०