Latest From our Blog

किरा बिरुवाको शत्रु मात्र होइन् , मित्र पनि हो !!!

हामिले किरा भन्ने बितिकै हानी नोकशानी गर्ने जिव को रुपमा चिन्दछौ तर यो सानो निर्दोश जिवबाट हुने फाइदा कहिल्यै ख्याल गर्दैनौ । एउटा अनुसन्धानले देखाए अनुसार "सन्सारका सबै किराहरुलाई आज मार्यो भने अगामी ४ बर्ष सम्म बालिको उत्पादन त लिन सकिन्छ तर त्यस पछाडी खाद्यान्नको हाहाकार हुन्छ्" । त्यसैले किराको सकारात्मक पक्षबारे अहिलेका किसानमा जनचेतना ल्याउनु अति नै आवश्यक देखिन्छ ।  किराले बोटबिरुवामा पुर्याउने केहि महत्वपूर्ण  र राम्रा पक्षहरु :

१) किराले बोटबिरुवामा परागसेचन गराउँछ अनि मात्र फूलमा फल लाग्छ। मौरीकिराले मात्र ८०% बोटबिरुवामा परागसेचन गराएको  देखिन्छ।

२)  माटोमा हावाको संचय निरन्तर बनाइ राख्न धमिरा र कमिलाको ठुलो भूमिका हुन्छ। फलस्वरुप बालिको जरामा हावाको कमी हुँदैन र उत्पादन अधिक हुन्छ।

३) जिउँदो किराको दिसा र मरेको किराको शरीर माटोमा महत्वपूर्ण खाधतत्वको स्रोत मानिन्छ । जसले  माटोमा प्राङ्गारिक पदार्थको मात्रा बनाइ राख्दछ।

४) किराले माटोमा संचय भएको प्राङ्गारिक पदार्थलाई बिरुवाले सजिलैसँग उपयोग गर्न सकिने रुपमा परिवर्तन गरी खाधतत्व निरन्तर रुपमा बनाइराख्न मदत पुर्याउँछ।

५) माकुर, कमिला, ladybird beetle, Dragon flies जस्ता किराहरुले बालिमा हानी नोकशानी पुर्याउँने थुप्रै किराहरु जस्तै लाहि, फड्के किरा हरुलाई भोजनको रुपमा प्रयोग गरी बाली लाई क्षति हुनबाट बचाउँछ।

६) किराको कालीलो अवस्था (Larva) कार्बोहाइड्रेट्, प्रोटिन र फ्याटको स्रोत हुने भएकोले यसलाई मानिसले खानामा पनि प्रयोग गर्न सकिन्छ।

७) मसि , मैनबति , जुता पोलिस , लिपिस्टिक , धागो हरु जस्ता थुप्रै उपयोगी बस्तुहरु किराको प्रयोगबाट नै बनाइन्छन।

८) Fruit fly (Drosophila melanogaster) नामक किराको जिवन अवधी निकै सानो (१० दिनको) हुने भएकोले यसलाई थुप्रै अनुसन्धान कार्यमा पनि प्रयोग गर्दै आइरहेको छ।