Latest From our Blog

के हो ताराफल (star fruit?? कसरी खेती गर्ने?

के हो ताराफल?*********????️ तारा फल ⭐️ ( Star fruit ) ; जसको बैज्ञानिक नाउँ Averrhoa carambola हो । यसलाई छोटकरीमा कहिँकतै carambola भनेर चिनिन्छ । यो ओग्जालिडेशी ( Oxalidaceae ) परिवारमा पर्दछ । यसलाई काटदाखेरी तारा जस्तो देखिने भएकाले Star fruit भनिएको हो । सामुन्द्रीक सतहदेखी ४००० मिटरसम्मको उचाइमा यसको खेती गर्न सकिने तारा फल उत्पत्ति स्थल बारे यकिन गर्न नसकिए तापनि इन्डोनेसिया , फिलिपिन्स , मलेसिया , भियतनाम , नेपाल , भारत , बाङ्लादेश र श्रीलंका जस्ता देशमा पाइन्छ । छिमेकी मुलुक भारत यो फल उत्पादन गर्ने प्रमुख देशमध्यको एक हो । गर्मि याममा भारतको लखनउमा निकै प्रसिद्ध छ । नेपालमा पाइने उन्नत जात भारतिय नै हुन ।...

Read More

डेस्मोडियम (Desmodium) Desmodium Sps घाँस बारे बुझौं!!

  परिचय :: डेस्मोडियम कोसालाग्ने जातको महत्वपूर्ण बहुवर्षीय घाँसबाली हो । यो चरनका लागि उपयुक्त घाँस हो । हे र साइलेज बनाउनका लागि पनि यो उपयुक्त हुन्छ । नेपालको मध्य–पहाडी क्षेत्रमा डेस्मोडियमका स्थानीय जातहरू पाइन्छन् । डेस्मोडियम समशितोष्ण जलवायुमा हुने जातको बाली हो । बढी वर्षा हुने नेपालको पूर्वी पहाडमा यसको खेती सफलतापूर्वक गर्न सकिन्छ । डेस्मोडियमलाई तराईको समथर फाँटदेखि १६०० मिटरसम्मको उचाइमा लगाउन सकिन्छ । सिल्भरलिफ डेस्मोडियमले केही मात्रामा तुसारो र सुख्खा पनि खप्न सक्छ । यसमा कच्चा प्रोटीनको मात्रा १६ देखि १८% पाइन्छ । कोसेबाली भएकाले यसले...

Read More

बाख्राको अत्यन्तै खतरनाक छ मासे (Enterotoxemia ) रोगको बारेमा बुझौ है!

परिचय :बाख्राहरुमा सुक्ष्म जीवाणुबाट लाग्ने रोगहरु मध्ये यो एक प्रमुख रोग हो । यो रोग संसार भरी नै पाईन्छ । तर व्यावसायिक रुपमा सघन व्यवस्थापनमा पालीएका बाख्राहरुमा यो रोग चरनमा पालीएका बाख्राहरुमा भन्दा बढी लाग्दछ । यो रोगले बाख्राको स–साना पाठापाठीहरुलाई बढी सताउने गर्दछ । व्यस्क बाख्राहरुमा पनि यो रोग लागेको पाइन्छ तर ३ हप्ता मुनिका पाठापाठीहरुमा यो रोग लाग्दा धेरै जसोले कुनै लक्षण नै नदेखाई मर्ने गर्दछन्। रोगको कारण :बाख्राहरुमा यो रोग एक किसिमको जीवाणुको कारणबाट हुन्छ । यो रोग लगाउने जीवाणु सामान्य अवस्थामा पनि बाख्राहरुको आहारा नलीमा रहन्छन् । यी...

Read More

कुन आँप कसरी चिन्ने ??

आँपबाट थुपै थरिका मिठो र स्वादिष्ट परिकार पनि बनाउन सकिन्छ, जस्तै आँपको चटनी, आँपको जुस, आँपको जाम, आँपको माडा, आँपको स्क्वास, आँपको क्याण्डि, आँपको अचार लगायतका थुप्रै परिकारहरु बनाउन सकिने व्यापारीहरुले बताए। साथै आँपमा शक्ति, कार्वोहाईडेट, प्रोटिन कोलेष्ट्रोल, डाण्टरी रेशा, भिटामिनहरु सि, ए, ई र के, सोडियम, पोटासियम,  क्याल्सियम लगायतको थुप्रै तत्वहरु पाउन सकिन्छ।   बजारमा चलेका आँपका जातहरु::दशहरी- यो बजारमा आउने आँप मध्ये एक प्रख्यात आँपको जात हो। यो आँपको रुख मध्यम आकारको हुन्छ। यो आँप सिधा, फल मध्यम, फलमा नाक नभएको लाम्चो, गुदी पहेंलो, रेशा विहिन ठोस गुदी,...

Read More

हाते ट्याक्टर खरिद गर्दा ध्यान दिनुपर्ने कुराहरु!! जनचेतनाको लागि share गरौँ!!

१ क्षमता - यसको क्षमता हर्स पावरको आधारमा नापिन्छ । बजारमा ४.५ - ९.० ह पा सम्मका ट्याक्टर पाइन्छन । थोरै जमिन, खुकुलो माटो, कमजोर शारीरिक अवस्था हुनेले सानो क्षमताको हाते ट्याक्टर खरिद गरेर काम चलाउन सकिन्छ । धेरै जमिन, समथर भुभाग, चाम्रो माटो भएमा र भाडामा लगाएर पनि पैसा कमाउने भए केही ठूलो क्षमताको खरिद गर्न सकिन्छ । तर नेपालको मध्य पहाडी भेकमा ६-७ ह पा क्षमताको खरिद गरेमा महिला पुरुष दुबैले चलाउन सकिन्छ । मध्यम तौल भएको हुदा खनजोत गर्ने बेलामा अग्लो कान्लोमा लैजान र झार्न पनि सजिलो हुन्छ । मूल्य पनि केही सस्तो पर्छ । यसलाई भाडामा लाउनको साथै सम्पुर्ण कामहरु...

Read More