Latest From our Blog

के हो ताराफल (star fruit?? कसरी खेती गर्ने?

के हो ताराफल?
*********
????️ तारा फल ⭐️ ( Star fruit ) ; जसको बैज्ञानिक नाउँ Averrhoa carambola हो । यसलाई छोटकरीमा कहिँकतै carambola भनेर चिनिन्छ । यो ओग्जालिडेशी ( Oxalidaceae ) परिवारमा पर्दछ । यसलाई काटदाखेरी तारा जस्तो देखिने भएकाले Star fruit भनिएको हो । सामुन्द्रीक सतहदेखी ४००० मिटरसम्मको उचाइमा यसको खेती गर्न सकिने तारा फल उत्पत्ति स्थल बारे यकिन गर्न नसकिए तापनि इन्डोनेसिया , फिलिपिन्स , मलेसिया , भियतनाम , नेपाल , भारत , बाङ्लादेश र श्रीलंका जस्ता देशमा पाइन्छ । छिमेकी मुलुक भारत यो फल उत्पादन गर्ने प्रमुख देशमध्यको एक हो । गर्मि याममा भारतको लखनउमा निकै प्रसिद्ध छ । नेपालमा पाइने उन्नत जात भारतिय नै हुन । यसलाई खाडिमुलुकमा लोकप्रिय मानिदोरहेछ ।

नेपालको मकवानपुर , नुवाकोट , चितवन , कञ्चनपुर , नवलपरासी लगायत तराईको सम्पुर्ण जिल्ला र गर्मी हुने ठाउँमा सम्भाव्यता अध्यन गरिए तापनी अझै केही स्थानमा जंगली अवस्था मै रहेको पाइन्छ । यो सदाबहार बनस्पति हो । स्वपरागसेचन हुने तारा फल , रोपेको ५ बर्षमा फल दिन थाल्छ । फुल खेलेको दुई महिनापछी फल लाग्ने गर्दछ । काँचोमा हरियो रङ्गको हुनेगर्दछ । पाक्दै गएपछि रसिलो हुँदै जान्छ र अन्त्यमा मज्जाले पाकेको फल पहेँलो देखिन्छ । यसलाई सिधै तरकारी , चटनि र अचारको रूपमा प्रयोग गर्न सकिन्छ । यसबाट विभिन्न कस्मेटिक सामाग्रीको साथै ललिपप , आयुर्वेदिक औषधी , जुस तयार पार्न सकिन्छ ।
यो भौगोलिक विविधता भएको फराकिलो स्थानमा खेतीपाती गर्न सकिन्छ । प्रशस्तै मात्रामा प्राङ्गारिक पदर्थ र सिचाइमा पानी निकासी प्रबन्ध असल हुनुपर्दछ । क्षारिय माटो देखि लिएर अम्लिय माटो , जसको पि.एच. ( pH ) मान ५.५.- ६.५ भए पुग्छ । आवश्यक मात्रामा सुख्खा भएको बेलामा पानीको बन्दोबस्त गर्नुपर्ने हुन्छ ।

नेपालमा अनुसन्धान केन्द्रबाट नेपाली जातको बिकास भएको छैन । भारतिय जातहरु ; आर्किन , माहा , गोल्डन स्टार , न्यूकम्ब रहेका छन । त्यसमध्ये गोल्डन स्टारबाट उत्पादन धेरै लिन सकिन्छ ।

बोटबिरुमा सुक्खा भएको बेलामा सिचाइ सुबिधाको प्रबन्ध मिलाउनुपर्छ ।

नेपालको उष्ण प्रदेशिय फलफूल अनुसन्धान केन्द्रले चासोको साथ अनुसन्धान गरेर नेपाली उन्नत जातको बिकास गर्दै लग्नसके मनग्य आय आर्जन गर्न सकिन्छ ।