Latest From our Blog

हाते ट्याक्टर खरिद गर्दा ध्यान दिनुपर्ने कुराहरु!! जनचेतनाको लागि share गरौँ!!

१ क्षमता - यसको क्षमता हर्स पावरको आधारमा नापिन्छ । बजारमा ४.५ - ९.० ह पा सम्मका ट्याक्टर पाइन्छन ।

थोरै जमिन, खुकुलो माटो, कमजोर शारीरिक अवस्था हुनेले सानो क्षमताको हाते ट्याक्टर खरिद गरेर काम चलाउन सकिन्छ । धेरै जमिन, समथर भुभाग, चाम्रो माटो भएमा र भाडामा लगाएर पनि पैसा कमाउने भए केही ठूलो क्षमताको खरिद गर्न सकिन्छ ।

तर नेपालको मध्य पहाडी भेकमा ६-७ ह पा क्षमताको खरिद गरेमा महिला पुरुष दुबैले चलाउन सकिन्छ । मध्यम तौल भएको हुदा खनजोत गर्ने बेलामा अग्लो कान्लोमा लैजान र झार्न पनि सजिलो हुन्छ । मूल्य पनि केही सस्तो पर्छ । यसलाई भाडामा लाउनको साथै सम्पुर्ण कामहरु गर्न सकिन्छ ।

२ इन्धनको श्रोत - हाते ट्याक्टर डिजल वा पेट्रोलबाट संचालन गर्न मिल्छ ।
दैनिक रूपमा हिसाब गर्दा डिजल सस्तो हुनाले डिजलबाट चल्ने ट्याक्टर सस्तो पर्छ तर यस्को खरिद मूल्य पेट्रोल इन्जिनको भन्दा बढी हुन्छ । यसको बिपरित दैनिक रुपमा इन्धनको हिसाब गर्दा पेट्रोल महगो पर्छ तर पेट्रोल इन्जिन केही सस्तो हुन्छ ।

डिजल इन्जिन ज्यादै चिसो ठाउमा उपयुक्त हुदैन । चिसोले डिजल जम्दछ र इन्जिन स्टार्ट हुदैन । डिजल इन्जिनको तुलनामा पेट्रोल इन्जिन केही हल्का र संचालन गर्न, स्टार्ट गर्न सजिलो हुन्छ ।

३ चिस्याउने प्रबिधि - Air cooling or water cooling ?
हाल उपलब्ध हुने सबै प्रकारका हाते ट्याक्टरहरु हावाबाट नै चिसिने प्रबिधिमा आधारित छन ।

४ पार्ट पुर्जाको उपलब्धता - ट्याक्टर खरिद गर्दा यसमा जडान हुने र बिगि्रएको अवस्थामा मर्मत गर्नको लागि चाहिने पार्ट पुर्जा (३ स) सजिलोसँग, सुपथ मुल्यमा र सक्कली नै पाइने हुनुपर्छ ।

५ ब्राण्ड - पहिचान भएको, डिलरको ब्यबस्था भएको, बिक्री पछिको सेवा पनि दिनसक्ने भरपर्दो कम्पनीबाट खरिद गर्नुपर्छ ।

६. क्षमता, ब्राण्ड र इन्जिनलाई आधार मानेर यस्को मुल्य रु ५० हजार देखि ९० हजार सम्म पर्न सक्छ ।