Latest From our Blog

शुन्य खनजोत लसुन खेति प्रबिधिको बारेमा बुझौ!

नेपाली समुदायमा खेति भन्दै गर्दा पहिला आउँछ “खनजोत” । खनजोत भन्नाले बाझो रहेको जमिनलाई खेतियोग्य बनाउन गरिने बिभिन्न क्रियाकलाप भन्ने बुझिन्छ। कृषि आधुनिकिकरण सङ्ग सङ्गै प्रयोग गरिने यन्त्र उपकरण, रासायनिक मल विषादीको अधिकतम प्रयोगले  जमिनको मरुभुमिकरण , माटोको संरचना बिगार्ने  तथा समग्र उत्पादन र उत्पादकत्वमा ह्रास भएको पाईन्छ । बदलिदो जलवायु साथै दक्ष जनशक्तिको वैदेशिक पलायनले कृषि क्षेत्रमा नराम्रो असर परेको बेला माटो रहित खेति प्रणाली, खनजोत रहित खेति प्रणाली प्रयोगमा आउन थालेका छन। कम लागत, कम मेहनतमा पर्यावरणमा असर नपारी, माटोको संरचना...

Read More

अण्डा कति खाने ? कसरी खाने??

अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर एकदिनमा कति अण्डा खानुपर्छ र पकाउने सही तरिका के हो भन्नेबारेमा तपाईंलाई थाहा छ ? या धेरै अण्डाले हानी गर्न सक्छ ? चिकित्सकहरु पोषक तत्वले भरपूर भएकाले खानामा अण्डा सामेल गर्न सल्लाह दिन्छन् । यो भिटामिन ए, बी, डी र बी १२ का अलावा लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्वले भरपूर हुन्छ । आँखाका लागि पनि अण्डा सेवन उपयोगी मानिन्छ । बेलायतका डाइटिसियन डा. फ्र्यांकी फिलिप्सका अनुसार एक दिनमा एक या दुइ अण्डामात्र खान सकिन्छ । उनी भन्छन्, ‘धेरै अण्डा खाँदा डराउनुपर्दैन । तर के ध्यान दिनुस् भने कुनै पनि खानेकुरा बढी खानु भनेको अरु...

Read More

व्यवसायको गुणस्तर बढाउन यी ५ तरिकाहरू अपनाउनुहोस!

चाहे बस्तु वा सेवाको व्यवसाय नै किन नहोस् , सबै व्यवसायीलाई आफूले प्रदान गर्ने सेवा गुणस्तरीय होस् भन्ने लाग्छ । आफ्नो व्यवसायमा कसरी क्वालिटी बढाउने यी निम्न तरिकाले तपाईँलाई सही बाटो देखाउन मद्दत गर्दछ। १. प्रतिबद्ध हुनुहोस :आफ्नो व्यवसाय प्रति प्रतिबद्ध हुनुहोस । क्वालिटी पाउनको लागि व्यवसायको मालिकले मात्र प्रतिबद्ध भएर हुँदैन, यसको लागि सबै कर्मचारीहरू पनि प्रतिबद्ध हुन जरुरी हुन्छ । आफ्नो व्यवसायमा संलग्न सबैलाई प्रतिबद्ध बनाउन खोज्नुहोस जसले गर्दा गुणस्तरमा कुनै सम्झौता गर्नु नपरोस । यसको लागि निश्चित लक्ष्य बनाएर त्यो पुरा गर्न तत्पर रहनुहोस । २...

Read More

How to Prepare a Project Proposal?? आयोजना प्रस्तावना पत्र कसरी लेख्ने?

धेरै साथीहरू मलाई आयोजना प्रस्तावना पत्र (प्रोजेक्ट प्रपोजल) लेखिदिनु पर्यो अथवा प्रपोजल लेख्न सिकाई दिनु पर्यो भनी सम्पर्क राख्नु हुन्छ । प्रोजेक्ट प्रपोजल लेख्नु त्यति सजिलो हुन्न, विज्ञहरूको एउटा टिम बनाएर विस्तृत रूपमा स्थलगत अध्ययन र सरोकारवालाहरूसँग धेरैपटक छलफल गरेपछि बल्ल प्रोजेक्ट तयाए हुन्छ । यसैले लागि हामी प्रोजेक्टको किसिम, आवश्यक विज्ञहरूको योगदान र लागतको आधारमा एक निश्चित शुल्क लिन्छौं जुन साधारण कृषक वा सानो संस्थाको लागि निकै ठूलै रकम पनि हुनसक्छ ।अचेल दातृ संस्थाहरू पनि निकै बाढा भैसकेका छन्, धेरै जसो व्यक्ति वा संस्थाहरू केही डलर...

Read More

कौसी खेतीमा कोकोपीट प्रयोग गर्दै हुनुहुन्छ? यति कुरा थाहा नपाए ठगिनु हुन्छ!

कौसी खेतीमा संलग्न कतिपय साथीहरूले कोकोपीटको मूल्यमा भएको विविधता तथा कोकोपीट प्रयोग गर्दा कौसी खेती असफल भएको र कोकोपीट प्रयोग नगर्दा चाहि राम्रै भएको प्रतिकृया दिने गर्नु भएको छ । यस सन्दर्भमा मैले जाने बुझेको केही कुरा शेयर गर्न चाहन्छु । कोकोपीटको प्रयोग कृषिमा सामान्यतया हाइड्रोपोनिक्स प्रविधिमा ब्यापकरूपमा हुने गर्दछ । अचेल container gardening अर्थात थैला/बाकसमा गरिने खेतीमा पनि यसको प्रयोग हुन थालेको छ । नर्सरीमा त यसको प्रयोग छदैछ । कौसी खेतीमा यसको प्रयोग लोकप्रिय हुनु वा बनाइनुको कारण यसको हलुका तौल र पानी धारण गर्न सक्ने क्षमता नै हो । यदि तपाइको छतमा...

Read More