Latest From our Blog

व्यवसायको गुणस्तर बढाउन यी ५ तरिकाहरू अपनाउनुहोस!

चाहे बस्तु वा सेवाको व्यवसाय नै किन नहोस् , सबै व्यवसायीलाई आफूले प्रदान गर्ने सेवा गुणस्तरीय होस् भन्ने लाग्छ । आफ्नो व्यवसायमा कसरी क्वालिटी बढाउने यी निम्न तरिकाले तपाईँलाई सही बाटो देखाउन मद्दत गर्दछ।

१. प्रतिबद्ध हुनुहोस :आफ्नो व्यवसाय प्रति प्रतिबद्ध हुनुहोस । क्वालिटी पाउनको लागि व्यवसायको मालिकले मात्र प्रतिबद्ध भएर हुँदैन, यसको लागि सबै कर्मचारीहरू पनि प्रतिबद्ध हुन जरुरी हुन्छ । आफ्नो व्यवसायमा संलग्न सबैलाई प्रतिबद्ध बनाउन खोज्नुहोस जसले गर्दा गुणस्तरमा कुनै सम्झौता गर्नु नपरोस । यसको लागि निश्चित लक्ष्य बनाएर त्यो पुरा गर्न तत्पर रहनुहोस ।

२ गल्ती पत्ता लगाउनुहोस :  गुणस्तरीय सेवा दिने हो भने सुरुमा गुणस्तरीयको परिभाषामा प्रष्ट हुनुहोस ।  गुणस्तरीय सेवा केलाई भन्ने निश्चित भएपछि त्यही अनुरूपको कामहरू अगाडी बढाउन सकिन्छ । यसले गर्दा के गर्दा गल्ती हुन्छ के गर्दा ठिक हुन्छ पट्ट लगाउन मद्दत गर्दछ र बिस्तारै गल्तीलाई सुधार्दै लैजान सकिन्छ ।

३. तालिममा लगानी गर्नुहोस् : मानिसको दिमाग र क्षमता खुकुरी जस्तै हो , धार लगाउँदै गर्नुपर्छ । भुत्ते खुकुरीले जसरी काट्न सक्दैन त्यसरी नै क्षमता कम्जोर भएको मानिसले राम्रोसँग काम गर्न सक्दैन, खुकुरीलाई धार लगाए जस्तो कर्मचारीको क्षमता बढाउन बेलाबेलामा तालिमहरू दिनुपर्छ । आफूले नै पनि कस्तो सीप सिक्दा व्यवसायलाई फाइदा पुग्छ भनेर बिचार गरेर त्यस्तै किसिमको सीपहरू सिक्नुपर्छ ।

४. क्वालिटी सर्कलको निर्माण र व्यवस्थापन गनुहोस : क्वालिटी सर्कल भनेको यस्ता कर्मचारीहरूको टिम हो जसलाई संस्थाको गुणस्तर कायम गर्ने दायित्व र अधिकार दिइएको हुन्छ । यस्तो सर्कल बनाउँदा कर्मचारीलाई आफैले त्यस्तो टिममा बस्ने कि नबस्ने निर्णय गर्न दिनुपर्छ । पालो पालो गरेर सबैलाई गुण नियन्त्रण गर्ने सर्कलमा बस्न लगाउनुहोस जसले गर्दा गुणस्तरमा कुनै सम्झौता गर्नुनपरोस।

५. सकारात्मक सोच्नुहोस :आफ्नो कर्मचारी र व्यवसाय प्रति सकारात्मक सोच राख्नाले गुणस्तरमा मद्दत गर्दछ । कर्मचारीलाई सकारात्मक तरिकाले पुरस्कृत गर्ने, ग्राहाकको माग र सुझावलाई सकारात्मक तरिकाले  लिनाले गुणस्तर बढाउन मद्दत गर्दछ ।