Latest From our Blog

कसरी कम गर्ने विषादीको असर ??

कस्तो तरकारी किन्नुहुन्छ ? टलक्क टल्किने र ताजा देखिने तरकारी सबैको रोजाइमा पर्छ । तर यस्तै तरकारीमै विषादीको मात्रा बढी हुन सक्ने विज्ञहरूको भनाइ छ । बरु अलिअलि किरा लागेको, मध्यम आकारको, बांगोटिंगो, सामान्य चमक भएको तरकारीमा कम विषादी हुन सक्छ । बेमौसमीको दाँजोमा मौसमी तरकारी र फलफूलमा विषादी कम हुन्छ । नेपाल कृषि अनुसन्धान परिषद्, बागवानी अनुसन्धान महाशाखाका प्रमुख ईश्वरीप्रसाद गौतमका अनुसार बेमौसमी तरकारी फलफूलमा धेरै किरा लाग्ने भएकाले किसानले अत्यधिक विषादी हालेका हुन्छन्। ‘तरकारी किनेर ल्याएपछि १–२ दिन फ्रिज वा चिसो ठाउँमा राखेपछि उपयोग गर्नु...

Read More

भण्डारण पूर्व गाजरमा क्याल्सियम क्लोराइडको उपचार!!

गाजरमा क्याल्सियम क्लोराइड प्रयोग गरेर भण्डारण क्षमता वृद्धि गर्न सकिन्छ । क्याल्सियम क्लोराइड (CaCl)  बजारमा सजिलै सँग पाइन्छ । गाजरमा २.५ प्रतिशत क्यालसियम क्लोराइड प्रयोग गर्दा तुलनात्मक रुपमा लामो अवधिसम्म भण्डारण गर्न सकिने पाइएको छ । प्रयोग विधि -- काम गर्दा हातमा पन्जा लगाएर प्रयोग गर्नु पर्छ ।-- २.५ % क्याल्सियम क्लोराइड बनाउनका लागि १३.८८ ग्राम क्याल्सियम क्लोराइड (फ्यूजड) तौल गरी अलग भाँडोमा राख्ने । -- १३.८८ ग्राम क्याल्सियम क्लोराइडलाई १ लिटर सफा पानी हिसावले घोल्ने । घोल्दा सिसाको रडको सहायताले राम्रोसँग ऋबऋद्दि घोल्ने ।-- तयार पारेको...

Read More

व्यवसायीक गाई भैँसी गोठमा जैविक सुरक्षा (Bio Security) का उपायहरु!!

जैविक सुरक्षा भनेको फार्ममा पशुहलाई लाग्ने रोग र रोग लाग्ने कारक तत्व (जिवाणु, विषाणु आदि) लाई फार्म भित्र छिर्न नदिनको लागि व्यवस्थापनका विभिन्न आयामहरु समावेश गरि तयार गरेको विधि हो । यो विधिलाई जैविक सुरक्षा योजना बनाई लागु गर्नु पर्ने छ, जस्मा गोठको सरसफाई, मुसा नियन्त्रण, कामदार र आगन्तुकहरुलाई फार्ममा पस्ने नीति र फार्मको सुरक्षा व्यवस्थालाई समावेश गरिएको हुन्छ । यद्यपि जैविक सुरक्षाका उपायहरु अपनाउँदा केहि अतिरिक्त खर्च लाग्छ तापनि लामो समयमा यो विधि फाईदाजनक नै हुनजान्छ । विभिन्न संघ संस्थाहरुले दिने अनुदान नीतिमा जैविक सुरक्षाको लागि आवश्यक...

Read More

पशुमा लाग्ने संक्रामक रोग ‘लम्पी स्किन’ रोग के हो? कसरी बचाउन सकिन्छ??

लम्पि स्किन डीजिज एक प्रकारको बिषाणु काप्री पक्स भाइरसको कारणले लाग्ने संक्रामक रोग हो। यो रोगमा ज्वरो आउने छालामा गाठागुठी देखा प्रने दुब्लाउदै जाने जस्ता लक्षण देखिइ मृत्यू समेत हुने गर्दछ ।यो रोगले मुख्य गरी छाला बाहीरी अङ्ग र पाचन प्रणालिका अङ्गहरुमा असर गर्दछ। उत्पतीः पहिलो पटक अफ्रीकि मुलुक जिम्बाबेमा सन् १९२९ मा यो रोग देखा परेको थियो।य यो रोगले त्यस ताका ८० लाख पशुहरुमा संक्रमण गरेको थियो । १९८८ सम्म अफ्रिकि साहारा क्षेत्र आसपास मात्र रहेको विश्वास गरीएपनी पछी इजिप्टमा रोग देखा परेपछी यसको फैलाबट पुष्टी भएको हो।अफ्रीका हुदै यो रोग मध्यपुर्वी...

Read More

बंगुरमा फैलिएको नयाँ रोग PRRS के हो? कसरी सर्छ र किसानले कसरी सुरक्षा अपनाउने त?

  PRRS बंगुरमा एउटा भाइरसको कारणले लाग्ने रोग हो जसले मुलत प्रजनन प्रणाली र श्वासप्रश्वास प्रणालीमा असर गर्दछ। यो रोग सबै उमेर समूहको बंगुरमा देखिन्छ। मुख्यतः माउ बंगुरमा र कहिलेकाहीं वीरमा समेत प्रजनन क्षमता ह्रास गराउँछ। त्यस्तैगरी, सानो उमेरको बंगुरमा श्वासप्रश्वास सम्बन्धी समस्या देखा पर्छ। कहिलेकाहीँ यी दुवै समस्या एकसाथ देखा पर्छन्। एउटा सङ्क्रमित बंगुरमा यो रोग ६० दिनभन्दा बढी समयसम्म सक्रिय अवस्थामा रहन सक्छ। रोगी बंगुरको सिँगान, पिसाब, वीर्य, दूध र दिसामा यो भाइरस हुन्छ जसबाट यो रोग एउटा बाट अर्को बंगुरमा सजिलै सर्न सक्छ। वयस्क बंगुरमा मृत्युदर २०%...

Read More