Latest From our Blog

भण्डारण पूर्व गाजरमा क्याल्सियम क्लोराइडको उपचार!!

गाजरमा क्याल्सियम क्लोराइड प्रयोग गरेर भण्डारण क्षमता वृद्धि गर्न सकिन्छ । क्याल्सियम क्लोराइड (CaCl)  बजारमा सजिलै सँग पाइन्छ । गाजरमा २.५ प्रतिशत क्यालसियम क्लोराइड प्रयोग गर्दा तुलनात्मक रुपमा लामो अवधिसम्म भण्डारण गर्न सकिने पाइएको छ ।


प्रयोग विधि


-- काम गर्दा हातमा पन्जा लगाएर प्रयोग गर्नु पर्छ ।
-- २.५ % क्याल्सियम क्लोराइड बनाउनका लागि १३.८८ ग्राम क्याल्सियम क्लोराइड (फ्यूजड) तौल गरी अलग भाँडोमा राख्ने ।
-- १३.८८ ग्राम क्याल्सियम क्लोराइडलाई १ लिटर सफा पानी हिसावले घोल्ने । घोल्दा सिसाको रडको सहायताले राम्रोसँग ऋबऋद्दि घोल्ने ।
-- तयार पारेको क्याल्सियम क्लोराइडको घोललाई प्लाष्टिकको भाँडा (बाटा वा बाल्टी) मा खनाउने र गाजार डुब्ने गरी राख्ने ।
-- सबैतिर राम्रोसँग घोल प्रयोग गर्नका निम्ति गाजरलाई ओल्टाई पल्टाई गर्ने । गाजरलाई १५ मिनेट समयसम्म उक्त घोलमा राख्नु पर्छ ।
-- उपचार गरिएको गाजरलाई कोठाभित्रकै हावामा सुक्न दिने ।
-- यसरी राम्रोसँग पानी तारी सकेको गाजरलाई क्रेटमा राखी ०–१˚ से. तापक्रम र ९५% सापेक्षिक आद्र्रतामा भण्डारण गर्नु पर्दछ ।