Latest From our Blog
हे: आहाराको कमि हुदा अभाव पूर्ति गर्ने सजिलो तरिका!
घाँसको पौष्टिकता र उत्पादनलाई कम हुन नदिई उपयुक्त समयमा हरियो घाँस काटेर घाम वा छायामा सुकाई सुरक्षित गरी राखेको सुकेको घाँसलाई हे भनिन्छ । घाँसको किसिम अनुसार यसलाई लेग्युम हे, नन लेग्युम हे र मिश्रित हे भन्न सकिन्छ । हे बनाउनका लागि नरम खालको डाठ हुने घाँस उपयुक्त हुन्छ । जस्तै दिनानाथ, जै, बरसिम, भेच, बोडी, लुसर्न, गिनी, स्टाइलो, मोल्यासेस, सिग्नल, सिराट्रो, सटेरिया आदि । लगभग १० प्रतिशत जति फूल फूल्ने बेलामा घाँस काटेर घाममा सुकाउनु पर्दछ । पानीमा नभिज्ने र छिटो सुक्ने गरी बनाएको हे राम्रो गुणस्तरको हुन्छ । हे बनाउनको लागि उपयुक्त घाँसहरु हे बनाउनको लागि पातलो...
Read Moreएक उत्कृष्ट डाँलेघाँस काब्राे (Ficus Lacor) को बारेमा बुझौ!!
काब्रो झण्डैझण्डै सदाबहारको रुपमा देखिने सानो रुख हो । यसको बोक्रा खैरो र चिप्लो हुन्छ । यसमा ठाडा–ठाडा रेखाहरु हुन्छन् । यो रुखमा झुण्डिरहेका जराहरु हुन्छन् र जराहरु हावामा हल्लिरहन्छन् । यसका पातहरु अण्डाकारदेखि दीर्घाकारसम्म हुन्छन् । पात आठ देखि २० सेन्टिमिटर लामो हुन्छ । यसका किनारा चिप्लो हुन्छ । यस्तै भेट्नाे चारदेखि पाँच सेन्टिमिटरसम्म लामो रहन्छ र भाँच्दा दुध निस्किन्छ । डालेघाँसका लागि पातलाई फागुनदेखि असारसम्म काटिन्छ र नयाँ पातहरु बैशाखमा देखा पर्छन् । यसका फूलहरु भाले, पोथी र बाँझो हुन्छन् । फल खोक्रो मांसिलो अन्जीरको रुपमा रही गोलो आकारको...
Read Moreडालेघाँस टाँकी (Bauhinia purpurea) सम्बन्धि केहि जानकारी!!
टाँकी एक नरम पातभएको दुधालु पशुहरुको लागि राम्रो कोशे डालेघाँस हो । सबैजसो ठाउँमा टाँकी नै भनेर चिनिन्छ । यो डालेघाँस मध्य पहाडदेखि बेंसी, टारहरु र भित्री मधेस आदि सबै ठाउँमा पाईन्छ । यस्को प्रसारण बीउबाट नै राम्रो हुन्छ बीउ सोभैm चाहेको ठाउँमा रोपे पनि हुन्छ र पोलिथिनको थैलोमा उमारेर नर्सरीमा एक वर्ष हुर्किएपछि बारीको कान्ला, खेतको छेउछाउ आदिमा सार्दा राम्रो हुन्छ । यो डाले घाँस बीउ रोपेको २–३ वर्ष भित्रमा नै हाँगा काटेर पशुलाई खुवाउन सकिन्छ । मलिलो ठाँउमा छिट्टै हुकर्ने हुनाले धेरै वर्ष कुरिरहनु पर्दैन । यो डाले घाँस सबै मौसममा खुवाउन सकिन्छ तर आश्विनदेखि...
Read Moreभेच (Vetch) Vicia sativa घाँस सम्बन्धि जानकारी!!
परिचय : भेच घाँसको खेती नेपालका तराई तथा मध्य–पहाडी जिल्लाहरूमा सफलतापूर्वक गर्न सकिन्छ । यो घाँसको बीउ झण्डै मासको बीउ जस्तै र घाँस चाहिँ मसुरो वा कुटिलकोसासँग मिल्दोजुल्दो हुन्छ । कोसे घाँस भएकाले यो पोषिलो हुन्छ । यसले एक हेक्टर खेती गरिएको जमिनमा ११० के.जी.सम्म नाइट्रोजन स्थिरीकरण गर्न सक्दछ । भेचलाई हरियो मलको रूपमा पनि प्रयोग गर्न सकिन्छ । भेचको बीउमा ‘साइनोजेनिक एमिनो एसिड’ पाइन्छ । यसैले भेचको बीउलाई पशु आहाराको रूपमा धेरै मात्रामा खुवाउनु हुन्न । यसको स्वाद केही टर्रोहुने भएकाले सुरूमा भेचमात्र पशुबस्तुले रूचाएर खाँदैनन् । त्यसैले अन्य...
Read Moreबाँदर भगाउने पोषिलो मोलासेस घाँस बारे बुझौं!! कहाँ बाट लिने?
यो घास मोलासेस (mellinis minutiflora) बहुवर्षिय अकोशे घाँस हो । नेपाल को तराई तथा मध्ये पहाड या समुन्द्री सतहदेखि १५०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ ।जातहरु :-वान्को,चेनिया,कोमुम, राक्सो , किटाले आदि माटो : सबै खालको माटोमा लगाउन सकिन्छ ।भूक्षय गयेको जमीन , नदिकटान गरेनी ठाँउ को जमिन उप्युक्त हुन्छ । बीउको मात्रा : ५ देखि ६ के.जी प्रति( २० रोपनी को लागी ) हेक्टर यसको बिउ धेरै हल्का हुन्छ। लगाउने समय : जेष्ठ देखि असार पहिलो साताभित्र सम्म लगाउन सकिन्छ ।लगाउने तरिका : यसको धेरै बीउ हल्का हुने भएकोले माटो वा बालुवा सँग मिसाएर छर्नुपर्दछ । छरिसकेपछि हल्का माटो चलाएर...
Read More