Latest From our Blog

बाँदर भगाउने पोषिलो मोलासेस घाँस बारे बुझौं!! कहाँ बाट लिने?

यो घास मोलासेस (mellinis minutiflora) बहुवर्षिय अकोशे घाँस हो । नेपाल को तराई तथा मध्ये पहाड या समुन्द्री सतहदेखि १५०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ ।

जातहरु :-वान्को,चेनिया,कोमुम, राक्सो , किटाले आदि 

माटो : सबै खालको माटोमा लगाउन सकिन्छ ।भूक्षय गयेको जमीन , नदिकटान गरेनी ठाँउ को जमिन उप्युक्त हुन्छ । 

बीउको मात्रा :
५ देखि ६ के.जी प्रति( २० रोपनी को लागी ) हेक्टर यसको बिउ धेरै हल्का हुन्छ। 

लगाउने समय : जेष्ठ देखि असार पहिलो साताभित्र सम्म लगाउन सकिन्छ ।

लगाउने तरिका :
यसको धेरै बीउ हल्का हुने भएकोले माटो वा बालुवा सँग मिसाएर छर्नुपर्दछ । छरिसकेपछि हल्का माटो चलाएर छोपिदिने । बिदेश मा यो घास हेलिकप्टर बाट पनि छर्ने गरिन छ। यो घास भूक्षय नियन्त्रण को लागी अती उप्योगी मानिन्छ । 

कटाई तथा उत्पादन
:- लगाएको ७५ दिनपछि पहिलो पटक काट्न सकिन्छ ।
:-प्रति हेक्टर हरियो घाँस उत्पादन २० देखि ३० टन सम्म हुन्छ .। कार्तिक महिना मा यश्को विउ पाक्छ । 
:- यो घास मा १० % कुल प्रोटिन हुन्छ ।
:- यो घास मा अक्जालेट नामक बिसालु पदार्थ भए पनि खास असर गर्दैन ।


उपयोग -
यो घास हे बनायर खुवाउदा राम्रो हुन्छ ।

यो घास मा च्याप च्याप लाग्ने पदार्थ हुन्छ । राम्रो बास्ना हुने खाल्को यो घास पोसिलो काम भए पनि बादर को शरीरमा यस्को च्याप च्याप लाग्ने पदार्थ लाग्ने हुँदा यो लगायको ठाउ मा बादर आउन डराउछ । त्यस कारण यस घास लागी बादर भगाउने घास भनियको हो ।

यो घास को बिउ को लागी सम्पर्क :-
पाल्पा घास बिकास संघ , चिदिपानी पाल्पा , दाङ , हेटौंडा , मुकुन्दपुर नवलपरासी मा यस्को बिउ को श्रोत केन्द्र रहेको छ । विभिन्न निजि एग्रो भेट हरु ले पनि बिक्रीवितरण गर्ने गर्दछन।
यो घास एक जना ले एक दुइ रोपनी लगाउनु भन्दा ठुलो सामुदायिक चरण क्षेत्र , सामुदायिक बन लगायत मा ठुलो क्षेत्र लियर सामुदायिक रूपमा लगाउदा राम्रो हुने छ ।