Latest From our Blog

फलफुलको बोटमा लगाउने बोर्डो पेस्ट मिश्रण (१%) बनाउने तरिका!!

एक प्रतिशतको बोर्डो मिश्रण तयार गर्न १० ग्राम चुन १ लिटर पानीमा घोलेर बनाउनु पर्दछ। निलोतुथो १० ग्राम, चुन १ लिटर पानीमा घोलेर बनाउनु पर्दछ। निलोतुथो पग्लन समय लाग्ने हुनाले रातभरी पानीमा राखी पग्लन दिनु पर्दछ। प्लाष्टिकको बाल्टिनमा एक लिटर पानीमा २०० ग्राम निलोतुथो र प्लाष्टिकको अर्को बाल्टिनमा एक लिटर पानीमा २०० ग्राम चुना राखेर छुट्टाछुट्टै घोल्नु पर्दछ। यसरी बेग्ला बेग्लै भाडामा पगालेको निलोतुथो र चुनालाई तेश्रो प्लाष्टिकको बाल्टिनमा मिसाएर घोल तयार गर्नु पर्छ। यसको लागि निलोतुथो र चुनको गोल संगसगै बराबर रुपमा मिसीने गरी खन्याउदै जाने र अर्को...

Read More

काक्राे तिताे किन हुन्छ?? एस्तो पो रहेछ कारणहरु! share गर्न नभुल्नु होला नि!

कुकुरबिट परिवार अन्तर्गत पर्ने काक्रो मा एक प्रकारको तत्व पाईन्छ जसको कारण काक्रो तितो हुने गर्दछ | सो तत्व हो (cucurbitacins ) कुकुरबिटासिन्स | यो तत्व कसैको पात तथा कसैको काण्डमा त कसैको फलको भेटनुमा बढी हुने गर्दछ | प्राय काक्रो मा यो तत्व बढी हुदा फल नै तितो हुने गर्दछ| किन तितोपना बढ्छ त ?अत्याधिक ताप : गर्मि मौसममा ताप बढ्ने हुदा तापीय असर ले काक्रो मा तितोपना बढ्छ |अनियमित पानीको मात्रा : लामो समय सम्म खडेरी हुनु र त्यसपछि अत्याधिक बर्षात हुदा पानीको अनियमिता हुने हुन्छ यो कारण ले पनि तितोपना बढने गर्दछ |तापक्रम को अनिमियता : कहिले एकदम तापक्रम बढी ताप बढी हुने र कहिले चिसो...

Read More

यूरिया मोलासेस मिनिरल ढिक्का चटाऔं, दूध बढाऔं । 

    परिचय:: सुख्खा मौसममा हरियो घाँसपातको कमि हुने हुँदा गाई भैंसीलाई पौष्टिक तत्वहरु अपुग हुन्छ र पशुवस्तले धेरै दुध दिन सक्दैनन् । यस्तो अवस्थामा गाई भैंसी लगायत उग्राउने पशुहरुको उत्पादन बढाउनको लागि पशुहरुलाई यूरिया मोलासेस मिनिरल ढिक्का खुवाउन सकिन्छ ।    किन खुवाउने युरिया–मोलासेस मिनिरल ढिका ? सुख्खा मौसममा पौष्टिक तत्वहरुको स्रोतको रुपमा काम गर्छ । पशुहरुलाई चाहिने खनिज पदार्थहरुको आवश्यकता पुरा गर्छ ।  दुधालु पशुहरुको दुध उत्पादन बढाउँछ ।  हुर्केको पशुहरुको शारीरिक बृद्धि बढाउँछ ।  बाँझोपनलाई घटाउँछ ।    बनाउने सामग्री र...

Read More

स्वस्थ धानको बीउ छानौं, उत्पादन बढाऔं!!

धानबालीमा धेरै किसिमका रोगहरु लाग्दछन् । ती मध्ये केही बीउबाट सर्दछन् । सवै किसिमका रोगहरु बीउको गुणस्तर र स्वास्थ्यमा असर पार्दछ । जसको कारण बीए रोगी हुन्छ । रोगी बीउ साधारणतया साना आकारका, विग्रिएका, चाउरिएका, दाग भएका र सेप्रा हुन्छन् । त्यस्ता बीए स्वस्थ बीए भन्दा तौलमा हलुका हुन्छन् । यदि हलुका बीउहरु छुट्याएर गह्रौं बीउलाई मात्र बीउको रुपमा प्रयोग गरेमा धानको उत्पादन र गुणस्तर बढ्छ । स्वस्थ धानको बीउ छान्ने विधि:: ३ लिटर पानीमा लगभग ५०० देखि ६०० ग्राम नून एउटा बाल्टीनमा राम्ररी घोल्ने (मसिनो धानको लागि ५०० ग्राम र मोटा धानको लागि ६०० ग्राम) घोलिएको नून...

Read More

व्यवसायिक तरकारी तथा फलफुल खेतीको लागि मल्चीङ्ग प्रबिधि!!

तरकारी तथा फलफूल खेतीको लागि झारपात र पानीको कमी मुख्य व्यावधान हुन् । शोध र अनुसन्धानबाट यो थाहा हुन आएको छ कि झारपातको कारणले गर्दा तरकारी खेती उब्जनीमा भारी क्षती पुग्छ जसले गर्दा उत्पादन लागत पनि बढ्न जान्छ । उत्पादन बढाउन तथा पानी संचयको लागि मल्चीङ्ग धेरै नै सहयोगी हुने गरेको छ । माटोलाई सुकेको पातहरू, हाँगा र अन्य झारपात आदिद्वारा छोपेर राख्नु नै मल्चीङ्ग हो । प्लाष्टिक शीटद्वारा मल्चीङ्ग गर्नु एक उत्कृष्ट विधि हो ।                                 प्लाष्टिक मल्चीङ्ग अन्य मल्चीङ्ग भन्दा बढी प्रभावकारी पनि हुन्छ र यसबाट हुने लाभहरू निम्न...

Read More