Latest From our Blog
कसरी कम गर्ने विषादीको असर ??
कस्तो तरकारी किन्नुहुन्छ ? टलक्क टल्किने र ताजा देखिने तरकारी सबैको रोजाइमा पर्छ । तर यस्तै तरकारीमै विषादीको मात्रा बढी हुन सक्ने विज्ञहरूको भनाइ छ । बरु अलिअलि किरा लागेको, मध्यम आकारको, बांगोटिंगो, सामान्य चमक भएको तरकारीमा कम विषादी हुन सक्छ । बेमौसमीको दाँजोमा मौसमी तरकारी र फलफूलमा विषादी कम हुन्छ । नेपाल कृषि अनुसन्धान परिषद्, बागवानी अनुसन्धान महाशाखाका प्रमुख ईश्वरीप्रसाद गौतमका अनुसार बेमौसमी तरकारी फलफूलमा धेरै किरा लाग्ने भएकाले किसानले अत्यधिक विषादी हालेका हुन्छन्। ‘तरकारी किनेर ल्याएपछि १–२ दिन फ्रिज वा चिसो ठाउँमा राखेपछि उपयोग गर्नु...
Read Moreअण्डा कति खाने ? कसरी खाने??
अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । तर एकदिनमा कति अण्डा खानुपर्छ र पकाउने सही तरिका के हो भन्नेबारेमा तपाईंलाई थाहा छ ? या धेरै अण्डाले हानी गर्न सक्छ ? चिकित्सकहरु पोषक तत्वले भरपूर भएकाले खानामा अण्डा सामेल गर्न सल्लाह दिन्छन् । यो भिटामिन ए, बी, डी र बी १२ का अलावा लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्वले भरपूर हुन्छ । आँखाका लागि पनि अण्डा सेवन उपयोगी मानिन्छ । बेलायतका डाइटिसियन डा. फ्र्यांकी फिलिप्सका अनुसार एक दिनमा एक या दुइ अण्डामात्र खान सकिन्छ । उनी भन्छन्, ‘धेरै अण्डा खाँदा डराउनुपर्दैन । तर के ध्यान दिनुस् भने कुनै पनि खानेकुरा बढी खानु भनेको अरु...
Read Moreदसैंमा खानपान कसरी स्वस्थ राख्ने??
२०७४-दसैं पनि आयो । दसैंतिहारजस्ता ठूला चाडबाडको नाम सुन्नासाथ प्राय: सबैलाई साथीभाइसँगको रमझम, पुख्र्यौली थलोको यात्रा, भेटघाट, अरू रामरमाइलोको झल्को आइहाल्छ । अरू ठूला पर्वजस्तै दसैं हाम्रा लागि स्वादिलो, गरिष्ठ, मसलादार, बोसो, चिल्लो खानपानमा रमाउने समय पनि हो । सामान्य स्वस्थ व्यक्तिले स्वच्छ र सन्तुलित मात्रामा यस्तो खानपान लिए खासै फरक पार्दैन । तर बालबालिका, बूढापाका र नसर्ने रोग भएकाहरूले भने सचेत हुनुपर्छ । यस्ता व्यक्तिका लागि भने यस्तो असन्तुलित काम जोखिमपूर्ण हुन्छ । कहिलेकाहीं त ज्यानै जोखिममा पर्नेसम्म हुन सक्छ । विज्ञहरूका अनुसार, केही...
Read Moreकुन रोग लाग्दा कस्ता फलफूल खाने ?
आजकालका मानिसहरुलाई थुप्रै प्रकारको रोगले घेरेको छ । मधुमेह, उच्च रक्तचाप, थाइराइडजस्ता रोग ४० कटेका मानिसहरुबिच सामान्य जस्तै भइसकेको छ । नेपालीहरुको खाने तरिका अलि भिन्न छ । दाल, भात, तरकारी खाँदा शरिरलाई चाहिने सबै पौष्टिक तत्वको परिपूर्ती हुन्छ भन्ने मान्यता अहिलेसम्म नै कायम छ । धेरैजसो नेपालीहरुमा फलफूल खाने बानीको विकास भइसकेको छैन । धेरैजसो मानिसहरुले फलफूललाई चाडबाडको बेलामा मात्र खाने गरेको पाइन्छ । अर्कोतर्फ, कस्तो रोग लागेका व्यक्तिले कस्तो फलफूल खानुपर्छ भन्ने कुराको ज्ञान नहुँदा पनि मानिसहरुले कुनै पनि फलफूल नखाने गरेको पाइएको छ । एक त फलफूल...
Read Moreविज्ञापनले बिगार्यो बानी: ‘कर्नफ्लेक्स’ हैन मकै-भटमास खाउँ !!
टेलिभिजन च्यानलहरुमा दिनहुँ विभिन्न सप्लिमेन्ट, टनीक र डिब्बा बन्द ‘पौष्टीक पदार्थ’हरुका विज्ञापन प्रशारण भइरहेका हुन्छन्। कतिपय विज्ञापनमा कुनै सेलीब्रेटीबाट भन्न लगाइएको हुन्छ, ‘५० बर्षपछि घरको खानाले तपाईलाई पोषण पुग्दैन । तपाईले बाहिरको प्रोटिन, भिटामिन, सुक्ष्म तत्व भएको खाना खानुपर्छ । पौष्टिकताले भरपुर यो चिज खानुस्, तपाईको माइसपेशी र हड्डी बलियो बन्छ ।’ विज्ञापनले औँल्याएको प्याकेट, सिसी या डिब्बावाल खाना खाएपछि बच्चाले फुटबलमा गोल गरेको, पढाईमा फर्स्ट ल्याएको या बृद्ध-वृद्धा तन्दुरुस्त र भएको देखाउन खोजिएको हुन्छ । त्यस्ता विज्ञापन...
Read More