Latest From our Blog
प्राङ्गारिक खेतीको लागि बरदान साबित हुदै Waste Decomposer!! कसरी प्रयोग गर्ने? कहाँ पाइन्छ??
रासायनिक खेतीमा प्रयोग गरिने विभिन्न मल तथा विषादीका कारण दिन प्रतिदिन खेतीयोग्य भूमि मर्दै गएको छ भने यसैको कारण वातावरण दूषित हुनुको साथै मानव तथा संपूर्ण जीवजगतको स्वास्थ्यमा खतरनाक प्रभाव परिरहेकोछ ।कुनै दिन पृथ्वी माथि नै संकट नआउला भन्न सकिन्न।यसको प्रमुख कारणहरु मध्य रासायनिक खेती पनि एक हो।तसर्थ खेती पद्धतिमा परिवर्तन गरी प्राङ्गारिक खेतीको पद्धति अंगीकार गर्नु नितान्त आवश्यक हुन आएको छ।
प्राङ्गारिक खेती जसलाई जैविक खेती,प्राकृतिक खेती भनिन्छ,मा रासायनिक मल,विषादी जस्ता उर्वरक तथा नियन्त्रक कुनै पदार्थ प्रयोग गरिंदैन। प्राङ्गारिक बस्तुहरुबाट उत्पादित मल मात्र प्रयोग गर्न पाइन्छ।गोबर मल,कम्पोष्ट मल, भर्मी कम्पोष्ट, भर्मीवाश,हरियोमल आदि प्राङ्गारिक मल मात्र पयोग गर्न सकिन्छ।
राष्ट्रीय जैविक खेती केन्द्र गाजियवाद भारतबाट उत्पादित Waste Decomposer बाट कुनै पनि प्राङ्गारिक मल उत्पादन गर्न अति सजिलो भएकोछ।साथै जैविक सुक्ष्मतत्व, जैविक विषादी, जीवामृत बनाएर प्राङगारिक मलको रुपमा प्रयोग गरी जैविक खेतीलाई पूरा मदत गर्न सकन्छ।।घर भित्र बाहिर, खेती गरेको खेतबारीबाट प्राप्त कुनै पनि जैविक फहोरलाई अति उपयुक्त मानिन्छ।।
यो डिकम्पोजर कल्चरलाई एक पटक किने पछि पुस्तौंपुस्ता सम्म multiply गर्दै जान सकिन्छ। किनिरहनु पर्दैन।हामीले किनेर वा मागेर होस् व्यवस्था गर्ने गुण/ भेली नै हो।
एकलिटर कल्चरबाट दश लिटर कल्चर बनाउन सकिन्छ। यसकोलागि कुनै माटोको वा प्लाष्टिकको भाँडोमा ९ लिटर पानी मा १००- १५० ग्राम कालो भेली घोलेर त्यसमा डिकम्पोजरको कल्चर राखेर चलाउने, बिहान बेलुकी ३-४ दिन चलाउने,मुख ढाक्ने तर हावा बन्दी गर्नु पर्दैन। गर्मी समयमा ३-५ दिनमा र जाडो समयमा ७-१० दिनमा तयार हुन्छ।
Waste Decomposer को प्रयोग
१- माथि भनिएझैं तैयार गरिएको डिकम्पोजरको घोललाई सोझै बालीनालीमा स्प्रे गर्न सकिन्छ, यसरी स्प्रे गर्दा बालीकोलागि मल र रोग तथा कीरा व्यवस्थापनमा सहयोग पुग्दछ। ध्यान दिनु पर्ने कुरा के छ भने तत्काल तैयार गरिएको घोल छ भने १००% स्प्रे गर्नसकिन्छ तर २०-३० दिन भन्दा पुरानो घोल छ भने ५०% को घोल बनाएर स्प्रे गर्न सकिन्छ। पुराने घोल १००% स्प्रे गर्दा बिरुवाको पात जलाइदिन सक्छ।
२- स्प्रे गर्न संभव नभए वा भए पनि सिंचाईको पानी संग दिने सजिलो तरिका हो।पानीको स्रोत कुलो वा मोटर बाट खेतमा पानी झर्ने मुहानमा कुनै तरीक़ाले तुरुरु झर्ने बनाएर पानी संग दिंदा खेत/बारीमा जताततै पुग्न सक्छ।यसरी दिएको
डिकम्पोजरले के गर्छ त??
क- माटोमा भएका प्राँगारिक पदार्थहरुलाई कुहाएर बालीबिरुवाले लीन सक्ने ह्यूमसमा परिपर्तन गरिदिन्छ।
ख- माटो खुकुलो बनाइदिन्छ र खनजोत गर्न सजिलो हुन्छ।
ग- माटोमा गड्यौला तथा अन्य उपयोगी सुक्ष्मजीवको संख्य बढाई दिन्छ।
घ- माटोमा चिस्यान कायम राख्दछ
३-गाई वस्तुको गोबर,सोत्तर,घर भित्र बाहिरबाट निस्कने सबैखालका प्राँगारिक अवशेषहरुलाई उत्तम मल बनाउन यो घोल छर्न सकिनछ।सामान्य मलको थुप्रोमा कुहिन ३-४ महीना लाग्ने मलको थुप्रोमा डिकम्पोजर राखेर ४०-५० दिनमा उत्तम मल बन्दछ।यस बीचमा मल पल्टाउँदै डिकंपोजर छर्कंदै गर्नु पर्दछ।
Waste Decomposer को प्रयोग गरेर विभिन्न मल,सुक्ष्म तथा खनिजतत्वहरु बनाउँन सकिन्छ।
१- जीवामृत,
२- जैविक विषाद,
३-जैविक सूक्ष्मतत्व,
४- झोलमल,
५-शक्तिशाली अमृतजल तथा अन्य मल, सुक्ष्मतत्व, एन्जाइम र विषादीहरु बनाउन सकिन्छ।
Contact:: कृष्ण मुरारी घिमिरे
9845066988 or 9840505828