Latest From our Blog

बोएर बाख्राको बारेमा सत्य तथ्य बुझौ! फेस्बुके दलालहरुले ठग्लान, होसियार!!

 बोएर बाख्रा मासु उत्पादनका लागि बिकास गरिएको बाख्रा हो । यो बाख्रा दक्षिण अफ्रिकाको स्थानीय बाख्रा लागि विकसित गरिएको जात हो । यो बाख्रा दक्षिण अफ्रिकामा किसानको बाख्रा नामले चिनिन्छ । टाउको देखि घाटी सम्मको भाग रातो अनि अरु भाग पूरा सेतो हुने यो बाख्रा २ बर्षमा ३ पटक ब्याउछ । आमाले बच्चालाई राम्रो सग दुध पुराउन सक्ने यो जात अती छिटो बढने दैनिक २३५ ग्राम सम्मका दरले मासुमा बोसो नहुने हुनाले यस लाई कोलेस्त्रोल फ्री मासु पनि भनिन्छ ।

सुख्खा ठाउमा राम्रो सग हुर्कन सक्ने यो बाख्राले चिसो अनि आन्तरिक प्ररजिबि( नाम्ले ,माटे ,जुका ) सहन सक्दैन ।त्यस कारण यो बाख्रा नेपालमा चिसो हावा पानी भएको ठाउमा पाल्दा ख्याल गर्नु पर्छ । यो बाख्रा नेपालको हकमा कुरा गर्दा चरायर भन्दा बधुवा पद्दती बाट पाल्दा फाइदाजनक हुन्छ । किन कि यो बाख्राले हाम्रो देशमा भएको बिसालु घाँसहरु चिन्न सक्दैन । यो बाख्रा लाई बिष लागेको खण्डमा बचाउन गाह्रो हुन्छ । आज सबैभन्दा बढी माग हुने बाख्रामा यो पर्दैछ। आज संसारका धेरै देशमा यो बाख्रा पुगेको छ। धेरै देशहरुमा पुगेको भए पनि हाम्रो दक्षिण एयियामा भने भारत यो बाख्रा सिधै नल्याई भुर्ण प्रत्यारोपण (एम्बृयो टान्स्फर ) गरि निबम्बाकर नामक कम्पनी ले बिकास गरेको छ । सार्क रास्ट्रहरुमा भारत पछी नेपाल हो। यो बाख्रा ल्याउने देश ।भुटान बङलादेशहरुमा भर्खर मात्रै बोएर लगिएका छन ।

नेपालमा सर्ब्प्रथम सिड नेपाल नामक गैर सरकारि सस्थाले अमेरिका बाट भित्र्यायेको हो । यो बाख्रा सुरुमा लम्जुङको सुन्दरबजार क्षेत्रमा स्थानीय जात सग यो जातको बोका क्रस गराइ बिकास गरेको थियो । भारत बाट बागमति बोएर फर्म ,धार्के ले पहिलो पटक नेपालमा यो बाख्रा को ब्याबसायिक कार्य सुरु गरेको हो । नेपालमा समुदायले यो बाख्राको बिस्तारमा सुन्दर बजार , दाङ ,पेखु लगायतको भुमिका महत्त्वपूर्ण रहेको छ। शाहीकालमा कृषि मन्त्री केसर बिष्टले नार्क ( बन्दिपुर बाख्रा अनुसन्धान केन्द्र ) लाइ अनुसन्धान गर्न लगायका थिए । हाल नेपालमा बोएर बाख्रा को धेरै चर्चा अनि कुरा हुने गरेको पाइन्छ ।

सरकार तबर बाट नेपालमा खाद्य सुरक्षा , किसानको लागी बीउले मात्रै सरकारि तबर बाट बोएर बाख्रा नेपाल ल्यायेका छ्न। निजि क्षेत्र बाट हाल सम्म ५ वोटा फार्म हरु ले बोएर बाख्रा नेपाल भित्र्याउन सफल भएको छ।हाल सम्म एउटा मात्रै फर्म ले( जगत पुर एग्रो फर्म ) दक्षिण अफ्रिका बाट बोएर भित्र्याउन सकेको छ। अरुले अस्ट्रेलिया बाट बोएर भित्र्यायेको पाइन्छ । नेपालमा कस्ले कति अनि कुन देश!बाट बोएर बाख्रा भित्र्यायेको छ जान्नको लागिपसुसेवा बिभाग , हरिहर भवनमा जानकारी लिदा अधिकारिक श्रोत मानिन्छ । यो बाख्रा नेपालमा धेरै भागमा फैलिएको भए पनि हाल बोएर बाख्राको नाममा धेरै किसान हरु ठगीयेको खबर सुन्न अनि देखन थालीयेको पाइन्छ ।

शुद्ध बोएर जन्मनको लागि बोका पनि सुद्द अनि माउ पनि सुद्द बोएर हुनुपर्छ । सुद्द बोका बाट क्रस भइ स्थानीय माउ बाख्रा सग क्रस जन्मेको बोएर ५० % मात्रै हुन्छ। आज काल एउटा बोका ल्यायेर रातो टाउको भएको क्रस बाख्रा सुद्द बोएर भनी बिक्रीवितरण गरेको देखन अनि सुन्न पाइन्छ । हाम्रो अनुरोध छ । बोएर सुद्द हुन्न एज जोडी माउ बोका भएको फार्मबाट मात्रै बोएर खरिद गर्नु होस हतारहतार होइन राम्रो सग बुझेर मात्रै लगानी गर्नु होस । राम्रो जाने बुझे को बाख्रा को जानकारी भएको ब्याक्ती सग जानकारी लिनुहोस।

बिदेश बाट आएको भन्दै मा पनी राम्रो बोएर हुन्छ भन्ने भरम हटाउन अबस्क छ।कस्तो खालको फार्म हो त्यो फार्म वास्तविक कुरा केहो राम्रो सग जानकारी लिनु होस । बोएर लाई २ लाख मात्रै होइन १५-१८ लाख सम्म पनि पर्छ ।एउटा बोकाको कुरा गुणस्तर अनुसार मुल्य राखीयेको हुन्छ।

आजकाल बोएर को बजार राम्रो देखेर केही ब्याक्तीहरु फेस्बुके फार्म खोलेर ठग ठाग काम गरेको पाइन्छ । एउटा फार्म के बिदेश बाट बाख्रा ल्याउदैछ भनेने कुरा थाहा पायपछी माग सकलन गरि बढीमा अरुलाई बिक्रीवितरण गर्नेहरु सग होशियारपूर्वक खरिद गर्नु हुन समेत अनुरोध गरिन्छ।

साना ब्याब्सायी साथीहरुले सुद्दको लागी धेरै रकम खर्च गर्नु भन्दा क्रस बोएरहरु लगेर बोएर बिकास गर्दा राम्रो नतिजा आउनेछ । यो बाख्रा बोएर बाख्रा नेपाल सरकारको नार्कले अझै अनुसन्धान गरिरहेको छ। हाल सम्मको नतिजाले कालाहारी redboer को गुण किसानको लागि फाइदाजनक देखियेको छ। तर पुर्ण रूपमा नतिजा आउन बाकी छ ।


सुशील अर्याल
युवाहरुको लागि बाख्रा गाउँ अभियान , वालिङ ,स्याङ्जा )