Latest From our Blog

लाही किराको सक्रमण बढ्दै छ के गर्ने त?? सबै किसानलाइ काम लाग्ने जानकारी!!

अहिले लाहीको सक्रमण बढ्ने बेला हो , प्राय धेरै हानी सागवर्ग र काउली समुहको तरकारी मा यसको छेति बढी देखिने हुन्छ | मसिना , नासपाती आकारको यो किरा , नरम शरीर हुने खालको हुन्छन , प्राय पात , काण्ड , बढ्ने भाग , सलाद को साग ( लेत्तुस ) को जरा त स्याउको बोक्रामा समेत लाहीले आक्रमण गर्ने सोभाबका हुन्छन | समुह मा बस्ने , पखेटा बिहिन यी किरा को करिब ४००० प्रजाति हुन्छन | लाही प्राय देखिने भागमा बस्दैनन् , पातको तल्लो भाग वा घुम्रेको , वा कुन काप्चामा बस्दछन|

लाही ले पात वा काण्डको रस चुसेर खाने गर्दछ भने यस्ले मुख्य रुपमा भाइरस रोग फैलाउने काम मा भेक्टर को रुपमा ठुलो भूमिका खेलेको हुन्छन | यिनी हरुले निकाल्ने मह जस्तो प्रदार्थ जस्ले कमिला र स्याउमा सुटी माउल्ड को बढावा गर्दछ |

रोकथाम :

- साग वा काउली खेति गरिने क्षेत्र ओरिपोरी धेरै नेक्टर (फूल रस ) निकाल्ने बिरुवा रोप्ने जसको कारण चरा, स्त्री स्वभावको खपटे किरा , hoverflies , wasp लाई आकर्षित गर्दछन र तिनीहरुले लाही लाई खाने गर्दछ |

- कम्तिमा पनि हप्ताको २ चोटी आफुले लगाएको तरकारी बालि मा लाही लागेको छ , छैन सो को निगरानी र पातको तल्लो भागमा जाच गर्नुस |

- तोरी र सर्स्यु लाहीको प्रमुख बासस्थान भएको हुदा ओरिपोरी यसको खेति नगर्दा राम्रो हुन्छ |

- धेरै मात्रामा नाइट्रोजन मा आधारित मल प्रयोग नगर्नुस जस्ले पातको संख्या बढाउने कार्य गर्छ र बिस्तारै release हुने मल र प्रांगारिक मल को प्रयोग गर्नुस |

- लाहीको सक्रमण ज्यादा भएको भाग लाई काटी फाली दिनुस |
- स्त्री स्वभाब का खपटे किरा , कमिला , lacewings, र parasitic wasps को संख्या लाई बढावा गर्नुस |

- साबुन पानी, कडा रुपमा स्प्रे गन ले समेत लाही लाई पखाल्न सक्दा छ तसर्थ यिनी हरुको प्रयोग गर्नुस |
- गोदावरी फूल :यो फूलमा पाइरेथ्रोइड्स– साइनेरिन भन्ने कीरा मार्ने पदार्थ पाइन्छ । २५० ग्राम जति यसको काँचोपातलाई काटेर २४ घण्टा भिजाउने वा आधा घण्टाजति पकाउने । त्यसमा ३० ग्राम जति साबुनको टुक्रा राख्ने र राम्ररी घोल्ने । त्यो मिश्रण १ भागमा ४ भाग पानी मिलाएर कम्तिमा ३ पटक छरेमा लाही, पतेरा, फेद कटुवा जस्ता किराको व्यवस्थापन गर्न सकिन्छ ।

- निम :५ ग्राम (१ चिया चम्चा) मन तातो नीमको तेल, २.५–५ ग्राम (०.५–१ चिया चम्चा) घोलक (Emulgator) र २.५ ग्राम (आधा चिया चम्चा) सर्जिकाक्षार (Natron) १ लिटर पानीमा मिलाउने । हरेक १० दिनको फरकमा प्रयोग गर्दै जानु पर्छ | निमको धुलो ३०–५० ग्राम/ली. पानीमा १०– १५ घण्टा भिजाएर छरेमा धेरै प्रकारका हानिकारक कीराहरूको व्यवस्थापन हुन्छ ।

- गाइ को गहुत १ भाग , साबुन पानी १ भाग , खुर्सानी १ भाग गरि मिसाउने र १० भाग पानी मा पुन : मिसाएर छर्नु

- लाही लाई प्याज , लसुन , सयपत्री को गन्ध मन नपर्ने हुदा खेति ओरिपोरी यो लगाउनुस |

रासायनिक बिसादी::

--छुमा गार्ड Chumma guard =०.५एम. एल. ं एग्री निम Agrineem स्टीकर=0.5 ml प्रति लिटर पानीमा मिसाएर १० दिनको फरकमा २ चोटि स्पे्र गर्ने ।

--अन्तिम हतियारको रुपमा तल दिएको मध्य कुनै पनि रासायनिक बिषादी प्रयोग गर्ने । 

बु्रडर Brooder( Imidacloprid 17.6% SL) = 0.5 ml स्टीकर= 0.5 ml प्रति लिटर पानीमा मिसाएर ७ देखि १० दिनको फरकमा २ चोटि स्पे्र गर्ने ।

  • एडमाईर Admire or GOSS ( Imidacloprid 70% GR)= २ ग्राम स्टीकर= 8 ml प्रति १५ लि. पानीमा मिसाएर ७ देखि १० दिनको फरकमा २ चोटि स्पे्र गर्ने ।
  • उलाला Ulala (Flonicamid 50% WG) = ०.३ ग्राम ं स्टीकर ०.५एम. एल. प्रति लिटर पानीमा मिसाएर ७ देखि १० दिनको फरकमा २ चोटी छर्न सकिन्छ ।