Latest From our Blog

स्थानीय स्तरमा पाइने बकाइनो र असुरो बाट रोग किरा नियन्त्रण बिधि!!

बकाईनोको प्रयोग

१ .बकाईनोको १० देखि २० भाग हरियो पातको धुलोलाई १०० भाग पानीमा मिसाई १२ घण्टा जति भिजाएर छर्कनाले बन्दाको लाही, धानको फड्के कीरा, धानको ढुंग्रे कीरा नियन्त्रण गर्न सकिन्छ (कृषि सूचना तथा सञ्चार केन्द्र, २०६२) ।

२. बकाईनोको सुकेका पात र फलहरुलाई कुटेर बनेको धुलो १ किलोग्रामलाई १० लिटर पानीमा २४ घण्टा ढड्याएर कपडाले छानी तयार गरिएको झोलको प्रयोग गरेर पनि बन्दाको पुतलीको लाभ्रेहरुको नियन्त्रण गर्न सकिन्छ (तरकारी विकास महाशाखा, २०५१) ।

३. बकाईनोको फलको ५ देखि १० भाग धुलोलाई १०० भाग पानीमा मिसाई १२ घण्टा जति भिजाएर बालीमा छर्कनाले बन्दाको लाहि, धानको फड्के कीरा, धानको ढुग्रे कीरा नियन्त्रण गर्न सकिन्छ (भण्डारी, २०६३) ।

४. खेतको बिच बिचमा बकाईनो लगाउनाले त्यसबाट हानीकारक बिकर्षण हुने हुंदा बालीलाई सुरक्षित राख्न सकिन्छ (भण्डारी, २०६३) ।

५. बकाइनुको २०० ग्राम आला पातलाई दगल्च्याएर १ लिटर पानीमा १२ –१५ घण्टासम्म ढड्याएर प्राप्त भएको रसले उपचार गरेमा (प्रत्येक हप्ता १ पटकका दरले ५ पटकसम्म) बन्दाकोभीको बिरुवामा लाग्ने कीराहरु जस्तैः बन्दाको पुतली, भटमासको झुसिलकीरा, सुर्तीको पात खाने लाभ्रे र पीठमा ईटको आकार भएको पुतलीको नियन्त्रण भएको पाईएको छ ( न्यौपाने, २०५७) ।



असुरोको प्रयोग

१. असुरोका २०० ग्राम हरिया पातलाई दगल्च्याएर १ लिटर पानीमा १२ –१५ घण्टासम्म ढड्याएर प्राप्त भएको रसले उपचार गरेको (प्रत्येक हप्तामा एक पटकका दरले ४–५ पटक सम्म) बन्दाकोभीमा लाग्ने कीराहरु जस्तैः बन्दाको पुतली, भटमासको झुसिल्कीरो, सुर्तीको पात खाने लाभ्रे र पीठमा ईटको आकार भएको पुतलीको नियन्त्रण भएको पाईएको छ ( न्यौपाने, २०५७) ।

२. असुरोको १ किलोग्राम हरियो पातलाई मसिनो गरी पिंधेर १ लिटर पानीमा मिसाई ३ दिन सम्म (दिउँसो घाममा समेत राखी) राखेर प्राप्त भएको गाढा रसमा अरु पानी मिसाएर त्यसलाई २५–७५ प्रतिशतसम्मको गाढा बनाई उपचार गरेको बन्दाकोभी समूहका बिरुवामा लाग्ने लाहीकीराहरुको नियन्त्रण भएको पाईएको छ (न्यौपाने, २०५७) ।