Latest From our Blog
स्थानीय स्तरमा पाइने डाले घाँस "कोइरालो" र "दबदबे"को महत्व बारे बुझौं!
कोइरालो (Bauhinia variegata)
टाँकीको जस्तै पात देखिने, मध्य पहाडदेखि तराईको जंगलसम्म ठूलो वृक्षको रुपमा कोइरालो पाईन्छ । यसको पूmल र कोपिला तरकारी र अचारमा प्रयोग हुन्छ । कोईरालोको पातमा ३५–३८ प्रतिशतसम्म सुख्खा पदार्थ, १३–१४ प्रतिशतसम्म कच्चा प्रोटिन, १.६६ प्रतिशत क्याल्सियम र ०.३४ प्रतिशत फस्फोरस पाईन्छ । हेर्दा टाँकी जस्तो देखिएपनि टर्रो पदार्थ ९त्बललष्ल० बढी हुने हुनाले पशु वस्तुले राम्रोसँग मन पराएर खाएको देखिदैंन ।
हरियो घाँस कम भएको समयमा आश्विनदेखि पौषसम्म कोइरालोको हाँगा काटेर दुहुना गाईभैंसीलाई भन्दा थारो गाईभैंसी, जोत्ने गोरु आदिलाई परालसँग मिसाएर दिँदा राम्रो हुन्छ । हर्रो, बर्रो, कोइरालो ट्यानिन बढी भएका डाले घाँसहरु हुन् । कोईरालोमा क्याल्सियम र प्रोटिन राम्रै मात्रामा देखिए पनि ट्यानिनले बाईण्ड गर्ने हुनाले पशु वस्तुले पोषण तत्व राम्रोसँग लिन पाउदैंनन्।
ट्यानिनको असर घटाउन सकेसम्म पात कम छिप्पिंदैमा डाले घाँस काट्ने, पराल र अरु भुई घाँससँग मिलाएर खुवाउने गर्न सकिन्छ । जसले गर्दा ट्यानिनको असर कम हुन जान्छ । पातमा ट्यानिन बढी भएको कारणले कोईरालोको बेर्ना पनि सजिलै हुर्कन्छ तर ठूलो वृक्ष हुने हुनाले हुर्किन समय बढी नै लाग्ने हुन्छ । साधारणतया ६–७ वर्ष पछि मात्र डाले घाँसको रुपमा कोईरालो काट्न सकिन्छ । ठूलो वृक्ष हुनाले यसको उपयोग फर्निचर, दाउरा, पूmल कोपिलाबाट तरकारी अचारमा पनि प्रयोग गर्न सकिन्छ ।
दबदबे (Garuga Pinnata)
दबदबे नरम काठ भएको, छिट्टै हुर्किने, मध्य पहाडदेखि तराईसम्म हुने डाले घाँसमा पर्छ । यसको प्रसारण हाँगा काटेर ९अगततष्लन० गर्न सकिन्छ । एक डेढ मिटर लामो हाँगा काटेर सोभैm चाहिएको ठाउँमा गाड्दा दबदबेको रुख हुर्किन्छ । यसको बालीनालीमा सेप पनि हँुदैन र जुनसुकै पशुले पनि राम्रो मन पराएर खान्छ । प्रयोगशाला परीक्षणबाट दबदबेको पातमा ३०–३३ प्रतिशत सुख्खा पदार्थ, ११–१२ प्रतिशत कच्चा प्रोटिन, २.१५ प्रतिशत क्याल्सियम, ०.३५ प्रतिशत फस्फोरस र २.२६ प्रतिशत ट्यानिन देखिन्छ ।
प्रोटिन र क्याल्सिियम राम्रै हुने र ट्यानिन कम हुने हुनाले पशुले खुब मन पराएर दबदबे घाँस खान्छन् । तर यसको पातमा ट्यानिन कम भएको हुनाले छिट्टै पात कीराले खाने र झर्ने हुन्छ । दबदवे एक वर्षमा दुई पटकसम्म डाले घाँसको रुपमा काट्न सकिन्छ । आश्विनदेखि मंसिरसम्म एक पटक र अर्को पटक वैशाखदेखि असारसम्म हाँगा काट्दा राम्रो हुन्छ ।
वर्षमा एकचोटी मात्र हाँगा काट्दा हाँगा ठूलो हुने र पात अथवा हरियो घाँस कम हुने हुनाले वर्षमा दुई पटक डाले घाँस काट्दा राम्रो हुन्छ । दबदबेको अरु बालीमा त्यति सेप नलाग्ने हुनाले खेतबारीको कान्लामा राम्रोसँग लगाउन सकिन्छ ।