Latest From our Blog

लोकल कुखुराहरुमा देखिने प्रमुख समस्याहरु र तिनको घरेलु उपचार !!

नेपालमा १९८० देखि उकाली लागेको कुखुरा पालन व्यवसायले गति लिदैँ गएको छ ।  संसारमा कुखुराको मासु उत्पादको क्रम  हेर्ने हो भने नेपाल ११२ औँ स्थानमा छ र अण्डा  उत्पादको ९२ औँ स्थानमा छ । कुखुरा पालन व्यवसायले नेपालमा कुल गाहस्थ उत्पादनको ३.५% ओगटेको छ । ठूला व्यवसायिक कुखुरा पालकले आफ्नो उत्पादन बढाउदै गर्दा साना घरायसी कुखुरा पालकको पनि कमी भएको छैन । नेपालमा ग्रामीण भू–भागमा घरायसी कुखुरा पालनले ठूलो जरो गाडेको छ ।  जीविको पार्जनकोे सजिलो माध्यम बन्न पुगेको  छ ।

व्यवसाय चाहे घरायसी होस् वा बृहत्त्, दुवै मा लगानि कम गरेमा मात्रा फाइदा हुने सम्भावना बढछ । तसर्थ, महँगो ल्याब परिणाम, डाक्टरकोे फिस, रोग नियन्त्रण  गर्दा लाग्ने खर्च ले गर्दा साना कुखुरा पालक किसानहरु घाटामा जाने अवस्था देखिएको छ । थोेरै कुखुरा पाल्ने किसानहरुले आफ्नो कुखुरा बचाउनका लागि घरमै भएका सामान प्रयोग गरेर कुखुरा को उत्पादन बढाउन सक्छन् ।

रानिखेत रोेग

New castle diseaseरानिखेत रोेगले श्वास प्रश्वास प्रणाली र स्नायु प्रणाली प्रभावित भई कुखुरोले सास फेर्ने कठिन महसुस गर्दछ । चुच्चो र नाकबाट पानी जस्तो बाक्लो पदार्थ  निकाल्छ । कुखुराले टाउको झट्कलने र घाटी तान्ने गर्छ । एकै ठाँउमा फनफन घुम्ने गर्छ, पछाडि हिड्ने, पखेटा र खुट्टाकोे प्राणघात हुने, घाटि  बटार्ने हुन्छ। हरियो रंगकोे निकै गन्हाउने छेर्दछ ।

घरेलु उपचार: १. आँँपको रुखको सुकेको बोेक्रालाई धुलो बनाएर ५ ग्राम १ लिटर पानीमा हालीदिने ।२. घिउ कुमारीको पातलार्ई मसिना टुक्राहरु बनाएर पानीमा खान दिने ।३. सरसफाईमा ध्यान दिने ।

 

 

 

coccidiosis in poultry

कक्सिडियोसिसः 

बाह्रय कक्सिडियोसिसका लक्ष्यणमा धेरै जसो प्वाँँख खस्रो हुने, रगत कमी हुने हुन्छ ।  सिकल कक्सिडियोसिस मृत्युदर ५० प्रशित सम्म हुन्छ । आन्द्रामा हुने कक्सिडियोसिसमा आन्द्रा मा घाउ भइ दिसा मा रगत  देखिन्छ ।

घरेलु उपचार:  १. लौकालाई धेरै साना मसिना टुक्रा पोरेर पानीमा मिसाई खुवाउने, २. ससोेत्तर सुख्खा राख्ने र ५  देखि  ७ के. पी चुन  प्रति १००  वर्ग फिटको त्रमा छर्नु पर्दछ ।

 

कोलिब्यसिलोसिस (Colibacilosis):

यो रोग व्यवस्थापनको कमीका  कारणले हुने भएकाले व्यवस्थापनमा सुधार गर्नु गर्नु पर्दछ  । पानी, दाना दुषित भएमा ई.कोलार्ई नामक जिवाणुले रोग लगाउने गर्दछ  ।

घरेलु  उपचारः १.  पानी सफा गर्न  ५ ग्राम बेसार १ लिटर पानीमा हालेर  खुवाउने २. पानीकोे  स्रोत, धाराहरु सफा  गर्ने ।

फवल पोक्स (FOWL POX)  :


सियुर, आखा, लोतीमा स–साना दाना आउनु, पहिले रातो देखिने दाना बिस्तारै बढ्नु अनि कालो हुदै जानु यो रोग को प्रमुख लक्ष्यण हो । लामखुट्टेको टोकाईबाट सर्ने  यो रोगलाई “फोल पक्स” भनिन्छ । यसले अण्डा दिने कुखुरामा बढी असर गर्छ । यो रोग पक्स जिवाणुले लगाउँछ । यसमा श्वास प्रश्वास को समस्या पनि देखिन्छ । एउटा कुखुराबाट अर्कोमा सर्ने  भएकाले यसले कुखुराको उत्पादनमा हानी पु¥याउछ ।

घरेलु  उपचार : १)  दुई पोटी लसुनलाई पिसेर चार लिटर पानीमा मिसाउने र हरेक चाल्लालाई दिनको एक चोटी नुहाईदिने ।

 

 

बाह्रय परजिवी (External Parasite )

कुखुरामा जुम्रा तथा किर्ना परेमा कुखुराको बिकास राम्रो हुन्न र उत्पादनमा कमी आँउछ ।

घरेलु  उपचार : १) हरेक कुखुरालाई खरानी पानीेले नुहार्ईदिने  , २) मेवाको पातलाई खरानी बनाएर शरीरमा लगाईदिने ।

आन्तरिक परजिवी :

कुखुरामा जुका पर्ने समस्या प्रचुर मात्रामा पार्ईन्छ । यसले  कुखुराको शारिरीक बिकासमा कमि गर्दछ। यदी कुखुराको बिकास नभएमा र जुका देखिएमा उपचार गर्नुपर्ने   हुन्छ ।

घरेलु  उपचार: १) प्याजको हरियो पात  खान दिने ।  २)  निबुवाको रस पानीमा मिसाई खान दिने ।३)  निमको पात वा बोक्रा धुलो पारेर पानीमा मिसाई खान  दिने ।

चिसो व्यवस्थापन गर्ने घरेलु उपाय : चिसो लागेमा नाकबाट तरल पदार्थ  बग्ने वा झोक्रौने गर्दछ।

घरेलु  उपचार: १) लसुन र खुसार्नी मिलाई साना–साना टुक्रा बनाएर खान  दिने । २) अदुवाको धुलोे ५ ग्राम दुई  लिटर पानीमा मिसाई  खान दिने । ३)  पिडालुको धुलोेलाई  पानीमा मिसाई ३ थोपा त्यसको नाकमा  हालिदिने

कुखुराले पातलो दिसा गरेमा (छेरेमा)  घिउ कुमारी खुवाँउदा ठिक हुन्छ ।

साना–साना टुक्रा बनाई १ पात तिन लिटर पानीमा  मिसाएर खुवाउन सकिन्छ । कुखुरा राम्रो सँँग नबढेमा मोथेको झार पानीमा मिसाएर खुवाएमा बढेको  पार्ईएको छ । कुखुराको स्नायु सम्बन्धि समस्या जस्तैै टाउको लत्राउने, खुट्टाको समस्यामा मकैै भुटेर तातैै खान दिन सकिन्छ ।

 माथि उल्लेखित उपचारहरु अफ्रिकी बासी र नेपाली बासीले प्रयोग गर्दै आएको पद्धती होे । उक्त  उपचार गर्दा  यदी निको नभएमा तुरुन्त प्राविधिक तथा चिकित्सकको सल्लाह लिनुनै उपयोगी  हुन्छ । ठूला व्यवसायिक कुखुरा पालकको लागि यो उपचार सम्भव छैन तर थोरैै कुखुरा पाल्ने ग्रामिण कुखुरा पालक र व्यवसायिक कुखुरापालन अनुसन्धान गर्ने विद्यार्थी र अनुसन्धानको लागि निकैै उपयोगी छ  ।

लेखक : अच्युत आचार्य ,  कृषि तथा वन  विज्ञान विश्वविद्यालय    रामपुर, नेपाल