Latest From our Blog
ट्रेमा गरिने गोलभेडा नर्सरीको लागि कृषि बिज्ञ राजेन्द्र देवकोटाको केहि सुझाबहरु!!
नर्सरी भनेको आमाको काख हो | आमा को स्तनपान भनेको नर्सरीमा प्रयोग हुने मिडियम हो | नेपालमा मिडियमको रुपमा बढ्दो कोकोपिट ले सुरुवातिका दिनमा राम्रो नै बिरुवा उत्पादन भै राखेको देखिएता पनि यो बर्ष तेती नदेखिएको मेरो ठम्माइ छ |
हुनत मिडियम बायेक नर्सरी अवस्थामा ५ डिग्री भन्दा कम र ३५ डिग्री भन्दा बेशी तापक्रम हुन जादा , बायुमंडल मा सापेक्छित आद्रता को मात्र बढी हुदा सोयम मिडियम हुने खाद्य तत्व को अवस्था र बिउ संगै रोग को सक्रमण पनि हुनाले समेत नर्सरी को बिरुवा स्वस्थ हुन सक्दैन |
केहि ध्यान दिनु पर्ने कुरा हरु :
१. नर्सरीमा प्रयोग हुने ट्रे को आकार र प्रकार ( सानु पनि हैन ठुलो प्वालको पनि हैन )
२. ट्रे लाई प्रयोग गर्नु अघि ट्रे को पछाडी प्वाल छकि छैन हेर्नु होला |
३. ट्रे लाई प्रयोग गर्नु अघि ट्रे लाई पानी ले सफा गर्नु पर्छ वा घाम मा राख्नु पर्छ वा सकिन्छ १% क्लोरिन ले ब्लिच गर्नु पर्छ
४. नर्सरी अवस्थामा उपयुक्त तापक्रम भनेको २० देखि ३० डिग्री हो |
५. मिडियम मा पूर्ण कोकोपिट मात्र को प्रयोग राम्रो हैन , कोकोपिट आफैमा बिरुवाको पूर्ण खाद्यतात्व हैन | यो एउटा आधार स्तम्भ हो बिरुवा अडिने | बिरुवा लाई आब्यसक चिस्यान दिन र जरा सजिलै बढ्न मद्दत गर्दछ |
६. विभिन्न देशमा कोकोपिट को अलावा वा कोकोपिट संगै के के मिसावट गरिन्छ त ?
-भारत : कोकोपिट १ भाग १ भाग पेरलीते अनि १ भाग भर्मीकुलेट
- बंगलादेश : २ भाग कोकोपिट १ भाग माटो अनि १ भाग गाइ को मल (पाकेको )
- AVRDC world vegetable center : १ भाग माटो १ भाग बालुवा १ भाग कम्पोस्ट अनि १ भाग धानको भुस ( ढुटो )
(भारतमा प्रयोग भएको बिधि राम्रो मानिएको छ )
७. मिडियम लाई उपचार गर्न सके अझ राम्रो हुन्छ | घाम ले solarization पनि गर्न सकिन्छ , मिडियम लाई १२० डिग्री मा करिब ४५ मिनट बास्पिकरण गरि उपचार गर्न सके राम्रो हुन्छ |
८ . प्राय उपयुक्त तापक्रम हुदा गोलभेडा ३ देखि ५ दिन मा उम्रन्छ | बिउमा ढुसी तथा माटो जन्य जीबानु छ भने बिउ लाई उपचार गर्नु पर्दछ | हुन त बिउ हरु प्राय उपचारित नै आउने गर्दछन |
९. पानी मात्रा ठिक तवरले प्रयोग गर्नु पर्छ बढी पानी हुदा जरा कुहिने र डम्पिंग अफ लाग्दछ |
१०. सिंचाई को हकमा सुक्खा मौसम छ भने दिन को दुइ चोटी अनि चिसो मौसम छ भने एक चोटी सिंचाई गर्नु पर्छ | सिंचाई स्प्रिक्लर बाट दिदा राम्रो हुन्छ |
११ . ट्रे मा बिरुवा २ वटा बिउको दर ले रोप्नु पर्छ अनि पछि स्थान्तरण गर्दा एउटा राख्नु राम्रो हुन्छ , हुनत आजकल २ वटा नै बिरुवा रोप्ने समेत चलन आएको छ | एउटा रोप्ने हो भने thinning गर्नु पर्छ |
१२. ट्रे मा जमाएको बिरुवाको तल्लो वा पुरानो पात पहेलो भाको छ भने ०.५ % एमोनियम सल्फेट को घोल यानी ५ ग्राम एमोनियम १ लिटर मा मिसाई छर्नु पर्छ | वा ०,२५ % यूरिया को घोल यानी २.५ ग्राम यूरिया १ लिटर पानी मा मिसाई छर्नु पर्छ | दोस्रो चोटी छर्न परेमा स्थाई ठाउमा सार्नु एक दिन अघि छर्नु राम्रो हुन्छ |
१३. नर्सरीमा प्रयोग गरिएको किरा नेट ५०-६० मेश को हुनु पर्छ तो बढी हुदा लाही र सेतो पुतली ले भाइरस सर्न सक्ने सम्भावना बढी हुन्छ |
१४. नर्सरीमा प्राप्त मात्रामा ट्रयाप , स्टिकर राख्नु होला , टुटा , सेतो झिंगा , लाही , र अन्य रात्री चर किराको लागि | स्टिकर पहेलो र निलो दुवै राख्नु होला |
१५. ट्रे राखेको नर्सरी ओरिपोरी सोलानिसी परिवारको बिरुवा नराख्नु होला | जहाँ टुटा को सक्रमण बढी हुन्छ |
नेपालमा गरिने गोलभेडा खेति बिगत केहि बर्ष अघि राम्रो देखिए पनि हालका दिन पहिले भन्दा तेती राम्रो र आशातित उत्पादन र आम्दानी किसान ले लिन सकेको अवस्था छैन , एकोहोरो खेति , एउतै जात को खेति , माटो उपचार नहुनु , रोग तथा किरा को सक्रमण , सन्तुलित खाद्यतात्व तेस्मा पनि सुष्म खाद्यतात्व को कमि र खेतिमा गरिने सरसफाई को अभाब ले उत्पादन घट्दो छ |