Latest From our Blog

गोलभेडा मा फूल लाग्छ फल लाग्दैन किन ?

निम्न कारण ले हुन सक्छ |

१. प्रयाप्त परागसेचन नहुदा : गोलभेडा सोयम सेचित हो जसको परागकण एक ठाउँ बाट अर्को ठाउमा पुराउन बाहय माध्यम जस्तै :किरा , चरा तथा हावा को आबस्यकता पर्दछ | टनेल भित्र यस किसिमको माध्यम को अभाब हुन सक्छ | यो कारण ले फूल खेल्ने तर फल नलाग्ने हुन्छ |

२. तापक्रम बढी हुदा : गर्मि मा अत्याधिक गर्मि हुने हुदा तापक्रम कहिले कहिँ ३५ डिग्री भन्दा बढी हुन जान्छ | ३५ तापक्रम हुदा परागकण सुक्ने वा क्रियासिल नहुने हुन्छ | दिनको तापक्रम ३० डिग्री भन्दा बढी र रात को तापक्रम २४ डिग्री तल हुदा पनि गर्भाधान क्रिया हुन नसकी फल लाग्दैन |

३ . सापेछित आद्रता : बायूमंडलमा हुने पानीको मात्रा लाई भनिन्छ सापेछित आद्रता | यो कम भन्दा बढी हुदा परागकण गोलभेडाको पोथी अंग सम्म पुग्न सक्दैन बीच मै अड्कन्छ जस्ले गर्दा फल लाग्ने प्रक्रिया रोकिन्छ र फूल झर्छ | तापक्रम बढी र आद्रता पनि बढ्नु भनेको फल नलाग्नु हो |

४. खाद्यतात्व : माटो मा बढी नाइट्रोजन हुनु भनेको बोट को बृदि बिकाश बढ्नु हो , गोलभेडा लाई नाइट्रोजन कम फस्पोरस बढी चाहिन्छ | अत्याधिक बृदि ले फूल लाग्ने नै समस्या हुन्छ लागे पनि लामो दुरीमा लाग्ने गर्दछ या पातलो लाग्दछ | फूल लाई बढावा दिने तत्व भनेको पोटास हो पोटास हालेर खेति गर्नु राम्रो हुन्छ | हुन त नेपाल को माटो मा बढी नाइट्रोजन कम सुष्म खाद्यतात्व हुदा समेत उत्पादन घट्दो छ |

प्राबिधिक सेवा र कृषि जन्य सामग्री तथा बस्तुको लागि : www.kisanagro.com.np


- राजेन्द्र देवकोटा -बिज्ञ कृषि