Latest From our Blog
मुलाटो (Mulato) Brachiaria Sps. cv mulato घाँस सम्बन्धि जानकारी!!
परिचय :
यो बहुवर्षीय अकोसे घाँस हो । यसको हरियो घाँस काटेर र हे वा साइलेज बनाएर पनि प्रयोग गर्न सकिन्छ । बाह«ै महिना उत्पादन दिइरहने भएकाले व्यवसायिक पशुपालकहरूका लागि यो उपयुक्त घाँस हो ।
हावापानी :
यो उष्ण तथा समशितोष्ण हावापानीमा हुने बहुवर्षीय अकोसे बर्णशड्ढर घाँस हो । समुद्रसतहदेखि १८०० मिटरको उच्चाइसम्म यसको खेती गर्न सकिन्छ । यो घाँस बगैंचा भित्र पनि लगाउन सकिन्छ किनकि यसले केही मात्रामा छहारी सहन सक्दछ ।
माटो :
पानीको राम्रो निकास भएको, मलिलो तथा सबै किसिमको माटोमा यो घाँस लगाउन सकिन्छ ।
लगाउने समय :
सिँचाइ नभएका स्थानहरूमा जेठदेखि असारको अन्तसम्म यो घाँस लगाउनु उपयुक्त हुन्छ । भदौ–असोजमा पनि यसका सराहरू सार्न सकिन्छन् । बीउबाट ब्याडमा बिरूवा उत्पादन गरी कोदोको बिरूवा सारे जस्तो गरेर सार्न पनि सकिन्छ ।
जातहरू :
यो हाइब्रिड भएकाले यसका खासै अन्य जातहरू छैनन् । यसैका केही प्रजातिहरूको खेती गर्ने गरिन्छ । सिग्नल यसै अन्तर्गतको खुल्ला सेचनहुने प्रजाति हो । विभिन्न देशमा यस अन्तर्गत निम्न जातहरू विभिन्न उत्पादन भएको पाइन्छ ।
१. ब्राकेरिया ब्रिजन्था (Brachiaria Brinzantha) : यसलाई सिग्नल ग्रास भनिन्छ ।
२. केनेडी (Kennedy) : यो अष्ट्रेलियामा विकास गरिएको राम्रो उत्पादन दिने जात हो ।
३. रूजी (Ruzi: B. ruziziensis) : यो पनि सिग्नल घाँसकै प्रजाति हो । यसलाई केही आर्द्रहावापानी भएको क्षेत्रमा लगाउन सकिन्छ ।
पोषकतत्व : यसमा कच्चाप्रोटिन ८–१०% पाइन्छ ।
मलखाद : यसको खेतीका लागिकम्पोष्ट २५–३० डोको, डिएपी ३ के.जी., यूरिया ४ के.जी. र पोटास २ के.जी. प्रतिकठ्ठा आवश्यक पर्दछ ।
प्रसारण : बीउ तथा डाँठको टुक्राबाट वा सराहरूद्वारा यसको प्रसारण गर्न सकिन्छ ।
बीउ दर : बीउ छर्दा केही पुरानो (६ देखि १० महिना अगाडिको) बीउ छर्नु पर्दछ । ताजा बीउ उम्रन्न । यसको बीउ प्रतिहेक्टर ४–६ किलोग्रामका दरले छरिन्छ वा डाँठ वा जराबाट सार्ने भए प्रतिकठ्ठा डाँठ तथा जराको टुक्रा वा सरा १,६६६ वटा आवश्यक पर्दछ ।
रोप्ने दूरी : यसलाई हारदेखि हार ५० से.मी.र बोटदेखि बोट ५० से.मी. फरक पारेर रोप्नु पर्दछ ।
सिँचाइ : जमिनको चिस्यान हेरी गर्मी मौसममा १०–१५ दिनको फरकमा र हिउँदमा १५–२० दिनको फरकमा सिँचाइ दिनु आवश्यक हुन्छ ।
रोग तथा कीरा : यसमा साधारण रोग तथा कीराहरू लाग्दछन् । उपयुक्त जातको प्रयोग तथा उचित व्यवस्थापन अपनाएर रोग तथा कीराबाट हुने हानी–नोक्सानी कम गर्न सकिन्छ ।
उत्पादन : हरियो घाँसको उत्पादनका लागि बीउ छरेको ५०–६० दिनपछि पहिलो कटाइ गर्न सकिन्छ । त्यसपछि प्रत्येक ३०–४० दिनको अन्तरालमा अर्कोकटाइ लिन सकिन्छ । एक वर्षमा यो घाँंसलाई ७–८ पटकसम्म काट्न सकिन्छ । सो अवधिमा हाईब्रिडले ५०–१०० टन प्रतिहेक्टरसम्म हरियो घाँसको उत्पादन दिन्छ । यसको उन्नत जातबाट ९००–१००० के.जी. प्रतिकठ्ठा हरियो घाँसको उत्पादन लिन सकिन्छ ।