Product Brief Description
Tags : Agriculture
बयोकम्प मल प्रयोग गरौँ माटो उर्वरशक्ति बढाऔँ !!
नेपालमै पहिलोपटक नेदरल्याण्डको उच्च प्रविधिबाट उत्पादित प्राङ्गारिक मल नेदरल्याण्डको उच्च स्तरीय प्रविधिको प्रयोगले बायोकम्प नेपालले उच्च गुणस्तरिय अर्गानिक मल कम्पोष्ट र झोलाको रुपमा उत्पादन गरिरहेको छ । यो सामाजिक व्यवसायबाट बायोकम्प नेपालले उर्वराशक्ति र उत्पादकत्वको हिसाबबाट मात्र नभई वातावरण, समाज र रोजगारबाट पनि दिगोपनका लागि योगदान गरिरहेको छ ।
बायोकम्प नेपालका उत्पादनहरु पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका किसानहरुकले माटोको उर्वराशक्ति र उत्पादकत्वको हिसाबबाट एकदमै मन पराएका छन् । बायोकम्प नेपालका उत्पादनहरु
बायोकम्प अर्गानिक कम्पोष्ट मल फाइदाहरुः
- यसले माटोमा सुक्ष्म जीवहरुको संख्यामा वृद्धि गरी माटोको उर्वराशक्ति बढाउने र रोगको संक्रमणलाई घटाई उत्पादकत्व वृद्धि गर्ने काम गर्दछ ।
- यसले माटोमा राम्ररी हावा खोल्न, जराले राम्रो विकास गर्न र खनजोत गर्न सहज बनाउन सहयोग गर्दछ ।
- यसले माटोको पानी स्वस्न सक्ने क्षमता र पोषण स्वस्न सक्ने क्षमतालाई वृद्धि गरी सिंचाईको आवस्यकतालाई पनि घटाइदिन्छ ।
- रसायनिक मलमा जस्तो यसबाट पोषणहरु बगेर जाने समस्या हुँदैन । पोषण बिरुवाहरुमा विस्तारै लामो समयसम्म पनि प्रापत भइरहन्छ।
- यसलाई अन्य मलहरुसँग मिसाएर पनि प्रयोग गर्न सकिन्छ ।