Product Brief Description
Tags : Agriculture
बायो–फर्टिलाइजर हरेक किसिमको फलफुल बोटबिरुवा तथा अन्नबालीको लागि लाभदायक छ । यसले माटोको उर्वरा शक्ति र अमिलोपन हटाई वातावरणको समेत संरक्षण गर्दछ । यो बायो–फर्टिलाइजर नेपालमा भएको जंगली वनस्पती समेतको समिश्रणबाट बनेको हो । यसले बोटबिरुवा लाई स्वास्थ्य राख्छ र आयु समेत बढाँउछ । बायो–फर्टिलाइजरले बोटबिरुवाको वृद्धि विकासमा मदत गर्नुको साथै यसले उत्पादित खाद्यान्नको गुणस्तर पनि बढाउने काम गर्छ ।
उचित बायो–फर्टिलाइजरको प्रयोग गर्नाले विरुवाले विभिन्न पौस्टिकतत्व पाँउछ र पूर्ण रुपले विकसित भई रोग तथा किरा बाट लडन सकने क्षमतमा वृद्धी ल्याँउछ । बायो–फर्टिलाइजर बिभिन्न जंगली वनस्पती समेतको समिश्रणबाट बनेको हो र यसको असर बालि–नालिमा यती नै उत्तम देखिएको छ । बायो–फर्टिलाइजरलाई बायोकम्प जैविक विषादी (Bio-Pesticide) सँग मिसाएर दिँदा अथवा यसलाई बायो कम्प कम्पोस्ट (Biocomp Compost) सँग मिसाएर बोट बिरुवाहरुमा छर्किदा यसको असर अझ बढी भएको पाइन्छ ।
प्रयोग गर्ने तरिका प्रत्येक बिरुवामा उत्पादन बढाउनका लागि बायो–फर्टिलाइजरलाई पानीको झोलमा बिहान या बेलुकाको समयमा पात, डाठ, कोपिला आदी ठाउँमा राम्रोसँग भिज्ने गरी छर्किनु पर्दछ । दिउँसो घाममा छर्कदा नाइट्रोजनको मात्रा नष्ट हुन्छ । वाटरिङ्ग क्यान अथवा थोपा सिँचाई (ड्रिप इरीगेसन) तरीकाबाट बायो कम्प मल प्रयोग गर्दा बढी प्रभावकारी हुन्छ ।
हाल्ने समय तयार पारिएको बायो–फर्टिलाइजरलाई बिहान अथवा बेलुका तिर छर्नु पर्दछ । दिउँसो घाममा छर्दा बिरुवा ओइलाउन सक्दछ । यसलाई प्रत्यक दुइ हप्ता को अन्तरालमा छर्नुको साथै बाली काट्नु भन्दा २ हप्ता अगाडी सम्म मात्र प्रयोग गर्नु पर्छ ।
मल र पानी को मात्रा सानो बिरुवा १ः३० (१ भाग बायो–फर्टिलाइजर र ३० भाग पानी) हुर्किदै गरेको बिरुवा १ः२० (१ भाग बायो–फर्टिलाइजर र २० भाग पानी) ठुलो बिरुवा १ः१० (१ भाग बायो–फर्टिलाइजर र १० भाग पानी) नोट्ः बायो–फर्टिलाइजर धेरै हालेमा बोटबिरुवामा नराम्रो असर पर्न गई सम्पूर्ण बाली नाश पनि हुन सक्छ । ५ लिटर मा पनि उपलब्ध छ जसकाे मुल्य रू १३०० पर्छ ।