सरकारले आर्थिक वर्ष २०८०÷८१ का लागि गहुँको समर्थन मूल्य बढाएर निर्धारण गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गहुँको नयाँ समर्थन मूल्य प्रतिक्विन्टल ३,६५० रुपैयाँ १४ पैसा तोक्ने निर्णय गरेको हो।
यो मूल्य अघिल्लो वर्षको तुलनामा प्रतिक्विन्टल २९९ रुपैयाँ १४ पैसा बढी हो। आर्थिक वर्ष २०७९÷८० मा गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३,३५१ रुपैयाँ निर्धारण गरिएको थियो।
सरकारले किसानहरूको उत्पादन लागत, बजार मूल्य, र उचित मुनाफाको सुनिश्चितताका लागि समर्थन मूल्य बढाएको बताइएको छ।