प्रत्यक वर्ष झै यसवर्ष पनि तिहारमा भाईटीकाकोलागि फूल त चाहिनै हाल्छ । जवजव तिहार आउछ तवतव फूल व्यापारी, फूलसंग सम्वन्धित संघसंस्थाहरु पनि तातिने गरेका छन् । अन्य बेलाभन्दा तिहारमा फूलको खपत अत्याधिक हुने भएपछि सरकारलाई दबाब हुनु स्वभाविकै हो ।
पुष्प व्यवासायीहरुले सरकारलाई भारतीय फूल आयातमा प्रतिवन्ध गर्नुपर्ने भन्दै आएपनि भन्सार नाकाबाट चोरी वा मिलेमतोमा फूल निर्वाध आइरहेको छ । तर, यसवर्ष पुष्प विकास केन्द्रले एक सूचना जारी गर्दै सयपत्री फूलको माला प्रतिवन्ध गर्ने निर्णय गरेको छ । सूचनामा भनिएको छ, ‘यसवर्ष सयपत्रीको माला स्वदेशी बजारबाटै पुग्ने भएपछि भारतबाट आयात अनुमती बन्द गरिएको हो । अर्को सूचना जारी नहुदासम्म यो निर्णय लागू हुनेछ ।’
अहिले उपत्यकामा दुई वटा पुष्प मेला संचालन भइरहेका छन् । त्यस मेलामा आएका सरकारी अतिथिहरुले पनि भारतीय फूल आयातमा प्रतिबन्ध गर्नुपर्नेमा जोड दिएका थिए ।