काठमाडौं महानगरले आर्थिक वर्ष २०८०/८१ को बजेटमा महानगरलाई अर्गानिक बनाउने घोषणा गरेको छ । आज प्रस्तुत १३ औं नगरसभामा मेयर बालेन साहले यस्तो घोषणा गरेका हुन् ।
यसकालागि अन्य पालिकाहरुसंगको सहकार्यमा यो कार्यको सुरुवात गरिने बताइएको छ । यसकालागि आवश्यक खाद्य गोदामहरु निर्माण गरिनुकासाथै गुणस्तर मापन पनि गरिनेछ । रैथाने बाली प्रवर्धन, कौसी खेतीमा जोड दिनुकासाथै घरैमा फोहोर व्यवस्थापन गर्न प्रोत्साहन गरिने योजनामा परेको छ ।
गुणस्तर परिक्षण, पशुपन्छीलाई व्यवस्थित गर्न तथ्यांक संकलन गरिनेछ । साथै भेटेरिनरी अस्पताल खोल्नुकासाथै बादर, कुकुर, विरालोको बन्ध्याकरण गरिने जनाइएको छ ।